logo

एयरटेल सहकारीका प्रबन्धनिर्देशकको ठगी गर्ने नयाँ जुक्ति

काठमाण्डौं, जेठ २१
सुन्दा एउटा भारतीय दूरसञ्चार सेवाप्रदायक कम्पनीजस्तो लाग्ने एयरटेल बचत तथा ऋण सहकारी नामक काठमाडौंको न्यूरोडमा रहेको सहकारीले सर्वसाधारणलाई ठगी गर्न नयाँ–नयाँ जुक्ति प्रयोग गरेको भेटिएको छ । भारतीय नागरिक रहेका सो सहकारीका प्रबन्धनिर्देशक अशोक जैन भनिने अशोक गोयलले धेरै सर्वसाधारणलाई बिचल्ली बनाएको भेटिएको छ ।
भारतीय नागरिक भए पनि उनले नेपालबाट अशोक गोयलको नाममा नेपाली नागरिकता लिएर नेपालीहरुको पैसा जम्मा गर्ने नाममा सहकारीबाट ठगी गरेका हुन् । उक्त सहकारी सञ्चालन भएको आठ वर्ष पूरा भएको छ । पहिला सामान्य कपडा पसलमा काम गर्ने जैन नेपाली नागरिकता लिएपछि एकाएक मालामाल हुनथालेका थिए । सहकारी सञ्चालन गरेसँगै उनले ढुकुटी सञ्चालन गरी करोडौँ पैसा जम्मा गरेको स्रोतले जानकारी दिएको छ । ढुुकुटी सञ्चालन गरेपछि साथीहरुसँग कुरा मिल्न छाडेपछि उक्त काम केही समयका लागि रोकेका पनि थिए । उक्त ढुकुटीको कारोबार सहकारीमा नै फर्जी खातामार्फत गर्ने र ढुकुटीको अवधि समाप्त भएसँगै सो खाताहरु आफैँ बन्द गरी सबै प्रमाणहरु नष्ट गर्ने गरेको पाइएको छ । यो घटनाले उनले ठगी गर्न नयाँ जुक्ति निकालेको प्रस्ट भएको छ ।
ढुकुटीसँगै उनले हुण्डीको कारोबार समेत गरेको स्रोतले जानकारी दिएको छ । ग्लोबल बैंक, तत्कालीन भिबोर सोसाइटी बैंकलगायतका बैंकमा सहकारीको खाता खोली कारोबार गर्ने गरेको पाइएको छ । उक्त बैंकहरुमा जम्मा भएको करोडौँ रुपैयाँ निकाल्दा बैंकले दिन गाह्रो मानेको खण्डमा बैंकका कर्मचारीहरुलाई थर्काउने गरेको पाइएको छ । फेवा फाइनान्स, ग्लोबल बैंक, मञ्जुश्री फाइनान्स लगायतका बैंकहरुमा अशोक जैन (भारतीय नागरिकताको नाम) नै भनेर उनको दस्तखत प्रयोग गर्ने गरेको भए पनि पछिल्लो समय सञ्चालन गरेका खाताहरुमा अशोक गोयल (नेपाली नागरिकताअनुुसारको नाम)मा दस्तखत सञ्चालनमा ल्याएको स्रोतले जानकारी दिएको छ ।
यसैगरी एयरटेल सहकारीकै कार्यालयबाट उनले लाभा, माइक्रोम्याक्स, एम.आई लगायतका मोबाइलको कारोबार गर्ने गरेको पनि पाइएको छ । उक्त काम सिद्धी विनायक इनकरपोरेसन र श्रीगणेश गणपति इन्टरनेशनलका नामबाट सञ्चालन गर्ने गरेको पाइएको छ । सहकारीको कार्यालयबाट मोबाइलको कारोबार गर्दा उजुरी पर्ने डरले नौ महिना काम सञ्चालन गरी काम बन्द गरेको पाइएको छ । मोबाइल कम्पनीमा पनि सहकारीकै पैसा लगानी गरेको स्रोतले जानकारी दिएको छ । यससँगै न्यूरोडकै व्यापारीहरुलाई मिटर ब्याजमा पैसा लगानी गरेको र गुण्डाशैलीमा सहकारीकै कर्मचारीहरुको प्रयोग गरी पैसा असुलेको पाइएको छ । उनले एक लाखको दैनिक पाँच सयदेखि एक हजार दुई सय रुपैयाँसम्म असुलेको पाइएको छ । उक्त पैसा सहकारीमा आफूले खोलेको फर्जी खातामा जम्मा गर्ने र केही समयपछि खाता नै बन्द गरी नयाँ फर्जी खाता खोली पैसा जम्मा गर्ने गरेको पाइएको छ ।
सहकारीमा जनताले जम्मा गरेको पैसा आफ्नो नाममा, श्रीमतीको नाममा, छोरीको नाममा, छोराको नाममा र फर्जी नाममा समेत कर्जा बनाई सेयर बजारमा, मोबाइल व्यापारमा, मिटरब्याज लगानीमा, बालुवा खानीलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै जनताको बचत उच्च जोखिममा पार्दै अकूत सम्पत्ति आर्जन गरी लुट मच्चाइरहेकोे पाइएको छ । उनले आफू चढ्ने गाडीदेखि छोरीले चढ्ने स्कुटरसम्म संस्थाको पैसाले किनेको स्रोतले जानकारी दिएको छ । डिभिजन सहकारी, सहकारी विभागलगायतका नियामक निकायहरुको आँखामा छारो हाल्दै संस्थाको वास्तविक हिसाब लुकाई गलत विवरण पेस गर्ने गरेको पाइएको छ । उनले आफूले लिने तलबसम्म विभिन्न फर्जी खाता, छोराको, छोरीको खातामार्फत लिने गरेको पाइएको छ । उनले लिने गरेको तलबमा तिर्नुपर्ने सरकारी कर यसैगरी विभिन्न खाताबाट थोरै–थोरै रकमान्तर गरी करछली गरेको पनि पाइएको छ ।

 

आजको आर्थिक दैनिक बाट 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

३३ किलो सुन प्रकरणमा व्यापारी विमल पोद्दार पक्राउ

३३ किलो सुन तस्करी प्रकरणमा भारतीय मूलका व्यापारी विमल पोद्दार पक्राउ परेका छन् । पोद्दारलाई नेपालमा संगठित...

हुण्डी कारोबारी सेठिया अदालतको आदेशबाट थुनामुक्त

गत असोज २९ गते पक्राउ परेका हुण्डीकारोबारी अनुपचन्द्र सेठिया र उनका सहोदर भतिजा ललित सेठियालाई जिल्ला अदालत...

पीसकोर स्वयंसेवकद्वारा शपथ

नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत पिटर ए मालनाक तथा पीसकोरका नेपाल निर्देशक शेरिल रस्सेलबाट ३५ पीसकोर...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै