logo

अवकाश उमेरको बहस

रुपनारायण खतिवडा
नेपालको निजामती सेवामा यतिबेला पुनः एकपटक अवकाश उमेरको बहस चलिरहेको छ । निजामती सेवाका राष्ट्रसेवक कर्मचारीहरुको अवकाश उमेरमा पुनरवलोकन गरिनुपर्ने चर्चा चल्नथालेको करिब डेढ दशक बितिसकेको छ । यसबीचको कालखण्डमा नेपाल सरकारका विभिन्न आर्थिक वर्षका बजेट वक्तव्यमार्फत अवकाश उमेरमा पुनरवलोकन गर्ने उद्घोष पटक–पटक गरिनुका साथै प्रशासन सुधारका लागि गठित विभिन्न आयोग र समितिका प्रतिवेदनहरुले समेत उमेर हदमा पुनरवलोकन गर्न सुझाएका छन् । तर, सरकारले यो विषयलाई हालसम्म ठोस निष्कर्षमा पु-याउनसकेको छैन । यसबीचमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि निजामती राष्ट्रसेवकहरुको अनिवार्य अवकाशको उमेर ५८ वर्ष रहने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा अघि बढाएसँगै यो विषय यतिबेला फेरि चर्चामा रहेको हो ।
हालको व्यवस्थाअनुसार निजामती सेवा ऐन २०४९ ले ५८ वर्ष उमेर पूरा भएको तथा मुख्यसचिव र सचिवको पदमा क्रमशः ३ वर्ष र ५ वर्ष पदावधि पूरा भएको निजामती कर्मचारीले सेवाबाट स्वतः अवकाश पाउने व्यवस्था गरेको छ । अवकाश उमेरका सन्दर्भमा विगतको इतिहास हेर्ने हो भने यो उमेर कायम गर्ने सिलसिलामा निकै चतारचढाव आएको देखिन्छ । २००८ सालमा कर्मचारीको अवकाश उमेर ६० वर्ष रहेकोमा २०२१ सालमा यो उमेर हदलाई ६३ वर्ष पु-याएको देखिन्छ । पुनः ६० वर्षमा झारिएको अवकाश उमेरलाई निजामती सेवा ऐन २०४९ मार्फत ५८ वर्ष कायम गरिएको हो । तत्पश्चात् बितेका अढाइ दशकमा यो उमेरहदमा कुनै परिवर्तन गरिएको छैन । यद्यपि सार्वजनिक सेवाभित्रै अवकाश हुने उमेरमा एकरुपता भने छैन । सर्वोच्च अदालतका न्यायाधीशहरु तथा अन्य संवैधानिक अंगका पदहरुमा अवकाशको उमेर ६५ वर्ष रहेको छ । निजामती सेवाअन्तर्गत नै रहेको स्वास्थ्य सेवाका साथै सरकारी शिक्षकहरुको समेत अवकाश उमेर ६० वर्ष रहेको छ । पुनरावेदन अदालत र जिल्ला अदालतका न्यायाधीशहरु संविधानतः ६३ वर्षसम्म सेवामा बहाल रहन्छन् । कतिपय संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरु निजामती सेवामा ५८ वर्षे उमेरहद पूरा गरी सेवाबाट बाहिरिएका निवृत्त राष्ट्रसेवकहरुबाटै नियुक्त हुने गर्दछन् । संवैधानिक अंगका पदहरुमा ५८ वर्षभन्दा निकै बढी उमेरसम्म सेवा गर्नसक्ने व्यक्ति निजामती सेवामा कसरी ५८ वर्षमै काम गर्न नसक्ने भयो भन्ने विषयमा युक्तिसंगत आधार रहेको देखिँदैन ।
विश्वका विभिन्न मुलुकहरुको अवस्था हेर्दा ५५ वर्षदेखि ६८ वर्षसम्मको उमेरका अवकाशका लागि उपयुक्त उमेर मानी कार्यान्वयनमा ल्याइए पनि ७० भन्दा बढी देशका कर्मचारीहरुको अवकाश उमेर हेर्दा औसतमा ६० वर्ष हाराहारी कायम गरिएको देखिन्छ । यसैगरी अवकाश उमेरको निर्धारण गर्ने सन्दर्भमा देशका नागरिकहरुको औसत आयुको अवस्थाले पनि महत्वपूर्ण आधार प्रदान गर्दछ । केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार आजभन्दा ५० वर्षअघि नेपालीको औसत आयु लगभग ३६ वर्ष रहेको थियो । हाल औसत आयुको अवस्था त्यसभन्दा झण्डै दोब्बर पुगिसकेको विभिन्न सर्वेक्षणका नतिजाहरुले देखाएका छन् । विगत २५ वर्षमा मात्रै नेपालीहरुको औसत आयु १६ वर्षले वृद्धि भई ७१ वर्ष पुगिसक्दा समेत कर्मचारीतन्त्रका राष्ट्रसेवकहरु भने ५८ वर्षमै सेवाबाट बाहिरिनुपर्ने स्थिति विद्यमान छ । यसबाट कार्यक्षमतायुक्त उमेर बाँकी रहँदै उर्वर, शारीरिक एवं मानसिक रुपमा तन्दुरुस्त, हरेक हिसाबले खारिएको तथा संस्थागत स्मरणयुक्त जनशक्तिलाई सेवाबाट गुमाउनुपर्ने अवस्था देखापरिरहेको छ ।
अर्कोतर्फ, निजामती सेवा ऐनले २० वर्ष वा सोभन्दा बढी समयसम्म सरकारी सेवा गरेको निजामती कर्मचारीले मासिक रुपमा निवृत्तिभरण अर्थात् पेन्सन पाउने व्यवस्था गरेको छ । पेन्सनको यस्तो सुविधा निजामती कर्मचारीका अतिरिक्त चारवटा सुरक्षा निकाय र शिक्षा सेवामा पनि रहेको छ । पेन्सन व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आजभन्दा सात वर्षअघि अर्थात् आ.व. २०६७/०६८ यसरी पेन्सन प्राप्त गर्ने पूर्वराष्ट्रसेवकहरुको संख्या एक लाख २८ हजार रहेको थियो । हालसम्म आइपुग्दा यो संख्यामा करिब दोब्बर वृद्धि भई दुई लाख ५० हजारको हाराहारी पुगेको छ । हरेक वर्ष दुई हजार पाँच सयभन्दा बढी राष्ट्रसेवकहरु सेवा निवृत्त हुने र राज्यकोषमा पेन्सन भार थपिने अवस्था रहेको छ । निवृत्त हुने कर्मचारीहरुको यस किसिमको संख्यात्मक वृद्धिसँगै राज्यकोषमा पेन्सनबापत हुने खर्चको भार पनि वर्षेनी बोझिलो हुँदै गएको छ । बितेका छ वर्षमा मात्रै झण्डै साढे ३० अर्बले पेन्सनको भार बढेको तथ्यांक छ । आ.व. २०६७/०६८ मा पेन्सन वितरणबापत छ अर्ब ८२ करोड खर्च भएको देखिन्छ भने गत आ.व. २०७३/०७४ मा आइपुग्दा यो रकममा छ दोब्बरभन्दा बढीले वृद्धि भई ३७ अर्ब १० करोड पुगेको छ । चालू आर्थिक वर्षमा पेन्सन सुविधा उपलब्ध गराउनका लागि ४५ अर्ब रुपैयाँ विनियोजन गरिएको देखिन्छ । यसरी हेर्दा हाल लागू भएको व्यवस्था र अवकाश उमेरको न्यून हदका कारण पेन्सनबापतको खर्चमा वर्षेनी अर्बौंले वृद्धि भइरहेको छ । यतिमात्र हैन, हालकै व्यवस्था कायम रहने हो भने अबको केही वर्षपछि बहालवाला राष्ट्रसेवकहरुको तलब र अवकाशप्राप्त राष्ट्रसेवकहरुको पेन्सनबापत करिब बराबर रकम खर्च हुने अवस्था रहेको एक सरकारी अध्ययनबाट समेत देखिएको छ । यो स्थितिमा राज्यमाथि वर्षेनी परिरहेको यस किसिमको बोझिलो पेन्सन भारमा कमी ल्याउन समेत अवकाश उमेर वृद्धि गरिनुपर्ने अवस्था छ ।
नयाँ ऐनमार्फत अवकाशको उमेर यथावत् रहँदा यसका केही सकारात्मक प्रभावहरु पनि रहन्छन् । यसले पुरानो मानसिकतायुक्त, प्रविधिमैत्री बन्न नसकेका एवं परिवर्तनलाई नरुचाउने जनशक्तिलाई सेवाबाट बहिर्गमित गरी सेवाभित्र नव रक्तसञ्चारलाई प्रश्रय दिनमा मार्गप्रशस्त गर्दछ । यसको सोझो लाभ निजामती सेवा प्रवेश गर्न चाहने हजारौं शिक्षित बेरोजगारहरुले उठाउनसक्ने भई विकराल रुपमा देखापरेको बेरोजगारी समस्याको समाधानमा केही सहयोग पुग्छ । सेवाभित्र नवीन रक्तसञ्चार हुनसकेमा निजामती सेवालाई जनअपेक्षा अनुकूल तुल्याउनमा समेत सहयोग पुग्ने अवस्था रहन्छ । अर्कोतर्फ, अवकाशको उमेर यथावत् रहँदा बढुवाको मुखमा पुगेका कर्मचारीहरुको बढुवा हुने अवधिमा कुनै उतारचढाव आउँदैन । यसबाट सेवारत कर्मचारीहरुको मनोबल बढ्न गई कार्यक्षमतामा सुधारको अपेक्षा गर्न सकिन्छ ।
यी केही सकारात्मक पक्षहरु देखिए पनि माथि विश्लेषण गरिएका सबै तथ्यहरुलाई मोटामोटी रुपमा हेर्दा नेपालको निजामती सेवाका कर्मचारीहरुको सन्दर्भमा आजभन्दा झण्डै अढाई दशकअघि तय गरिएको अवकाश उमेरको हद समयसापेक्ष रुपमा वृद्धि गर्न आवश्यक रहेको निष्कर्षमा पुग्न धेरै कठिन छैन । तर, यस किसिमको यथार्थलाई नजरअन्दाज गर्दे सरकारले अवकाशको पुरानै उमेर हदलाई निरन्तरता दिने गरी नयाँ ऐनको मस्यौदा अघि बढाउनु मुलुकका लागि हितकर देखिँदैन । बढ्दो पेन्सनभार, विश्वका अन्य मुलुकहरुको अभ्यास एवं नेपालीको औसत आयु बढ्न गई काम गर्नसक्ने उमेर बढ्दै गएको परिप्रेक्ष्यमा निवृत्त हुने उमेरमा वृद्धि गरिनुपर्ने आवश्यकतालाई पूरापूर बेवास्ता गरिनु आफैंमा विवेकसम्मत देखिँदैन । अर्कोतर्फ, सार्वजनिक सेवाभित्रका अन्य क्षेत्रहरुमा समेत अवकाश उमेरमा सम्भव भएसम्म एकरुपता कायम गर्नतर्फ पनि गम्भीरतापूर्वक मनन गरिन आवश्यक छ ।
हुन त विगतदेखि नै अवकाश उमेर पुनरवलोकन गरिनुपर्ने बहसमा निजामती सेवाभित्र प्रस्टरुपमा दुईवटा धार देखिने गरेका छन् । बढुवाको मुखमा पुगेका कर्मचारीहरु उमेर हद यथावत् राख्नतर्फ र निवृत्त हुने समय नजिक आउनलागेका राष्ट्रसेवकहरु उमेरहद बढाउनेतर्फ ‘लबिङ्ग’ गरिरहेका पाइन्छन् । अहिलेको संशोधनमा पनि यस किसिमको ‘लबिङ्ग’ चलिरहेको चर्चा निजामती वृत्तमा व्याप्त छ । तथापि कानुन निर्माणको सिलसिला भने व्यक्तिविशेषको निहित स्वार्थ र दबाबबाट पृथक् रहन सक्नुपर्छ । निहित स्वार्थबाट प्रेरित भएर यस किसिमको दीर्घकालीन प्रभाव पर्ने विषयको टुँगोमा पुग्न खोजियो भने त्यो मुलुकी प्रशासनका लागि दुर्भाग्यपूर्ण हुनेछ । यद्यपि संघीय निजामती सेवा ऐन मस्यौदाकै चरणमा रहेकोले यसमा पुनर्विचार हुनसक्ने र आशा गर्नसकिने ठाउँ भने जीवितै रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै