logo

रिचार्जर एपमा वल्र्डकप जर्सी १ रुपैयाँमा

काठमाण्डौं, जेठ २०
विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले एक रुपैयाँमा जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबलप्रेमीलाई नौ सय ९९ रुपैंयाँको जर्सी १ रुपैंयाँमा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो । विश्वकप फुटबल सुरु हुन दुई साता मात्र बाँकी हुँदा रिचार्जरले ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।
यो अफर आइतबार दिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुने बताइएको छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले १०० रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यसपछि जतिको मोबाइल रिचार्ज गर्नुहुन्छ, त्यति नै क्यास फिर्ता पाउने बताइएको छ । यसरी प्राप्त हुने क्यास ब्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ । ‘तपाईंले ५०० क्यास ब्याक सदुपयोग गरी एक रुपैयाँ मात्र भुक्तान गर्दा नौ सय ९९ रुपैंयाँको जर्सी पाउनुहुनेछ’, ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनका अनुसार यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।
‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाइ टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईंले ११ वटा बैंंकको इ–बैंकिङ, इ–सेवा, आईएमई पेलगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेबिट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नुहुन्छ’, ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने । ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी ४५ हजारभन्दा बढी डाउनलोड भइसकेको छ । नेपालमा चलनचल्तीमा रहेका एक हजार बढी ब्राण्डसँग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जरले लिएको छ । होटल, रेष्टुरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्नसकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास ब्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बूढीगंगालाई मेयर कपको उपाधि

बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि...

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेता रसियामा

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेताहरु विश्वकप फुटबल हेर्नका लागि रसियामा पुगेका छन् । कोका–कोलाले ४०...

विश्वकपसम्बन्धी रोचक कुराहरु !

ब्राजिल एक मात्र देश हो जसले सबै विश्वकपमा भाग लिएको छ । ब्राजिलले पाँच पटक जित हासिल गरेको छ । यो पटक पनि उसले जित...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै