logo

सेन्सर बोर्डमा बसिसकेपछि समस्या समाधान त जसरी पनि गर्नुुपर्यो नि होइन र ?

काठमाडौ जेठ २०

नेपाली चलचित्र जगतमा उमेश खड्का नौलो नाम होईन । लामो समय देखी चलचित्र क्षेत्रमा समय विताईरहेको खड्का हालै मात्र चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को केन्द्रिय सदस्यमा मनोनित भएका छन् । खड्का विगत १६ वर्ष देखी चलचित्र क्षेत्रमा काम गर्दै आएका छन् । उनलाई चलचित्रमा खलनायकको भुमिकामा प्रायः देखिन्छ । उनलाई नायक बनेर चलचित्र क्षेत्रमा जम्न मन थियो रे ! तर उनलाई साथीभाई र निर्माताले खलनायकमा जम्छन् भनेर फुरुक्क पारेछन् । त्यसपछि उनी त्यतै लागेछन् । उनी भन्छन् ‘ नायक बन्ने रहर पनि थियो तर सबै साथीभाइहरुले तँ त खलनायकमा जम्छस् भन्थे । निर्माता निर्देशकहरुले पनि खलनायकका राम्रो हुन्छ, भन्नुुहुुुन्थ्यो । त्यसैले यो विधा रोजेँ र आज धेरै सफल पनि भएको छुु । लगातार काम पनि गरिरहेको छुु । ’ उनै खड्कासंग सेन्सरबोर्ड र चलचित्र क्षेत्रका बारेमा रहेर हामीले सक्षिप्त कुराकानी गरेका छौँ ।

सर्वप्रथम सेन्सर बोर्डमा नियुुक्त हुनुुभएकोमा बधाई छ, अहिले केमा व्यस्त हुुनुुहुुन्छ ?
सर्वप्रथम धन्यवाद, हाल म सेन्सर बोर्डमा नै निकै व्यस्त छुु । नेपाली, हिन्दी, अंग्रेजी भाषाका चलचित्रहरु सेन्सर गर्दैमा फुुर्सद छैन । फुुर्सद भएको समय चलचित्रमा दिएको छुु ।

कुन चलचित्रमा काम गर्दै हुुुुनुुहुुन्छ ?
एकलव्य र कसुुर सकाएर पोष्ट प्रोडक्सनको काममा रहेका छन् भने अन्य कादम्बिनी र अवतारमा व्यस्त छुु । अरु चलचित्रमा पनि कुरा भइरहेको छ ।

सेन्सर बोर्डमा काम गर्न कत्तिको सजिलो वा गाह्रो छ ?
सजिलो गाह्रो दुुवै हुुन्छ । जस्तो काम आए पनि गर्न परिहाल्छ । हामी सेन्सरको टिम हौं । सजिलो गह्रो जस्तो आए पनि एक आपसमा सल्लाह गरेर निर्णय लिन्छौं । सेन्सर बोर्डमा बसिसकेपछि समस्या समाधान त जसरी पनि गर्नुुप¥यो नि होइन र ?

कलाकारिता क्षेत्रमा लाग्नुुभएको कति भयो ?
यस क्षेत्रमा लागेको झण्डै १६ वर्ष जति भयो । सानैदेखि कलाकार बन्छुु भन्ने सोच थियो । त्यही सोचका आधारमा काम गर्दै जाँदा अहिले यहाँसम्म आएको छुु ।
यतिका समय चलचित्र क्षेत्रमा समय दिनुुभएको रहेछ, यसबाट के पाउनुुभयो ?
धेरै कुराहरु पाएँ । इज्जत, नाम, दाम र प्रतिष्ठा पाएँ । जुुन कुुराहरु पैसाले किन्न पाइँदैन । देशको हरेक ठाउँमा जाँदा सबैले चिन्छन्, बोलाउँछन, मानसम्मान गर्छन् । यो नै काफी छैन र ? एउटा कलाकारको लागि ।
पहिलेदेखि नै खलनायक बन्ने रहर हो ?
नायक बन्ने रहर पनि थियो तर सबै साथीभाइहरुले तँ त खलनायकमा जम्छस् भन्थे । निर्माता निर्देशकहरुले पनि खलनायकका राम्रो हुन्छ, भन्नुुहुुुन्थ्यो । त्यसैले यो विधा रोजेँ र आज धेरै सफल पनि भएको छुु । लगातार काम पनि गरिरहेको छुु ।

नायकमा जम्न नसकेर खलपात्रतिर लागेको त होइन नि ?
होेइन, होइन मैले सुरुदेखि नै खलनायक भएर काम गरेँ र सफल पनि भएँ । मैले माया नमारमा खलनायक भएर काम गरेदेखि पछाडि फर्केर हेर्नुु परेको छैन र अहिले पनि म खलपात्रमा नै काम गर्न रुचाउँछुु ।

दर्शकमाझ पुुग्दा तपाईंलाई कसरी चिन्छन् ?
दर्शकमाझ पुुग्दा खलपात्रमा नै अभिनय गर्ने भनेर चिन्छन् । एउटा खलपात्रले समाजमा भएका विकृतिलाई उजार गर्छ । आखिर मैले समाजमा कस्ता विकृतिहरु छन् भनी खलपात्रको रुपमा चलचित्रको माध्यमबाट सन्देश दिने न हो । पछि नायकले आएर त्यो विकृतिलाई सफा गर्ने त हो नि ।

तपार्इंलाई काम गर्न सजिलो लाग्ने कलाकारहरु कोको हुुन् ?
प्रायः सबैसँग सजिलो लाग्छ । राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, सञ्चिता लुुर्इंटेल, आयुुष रिजाल, रेजिना उप्रेती, शिव श्रेष्ठ, रमित ढुुंगाना सबै सरल, सजिलो र फ्रेन्ड्ली हुुनुुहुन्छ ।

संख्यात्मकरुपमा अहिलेसम्म कतिवटा चलचित्रमा अभिनय गर्नुुभयो ?
ठ्याक्कै त भन्न गाह्रो होला । त्यस्तै ६०, ६५ वटा जति नेपाली चलचित्रमा, ८—१० वटा जति टेलिफिल्ममा अनि ५—६ वटा जति भोजपुुरी चलचित्रमा काम गरेको छुु ।

आफ्नो जीवनमा आफूले गरेको भूमिका सम्झदा कस्तो लाग्छ ?
कुुनै कुुनै अलि अघिको चलचित्र हेर्दा केही नपुुगेको जस्तो लाग्छ । तर अहिलेकोमा सबै राम्रो गरेको छुु भन्छन् । मलाई पनि ठिकै लाग्छ ।

पहिले र अहिलेको चलचित्रमा के भिन्नता पाउनुुहुन्छ ?
काम पहिले पनि उही नै हो, अहिले पनि उही नै हो । तर प्रविधि फेरिएको छ । अहिले डिजिटल युुग छ । गल्ती गरेमा तुुरुन्तै सच्याउन पाइन्छ । पहिले यस्तो प्रविधि थिएन ।

तपाईंले धेरै चलचित्रमा बलात्कारको दृश्य गर्नुभएको छ, अप्ठेरो लाग्दैन ?
अप्ठेरो लाग्छ नि, किन नलाग्नुु । यस्तो दृश्य नभएको भए हुुन्थ्यो जस्तो लाग्छ । तर, समाजमा घटेको घटनालाई मेरो चरित्रमार्फत दर्शकसामुु ल्याएको मात्र हो , त्यो पनि समाजलाई सचेत गराउन ।
अन्त्यमा दर्शकहरुलाई केही भन्नुु छ ?
हामी चलचित्रका कलाकारहरु चलचित्रमा जस्तो भूमिका दियो त्यही गर्ने हो । यसलाई वास्तविकता नसोच्नुु होला र हामीलाई माया गर्नुुहोस् भन्न चाहन्छुु । अन्तमा नेपाली फिल्मलाई माया गर्नुुहोस् र राम्रो सुुझाव दिनुुहोस् भन्न चाहन्छु ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै