logo

एयरटेल सहकारीविरुद्ध प्रहरीमा उजुरी

काठमाण्डौं, जेठ २०
एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सुमन केडिया र सहकारीका प्रबन्धनिर्देशक रहेका अशोक गोयल भनिने अशोक जैनविरुद्ध जनसेवा प्रहरी कार्यालयमा उजुरी परेको छ । गत शुक्रबार सो सहकारीका कर्मचारी प्रकाश श्रेष्ठ र रमिला तामाङले उनीहरुविरुद्ध छुट्टाछुट्टै उजुरी दर्ता गराएका हुन् । सो सहकारीमा जागिर खान निवेदन दिएपछि नियुक्ति दिएसँगै सहकारीका प्रबन्धनिर्देशक अशोक गोयल भनिने भारतीय मूलका अशोक जैनले कामदारको शैक्षिक प्रमाणपत्रको सक्कल प्रतिनै लिने गरेका छन् । र तीन वर्षसम्म काम नगरेर बीचमै छोडेमा तीन महिनाको तलब नलिन मञ्जुरी छु भनी कामदारलाई कागज गराउने गरेका छन् । सेक्युरिटी डिपोजिटरका रुपमा राखिएको आफ्नो शैक्षिक प्रमाणपत्र र तीन महिनाको तलब नदिएपछि शुक्रबार श्रेष्ठ र तामाङले जनसेवा प्रहरीमा उजुरी गरेका हुन् । एयरटेल सहकारीकी अध्यक्ष केडिया र प्रबन्धनिर्देशक गोयलले कामदारको शैक्षिक प्रमाणपत्र नै कब्जा गरेर फिर्ता नदिएको र तीन महिनाको तलब नदिएको यो नै पहिलो घटना होइन । त्यसरी प्रहरीमै उजुरी परेको पनि यो नै पहिलो घटना होइन । भारतको राजस्थानबाट आएका अशोक जैनले गत २०६३ सालमा जनकपुर–१४ बाट अशोक गोयल भनिने अशोक जैनको नाममा नेपाली नागरिकता लिएका थिए । त्यसअघि उनी कपडा पसलमा काम गर्ने गर्दथे ।
नेपाली नागरिकता लिएको केही वर्षपछि उनले एयरटेल सहकारी खोलेका थिए । आठ वर्षको अवधिमा त्यहाँ थुप्रै कर्मचारीले काम गरेका छन् । त्यो संख्या पाँच सयभन्दा बढीनै रहेको छ । तीमध्ये सजिलै तलब पाउने, झगडा र झमेला नगरी काम छोडेर जाने कर्मचारी पाउन मुस्किल रहेको छ । अशोककी श्रीमती सुमन केडिया अहिले पनि खिचापोखरीमा कपडा पसल खोलेर बसेकी छन् । उनी अध्यक्ष रहेको एयरटेल बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धनिर्देशक बनेर अशोक गोयल भनिने अशोक जैनले मनपरी गर्ने गरेको छ । अशोकले कर्मचारीलाई गर्ने गरेको व्यवहारका बारेमा त्यसघरमा रहेका अन्य कार्यालयका कर्मचारीहरुले समेत अनुभूति गर्ने गरेका छन् । यसअघि रोजिना खड्का, अनिशा खड्का, अनिश खड्का, कुसुम बयलकोटी, हरिमाया खनाल, गंगा मल्ल,निर्मला सापकोटा, सरु ढुंगेललगायत थुपैकर्मचारीमध्ये कोहीले लिखित कोहीले मौखिक उजुरी गरेका छन् । उनीहरु सबैलाई प्रकाश र रमिलालाई जस्तै गरिएको थियो । रविना श्रेष्ठ, डेनी मानन्धर, टीकाराम अधिकारी, खगीशरा न्यौपानेलगायतका कर्मचारीसँग पनि यसअघि यस्तै लफडा भएको थियो । जनताको सेयर र बचत संकलन गरेर चलेको सो सहकारीलाई अशोक गोयल भनिने अशोक जैनले आफ्नो एकल सम्पत्तिजस्तै गरी मनपरी ढंगले चलाउँदै आएका छन् र श्रमिक वर्गको प्रतिनिधिपात्र ठान्ने कम्युनिष्ट सरकार गठन भएकै बेला एउटा भारतीय मूलको व्यक्तिले नेपाली कामदारमाथि चरम श्रमशोषण गरेको घटना प्रकाशनमा आएको छ ।
श्रमिकले आफूमाथि भएको अन्याय अत्याचार र श्रमशोषणविरुद्ध सहकारीकी अध्यक्ष केडिया र प्रबन्धनिर्देशक अशोकका विरुद्ध उजुरी गर्दा जनसेवाका प्रहरीले पीडक अशोकसँग मिलेर पीडित पक्षलाई हप्काइदप्काइ गरी थप पीडा दिएर थर्काएर पठाउने गरेको थाहा भएको छ । गोयल भनिने जैनले सहकारीको काउन्टरका केही कर्मचारीलाई रकम चोरेको आरोप लगाएर उल्टै तलब कटाउने गरेको समेत पाइएको छ । जबकि सो रकम जैन आफैँले विना ‘रिसिप्ट’ लिएर हिँड्ने गरेको समेत पाइएको छ ।

 

आजको आर्थिक दैनिक बाट 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको...

देउवालाई गोप्य रोग !

दुई तिहाइ कम्युनिस्ट सरकार भएको देशका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता एवं...

जालसाजी गरेर तामाकोशीको सेयर भराउँदै सिद्धार्थ बैंक चरीकोट

विनो धितो कर्जा लगानी गर्ने प्रचार गरेर सिद्धार्थ बैंक चरीकोटले दोलखा जिल्लाका सोझासादा जनतामाथि जालसाजी गरी...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै