logo

इ—सेवाको ब्राण्ड एम्बेसडरमा नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाण्डौं, जेठ १७
नेपालको पहिलो पेमेन्ट गेटवे, इ–सेवाफोन पे.प्रा.लि.ले नेपाली क्रिकेट राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो ब्राण्ड एम्बेष्डरमा नियुक्त गरेको छ । राजधानीमा सोमबार एक कार्यक्रमका बीच इ–सेवाका तर्फबाट एफ.वान. सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर ज्ञानेन्द्र मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा बोल्दै इ–सेवाका प्रेसिडेन्ट अस्गर अलीले क्रिकेट लगायत अन्य खेलकुदमा इ–सेवाको सुरू देखि नै लगाव रहेको र विभिन्न स्तरमा सहकार्य समेत गर्दै आइरहेको बताए । नेपाली खेलकुद र खेलाडीहरूसँगको सहकार्यलाई निरन्तरता दिने क्रममा मल्ललाई ब्राण्ड एम्बेसडरनियुक्त गरिएको बताए । इ–सेवाले नेपाली क्रिकेट टिम, क्यान तथा आइसीसीले आयोजना गर्ने प्रतियोगिताहरूमा सहकार्य गर्दै आइरहेको छ । यस्तै इ–सेवाले विभिन्नतवरले नेपाली क्रिकेट खेलाडीसँग व्यवसायिक सम्बन्ध पनि कायम गर्दै आइरहेको जनाएको छ । यसअघि इ–सेवाले नेपाली क्रिकेट राष्ट्रिय टिमका युवाक्रिकेटर प्रदिप ऐरी, अभिनास कर्ण तथा भेट्रान क्रिकेटर मेहवुब आलम सँग पनि सहकार्य गरेको छ । इ–सेवा नेपालमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट म्याच तथा टुर्नामेन्टहरूमा आवद्ध हुँदै आएको छ । इ–सेवाले प्रधानमन्त्री कप २०७४ र ०७५, आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबिया तथा नेपाल र केन्या बीच भएकोे खेलको व्यवस्थापन गरेको थियो । यस अघि इ–सेवाले अष्ट्रेलियन क्रिकेटर फिलिपह्युजको सम्झनामा भएको खेलमा पनि टिकट विक्री तथा व्यवस्थापन गरेको थियो । यसैगरी डिपिएल टु खेलको टिकट व्यवस्थापनका साथै स्पोन्सर पनि इ–सेवाले गरेको थियो । इ–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, इन्टरनेटको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतका दुई सयभन्दा बढी सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिने बताईएको छ । इ–सेवामा हाल ४५ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म इ–सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका कम्पनीले जनाएको छ । इ–सेवाका देशभर ३० हजारभन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट)रहेका छन् । इ–सेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ७ लाखभन्दा बढी नाघेको छ भने इ–सेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाखभन्दा बढी रहेको कम्पनीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...

सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग बिबिएल खेल्न आज...

काठमाडौँद्वारा चितवन पराजित

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएलअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै