logo

भैंसी मासुका लागि काटिंदा बजारमा दुधको अभाव

आशिष बहादुर सिंह
बझाड.,जेठ १७
कृषकले घरमा दुधसँगै खेतबारीमा मलका लागि पाल्ने भैंसी मासुका लागि जिल्ला बाहिर लैजान थालेपछि बझाङमा दुधको अभाव देखिन थालेको छ । भैंसी दुधको लागि र खेतबारीमा मलको लागि पाल्दै आएका यहाँका कृषक भैंसीले दुध दिन छोडेपछि अहिले सस्तो मूल्यमा मासुका लागि खरिदबिक्री गरेर तराईका जिल्लामा जान थालेका छन् । भैंसी मासुको लागि बाहिरी जिल्ला लान थालेसँगै दुग्धजन्य पदार्थको अभावसँगै मूल्यवृद्धि पनि आकासिएको हो । पछिल्लो समय मासु, सुकुटी तथा मममा भैंसीको मासुको प्रयोगमा वृद्धि भएसँगै बिचौलियाहरुले किसानको गोठमा नै आएर भैंसी किन्ने गरेको जयपृथ्वी नगरपालिका १ कैलाशका ५२ वर्षीया जनक सिंहले बताए । उनले भने, ‘दुई वर्षअघि पाँच ओटा भैंसी थिए । धेरै भयो भनेर एकै पटक दुई वटा भैंसी १५ हजारका दरले बेचेको थिएँ । उनीहरुले भैंसी किनेर पाल्ने होलान् भनेको त तराईमा लगेर काट्दा रहेछन् ।’ गाउँमा भएको भैंसी जति सबै बिचौलियाहरुले लगिसकेको उनी बताउँछन् । जिल्लाको मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, तल्कोट गाउँपालिका, बुङ्गल नगर पालिका, केदारस्यु गाउँपालिकालगायतका क्षेत्रमा भैंसीपालन गरिँदै आइएको थियो । तर, अहिले यी सबै गाउँका भैंसी बिचौलियाहरुले लगेको उनले बताए । भैंसी हुँदा गोठे मल राख्ने कृषक अहिले रासायनिक मलको भरमा खेती गर्ने गरेका छन् ।
जिल्लाका भिन्न गाउँबाट खरिद गरिएका भैंसीहरु दैनिक ट्रकमा लोड भएर तराईका जिल्लामा जाने गरेका छन् । पशु स्वास्थ्य ऐन २०५५ र नियमावली २०५६ मा भैंसी बाँझो रहने कारणसहित पशु विज्ञ डाक्टरले चेक जाँच गरी मासु खान हुने भनेर स्वास्थ्य चेक गराए र प्रमाण पत्र दिएपछि मात्र भैंसी मार्न पाउने व्यवस्था भए पनि जिल्लामा भने पशु सेवा कार्यालयसँग समन्वय नै नगरी भैंसी जिल्ला बाहिर जाने गरेको खबर जिल्लाका जानकारहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सहकारीलाई कृषिमा केन्द्रित हुन आग्रह’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिविधि कृषिमा केन्द्रित गर्न आग्रह गरेका छन् । राष्ट्रिय...

सप्तरीमा मल अभाव

सप्तरीमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो...

किसानले उखुको भुक्तानी पाएनन्

पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् । चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै