logo

आईपीएललगायतका लिगहरुमा बेटिङ लगाउने पक्राउ

काठमाण्डौं, जेठ १७
प्रहरीले इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका विभिन्न खेलमा बेटिङ लगाउने कार्यमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित छ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार केसीसहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएको छ । उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाएको प्रहरीको भनाइ छ । भारतमा भर्खरै सम्पन्न आईपीएल टि–ट्वान्टी प्रतियोगिता र अन्तर्राष्ट्रिय फुटबलमा महत्वपूर्ण मानिने लिगहरूमा उनीहरुले ‘अनलाइन बेटिङ’ मार्फत ठगी गर्ने गरेको खुलेको हो ।
प्रहरीका अनुसार भारतको गोवामा बस्दै आएका अमृत अग्रवाल ‘नागराज’ र गौरव तिवारी मिलेर सट्टेबाजीको धन्दा चलाउँदै आएका थिए । धन्दा चलाउँदै जाँदा नागराज र गौरवका बीचमा लेनदेन विवाद भएपछि नेपालमा गौरवले छुट्टै समूह निर्माण गरेको हो । गौरव समूहले लन्डनबाट २४ वटा अकाउन्ट खोलेर मास्टर अकाउन्टमार्फत सात करोड ४७ लाख बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ । भूपेन्द्र शमशेर कुँवरले गौरवसँग मिलेर २०७२ सालदेखि नै अनलाइन बेटिङ गराउँदै आएको प्रहरीको भनाइ छ । भर्खरै सम्पन्न आईपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगितमा भुपेन्द्रको खाताबाट तीन करोड २३ लाख नगद ट्रान्जेक्सन भएको समेत प्रहरीले जनाएको छ । २०७२ असोजमा म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका केसीले ललितपुर जिल्लाको अनलाइन सट्टेबाजीको जिम्मा नै लिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...

सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग बिबिएल खेल्न आज...

काठमाडौँद्वारा चितवन पराजित

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएलअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै