logo

समृद्धिका उडानका दुई ‘नक्कली’ पाइलट

नन्दलाल खरेल
‘लोटो देशमा गाँडो तन्नरी’ भनेझैं समृद्धिको उडानमा नेपाली मतदाताले दुईविपरीत धु्रवका पाइलटहरुलाई उडान भर्ने जिम्मा दिएका छन् । तर, उनीहरुले यो समृद्धिको उडानलाई गन्तव्यमा पु-याउलान् भन्नेमा प्रशस्त शंका छ । यो समृद्धिको उडानका प्रथम पाइलट शान्तिपूर्ण प्रतिस्पर्धाबाट संसदीय प्रणलीलाई उपयोग गर्न भनी उपभोगमा चुर्लुम्म डुबेका दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन ओली छन् भने दोस्रो पाइलट सामान्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने र त्यसको लगत्तै समाजवदी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अघिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिलाई चलाउदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवाद स्थापनासम्म जाने उद्देश्यमा होमिएका जनयुद्धका नाइके क्रान्तिलाई धोका दिई दलाल पुँजीवादी संसदीय व्यवस्थालाई मजबुत बनाई आफू सत्तामा जाने र त्यसको पटक–पटक स्वाद लिने प्रचण्ड छन् । यी दुवै पाइलटहरुको के दाबी छ भने एकीकृत पार्टीको कार्यदिशा जेट विमानको गतिमा अगाडि बढाउनुपर्ने हुँदा दुई पाइलट राख्नु परेको हो । १७ असोज २०७४ बाट औपचारिक रुपमा सुरु भएको दुई नामधारी पार्टीहरु विभिन्न आरोह –अवरोह पार गर्दै मादन –आश्रितको २५ औं दिवस ३ जेठ २०७५ मा नेपाल कम्युनिस्ट पार्टीको रुपमा निर्वाचन आयोगमा दर्ता भएपछि सार्थकता पाएको छ । कम्युनिस्ट पार्टीलाई संसारभरि गरिब वर्गको पार्टीको रुपमा चिनिन्छ । निजी सम्पत्ति, व्यक्तिगत नाफा, व्यक्तिगत हितको सर्वोच्चता नै सारमा पुँजीवाद हो भने त्यसको ठीकविपरीत कम्युनिस्टको मुख्यसार साझा अर्थात् समुदायवाद हो । समुदायवाद भनेको उत्पादनमा साधनमा सामुदायिक स्वामित्व हो । त्यतिमात्र होइन स्रोत साधन, नाफा र सम्पत्ति वितरणमा सामुदायिक सर्वोच्चता हो । कम्युनिस्टहरुको अन्तिम उद्देश्य वर्गविहीन र राज्यविहीन समाजको स्थापना हो । तर, मुलुकमा स्थापना भएको नवगठित ‘नेपाल कम्युनिस्ट पार्टी’ को इन्डेक्समा कुनै त्यस्तो तत्व पाइँदैन । संसदीय संघर्षबाट आएको एमाले र सशस्त्र संघर्षबाट आएको माओवादीबीच पार्टी एकता भएको उदाहरण विश्वमा सायद नहोला । अतः यो एकतापछि सारा नेपालीको ध्यानमात्र होइन विश्वको ध्यान नेपालतर्फ तानिएको छ । अझ एसियाको राजनीतिमा ठूलो तरंग पैदा गरेको छ ।
समृद्धिका दुई चालकहरुको सरकारले भर्खरै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यी चालकहरुले बनाएको ड्राफ पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७५/०७६ को समृद्धिको इतिहास रच्ने ‘आधार वर्ष’ हुने बताएकी छन् नबताऊन् पनि कसरी यिनै चालकहरुका कृपाबाट दोस्रो पटक राष्ट्रपतिको कुर्सीमा आएकी छन् । नुनको सोझो गर्नु उनका बाध्यता हो । राष्ट्रपति भण्डारीले दुवै संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै भनिन्, ‘सरकारले विकासप्रतिको सोच र प्रक्रिया, कार्य संस्कृति, शासकीय प्रणाली, अर्थतन्त्रका संरचना र सामाजिक न्यायका क्षेत्रमा रुपान्तरण गर्नेछ । विकास नीति, रणनीति, कार्यनीति, कानुन, संस्था, जनशक्ति र स्रोतसाधन, सहभागिता, सेवाप्रवाह र नतिजा अनुगमन एवं मूल्यांकनमा आमूल परिवर्तन गर्नेछ ।’ तर आम सर्वसाधरण गरिब, निमुखा, किसान तथा मजदुरलाई यसको कुनै स्वाद छैन किनकि उनीहरुलाई पहिल्यै थाहा छ कि यो नीति तथा कार्यक्रमले उनीहरुका लागि केही गर्दैन ।
वैधानिक निकायमा दर्ता नभएको तर जनतामाझ दिनप्रतिदिन लोकप्रिय हुँदै गरेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमाले र माओवादी केन्द्रबीचको एकतामा प्रचण्ड माओवादी सम्पूर्णरुपले विसर्जन भएको बताएका छन् । उनले आम जनतामा कम्युनिस्ट पार्टीबीचको एकता भनेर भ्रम छरिए पनि यो एकता कम्युनिस्ट आदर्शबाट च्यूत भएका अवसरवादी र संशोधनवादीहरुको गठजोड भएको भन्दै माके एमालेको एकतालाई टाट पल्टिएको बैंक र हुण्डी व्यापारीबीचको मेलमिलापको संज्ञा दिएका छन् । व्यापारीको धर्म पुँजी र श्रम लगानी गरी मुनाफा कमाउनु हो । यी दुई नाइकेहरुले सत्ता साझेदारीबाट प्रशस्त धन आर्जन गर्छन् । तर, यिनीहरुले आफ्नो लगानी गर्छन् न आफ्नो श्रम लागनी गर्दछन् । समृद्धिको मीठा भाषण विभिन्न ठाउँमा गर्दै हिंड्छन् ।सरकारले यसपालि आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न वाम गठबन्धनको घोषणा पत्रमा उल्लेख भएको पाँच वर्ष रोडम्याप प्रस्तुत गरेका छन् । उक्त रोडम्यापमा पाँच वर्षमा पाँच हजार मेगावट बिजुली, पाँच वर्षमै प्रतिव्यक्ति आय दोब्बर, पाँच वर्षमा रोजगारको लागि विदेश जाने अवस्थाको अन्त्य, प्रत्येक स्थानीय तहमा १५ शैयाका अस्पताल, काठमाडौं –निजगड द्रूतमार्गको निर्माण, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, मेची–महाकाली रेलमार्ग, काठमाडौं–वीरगञ्ज रेलमार्ग र रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग रहेका छन् । यी सबै योजनाहरु सुन्दा आकर्षक लागे पनि कुनै पनि योजना कार्यान्वयन हुने सम्भावना कम छ । किनकि यी सबै योजना दुई छिमेकी मुलुक तथा अन्य दातृनिकायले गरिदिने आश्वासनमा राखिएको हो । जबसम्म हाम्रो अर्थतन्त्र स्वाधीन हुँदैन तबसम्म समृद्धि असम्भव छ । तर, हाम्रा शासक आफ्नो आयु लम्याउन समृद्धिको कुरा गरिरहन्छन् । सरकारले नीति तथा कार्यक्रममा पाँच वर्षभित्र युवालाई रोजगारीको खोजीमा विदेश पलायन हुन नपर्ने कुराको अन्त्य हुनेछ भनी घोषणा गरेको छ । तर, कुनकुन क्षेत्रमा कसरी युवालाई रोजगारी दिने भनी उल्लेख गरिएको छैन । पञ्चायत कालमा पनि मुलुकलाई एसियाली मापदण्डमा पु¥याउने भनी ३० वर्ष शासन गरेकै हो । यो पनि त्यसैको निरन्तरता जस्तो देखिन्छ । मुलुकमा १९६८ मा चार सय ५० किलोवाटको फपिंङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । एक सय सात वर्ष अवधिमा जम्मा नौ सय ९५ मेगावाट मात्र जलविद्युत् उत्पादन भएको छ भने अहिलेको सरकारले पाँच वर्षभित्र पाँच हजार मेगावाट र १० वर्षभित्र १५००० सय मेगावाट बिजुली उत्पादन हुन्छ भन्नु सरासर झुट कुरा हो । छिमेकी देश तथा साम्राज्यवादी मुलुकहरुले नेपालको जलविद्युत्मा लगानी गर्छौं भनेको भरमा यस्तो योजना बनाई जनतालाई सपना देखाउनु हुँदैन । वर्तमान ओली सरकार भारत सरकार र चिनियाँ सरकारले रेल बनाइदिन्छौं भनेको भरमा अब देशभरि रेल कुद्ने भयो भनी हरेक भाषण कार्यक्रममा गीत गाउँदै हिंडेका छन् । जनसाधारणलाई विकास र समृद्धिको मार्गचित्रमा विश्वस्त बनाउनुको सट्टा हेर्दै जानुहोस् हामी केके गर्छौं भने अभिमानपूर्ण भाषणले लतारेर लैजाने मानसिकता वास्तवमा शासक शक्तिशाली तर सिर्जना शून्य र राज्य कमजोर हुँदै गएको सङ्केत हो । मुलुकलाई अहिले नेता र सरकार शक्तिशाली चाहिएको होइन राज्य शक्तिशाली चाहिएको हो । राज्य शक्तिशाली हुनु र शासक शक्तिशाली हुनु एउटै कुरा होइन । शासक शाक्तिशाली भए राज्यको स्रोत र साधनको अत्यधिक दोहन हुन्छ भने राज्य शक्तिशाली भए मात्र जनताको जीवनस्तरमा परिवर्तन हुन्छ ।सरकारले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सम्पत्ति सार्वजनिक गरेको छ । धेरै मन्त्रीको आफ्नो र आफन्तको नाममा प्रशस्त जग्गा रहेको, कतिको सेयर पनि रहेको र धेरै प्रशस्त सुनचाँदी पनि रहेको उल्लेख छ । प्रधानमन्त्री केपी ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख, माछापुच्छ्रे बैंकमा चार लाख र प्रभु बैकमा छ लाख गरी जम्मा ५२ लाख बचत छ । तर, दुई वर्षअघि श्रीमती राधीकाको नाममा १४ लाख र केपी ओलीको नाममा सात लाख गरी २१ लाख थियो । यसरी दुई वर्षमा ३१ लाख नगद थपिएको छ । यो मन्त्रीमण्डलमा सरकारले गरेको सम्पत्ति विवरणअनुसार भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी देखिएका छन् । काठमाडौं उपत्यकामा थुप्रै रोपनी जग्गा देखिएको छ भने तराइका विभिन्न जिल्लामा पनि प्रशस्तै जग्गा भएको आँकडा छ । त्यतिमात्र होइन उनले सेयरमा मात्रै ४० करोडभन्दा बढी लगानी गरेको विवरण सरकारलाई बुझाएका छन् । अरुको त के कुरा गरौं थोत्रो साइकलमा सवारी गरी चर्चा बटुल्ने मन्त्रीसँग पनि ५५ लाख नगद र काठमाडौं उपत्यकामा जग्गा तथा तराईका विभिन्न ठाउँमा पनि जग्गा छ । चित्त नबुझ्दो काम कुनै कर्मचारीले गरेमा पिटी हाल्ने उद्योगमन्त्री मातृका यादवले पनि ललितपुरको चापागाउँमा एक करोड पाँच लाखमा घडेरी खरिद गरेका छन् । त्यस्तै मन्त्री यादवले ०७४ मा मात्र १६ तोला सुन प्राप्त भएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीको दाहिने हातको रुपमा रहेका अर्थमन्त्री डा. युवाराज खतिवडाको काठमाडौं–४ मा ५ आनामा बनेको घर उनकी श्रीमतीको नाममा सोही स्थानमा १४ अनामा ठडिएको अर्को घर छ । त्यस्तै खतिवडा र उनकी श्रीमतीको नामा भक्तपुरमा २४ आना, झापामा चार बिघा १८ कट्ठा, काठमाडौंको कागेश्वरीमा चार रोपनी एक आना दुई पैसा र दोलखामा सयौं रोपनी जग्गा छ । यो जग्गा एक करोड ४९ लाख रुपैयाँमा खरिद गरेको छ । वर्तमान कम्युनिस्ट पार्टीका अन्य मन्त्रीहरुको पनि प्रशस्तै सम्पत्ति छ । कम्युनिस्ट हुनुको अर्थ सामूहिक सम्पत्तिमा जोड दिनुपर्ने हुन्छ । तर हाम्रा नामधारी कम्युनिस्ट नेताहरु पुँजीवादी पार्टी चलाउने नेताहरु भन्दा अगाडि बढेर सम्पत्ति आर्जन गरेको पाइन्छ । मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आउनुभन्दा अगाडिसम्म फाटेका चप्पल लगाउनेहरु साइकलमा सवार गर्नेहरु आज अर्बौं सम्पत्ति आर्जन गरेका छन् । करोडौं पर्ने गाडीमा सवार गर्छन् । साँच्चै मुलुकलाई सुशासनतर्फ लैजाने हो भने यिनीहरुकै सम्पत्तिबाटै छानबिनबाट अघि बढ्नुपर्छ । तर, यो पङ्क्तिकारलाई उनीहरुले यसो गर्लान् भन्ने लाग्दैन ।
समृद्धि शब्दलाई सबैभन्दा अहिलेको वर्तमान सरकारले प्रयोगमा ल्याएको छ । त्यसमा पनि दोस्रो पटक समृद्धिको उडानमा बसेका पहिलो नक्कली पाइलट केपी शर्मा ओली छन् । उनले यसलाई हरेक भाषण भेटघाट तथा कुराकानीमा प्रयोग गर्छन, मानौं ओली मुलुकको समृद्धिको लागि जन्मिएका हुन् । समृद्धिको मापन के हो ? किन आज समृद्धिको तस्बिर तथ्यांकमा भेटिँदैन ? समृद्धि आज किन सीमित वर्गमा मात्र छ ? समृद्धिको बाँसुरीको धुन हाम्रा प्रधानमन्त्रीले कहिलेसम्म बजाउने हुन् ? यी सबै प्रश्नको जवाफ उखान टुक्का शैलीमा होइन तथ्यांकमा दिन आवश्यक छ । समृद्धि उडानका दोस्रो नक्कली पाइलट प्रचण्डले सम्पूर्ण क्रान्तिलाई विसर्जन गरी संसदीय बाटोबाट मुलुक समृद्धि हुने ठहर गरेका छन् । अब यिनले जतिसुकै समृद्धिको गफ गरे पनि जनताले पत्याउने वाला छैनन् । एकाधिकार पुँजीवाद आज भूमण्डलीकृत वित्तीय स्वरुपमा रहेको छ । मुठ्ठीभर पुँजीवादी घरानाहरुका हातमा पुँजीको अत्यधिक संक्रेन्द्रण, वित्तीय एकाधिकार पुँजीमार्फत नवऔपनिवेशिक शोषण, विश्व वित्तीय संस्थाहरु र बहुराष्ट्रिय निगमहरु मार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास गरेका छन् । नव उदारवादी विचारमार्फत व्यक्तिवाद र उपभोक्तावादलाई प्रश्रय एवं विश्वलाई पुँजीवादी माल र मनोरञ्जनको बजार बनाउनु यसको विशेषणको रुपमा रहेका छन् । यिनै नीतिहरुलाई प्रचण्डले स्वीकारेका छन् ।
मुलुकमा भर्खरै तीनवटा निकायको निर्वाचन सम्पन्न भई सरकार चलाउने नयाँ नेतृत्व पाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नामधारी भए पनि नेकपा गठन भएको छ । यो पार्टीको राज्य संयन्त्रमा बलियो पकड कायम भएको छ । यो पार्टीसँग ५६ दशमलव छ प्रतिशत जनमत छ । राज्यका तीनै तह (संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार चार सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ । यो पार्टीका प्रधानमन्त्रीलगायत राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, एउटा प्रदेशबाहेक सबैमा मुख्यमन्त्री र मन्त्रीहरु छन् । तैपनि आज जनताका समस्याहरु झन बढेर गएको छ । महँगीले जनताको ढाड सेकेको छ । शिक्षा र स्वास्थ्य गरिबको पहुँच बाहिर गएको छ । भ्रष्टाचारको पारो अझ बढेर गएको छ । जीडिपीमा कृषि क्षेत्र र औद्योगिक क्षेत्रको योगदान क्रमशः ओरालो लाग्दो छ । व्यापार घाटा उच्च बिन्दुले बढेको छ । नेपाल राष्ट्र बैंकको हालै जारी गरेको तथ्यांकअनुसार गएको नौ महिनामा आठ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यो अहिलेसम्मको व्यापार घाटाको डरलाग्दो तथ्यांक हो । समृद्धिको बाधक कमजोर पुँजीगत खर्च हो । विगत १० महिनामा सरकारले ४० प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । बाँकी रकम दुई महिनामा खर्च गर्नुपर्ने हुन्छ । छोटो अवधिमा गरिएको खर्चमा व्यापक अनियमितता हुने गरेको छ । कति रकम त कागजमै मात्र खर्च हुने गरेको छ । अनि कसरी हुन्छ समृद्धि ?
अन्त्यमा समृद्धिको मापन अर्थतन्त्रका परिसूचकहरु हुन् । हाम्रा परिसूचकहरु प्रायः नकारात्मक देखिएको छ । रेमिट्यान्स आप्रवाह क्रमशः ओरालो लाग्दो छ । मुलुकले छाया अर्थतन्त्रलाई रोक्न सकेको छैन । झण्डै दुई तिहाइ अर्थतन्त्र अनौपचारिक अर्थात् अवैध हुने गरेको छ । तथ्यांकका तस्बिरहरु आँडकाहरु बोल्छन् । अब समृद्धिको गीत गाएर मात्र कहिलेसम्म जनतालाई झुक्याई सत्तामा बस्ने हो ? अब जनताले नेतृत्वलाई प्रश्न गर्ने बेला आएको छ । के यसको चित्तबुझ्दो जवाफ हाम्रा समृद्धिका उडानका नक्कली पाइलटहरु ओली र प्रचण्डसँग छ ?

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै