logo

फस्र्ट आईएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता

काठमाण्डौं, जेठ १४
फस्र्ट आईएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न भएको छ । गत आइतबारदेखि सुरु भएको ‘फस्र्ट आईएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता सम्पन्न भएको हो । आईएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटीए)को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई)को संयोजनमा सम्पन्न उक्त एकल प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी कुल ९३ खेलाडीहरूले भाग लिएका थिए । मण्डीखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहका अतिथि एवम् नेपाल टेनिस एसोसिएसनका महासचिव मनोहर दास मुलले बालबालिकाहरुको चरित्र निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै टेनिस खेलको विकासमा आईएमई फाउन्डेसनले देखाएको सदाशयताका लागि धन्यवाद व्यक्त गरे । आइएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले बालबालिकाहरू एकै प्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताए । साताव्यापी प्रतियोगितामा १४ वर्षमुनिका विभिन्न उमेर समूहबाट कुल ४० जना विजेता र उपविजेता छनोट भएका छन् । पुरस्कारस्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शुल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनेछन् । आइएमई फाउन्डेसन २०६६ सालमा दर्ता भएको परोपकारी संस्था हो । आईएमई ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गतका कार्यहरू यही फाउन्डेसनमार्फत गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग पिपीएल टी–ट्वान्टी क्रिकेट...

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल...

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै