logo

सेकेण्ड मोबाइल फुटसल प्रतियोगितामामा ‘ओप्पो टिम १’ प्रथम

बैतडी, जेठ १४
पाको युथ क्लबले आयोजना गरेको सेकेण्ड मोबाइल फुटसल टुर्नामेन्ट २०१८ मा ओप्पो नेपालको टिम १ विजय हासिल गर्न सफल भएको छ । पुरस्कार राशिको आधारमा नेपालकै सबैभन्दा ठूलो फुटसल टुर्नामेन्टको रुपमा रहेको यस मोबाइल फुटसल टुर्नामेन्टमा फाइनल चरणमा ओप्पो नेपालको टिम १ ले ओप्पो नेपालको टिम २ लाई हराएर प्रतियोगितामा विजयी बन्न सफल भएको हो । राजधानीमा आयोजित नेपालका प्रमुख मोबाइल कम्पनीहरुको सहभागिता रहेको मोबाइल फुटसल प्रतियोगितामा ओप्पो नेपालको टिम १ प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै एक लाख ११ हजार एक सय ११ रुपैयाँको पुरस्कार तथा मोबाइल फुटसल टुर्नामेन्ट कप हात पार्न सफल भएको हो ।
त्यसैगरी दोस्रो मोबाइल फुटसल टुर्नामेन्टमा ओप्पो नेपालकै टिम टूले दोस्रो स्थान हात पार्न सफल भएको छ । सो टिमले ५५ हजार पाँच सय ५५ रुपैयाँको पुरस्कारसहित पदक तथा मोबाइल फुटसल टुर्नामेन्ट कप हात पारेको हो । टुर्नामेन्ट आयोजक पाको यूथ क्लबका अध्यक्ष प्रविणमान श्रेष्ठले मोबाइल व्यवसायबाट केही समय फुर्सद दिलाउने र व्यवसायीबीच एक आपसमा सम्बन्ध बढाउने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरेको जानकारी दिए । ‘गत वर्ष आयोजना गरेको पहिलो मोबाइल फुटसल टुर्नामेन्टबाट उत्साहित भएर यो वर्ष दोस्रो पटक आयोजना गरेका हौं, यो फुटसलको क्षेत्रमा सबैभन्दा ठूलो राशि भएको प्रतियोगिता पनि हो,’ अध्यक्ष श्रेष्ठले भने । त्यसैगरी प्रतियोगिता अवधिभर उच्च स्कोर गर्ने जे एण्ड जे मोबाइलका सरोज तामाङ, वेष्ट गोलकिपरमा दि मोबाइल स्टोरका अशेष श्रेष्ठ, फेयर प्ले टिमको रुपमा भीभो मोबाइललाई पदक तथा सम्मान पत्र प्रदान गरिएको थियो । लिग कम नकआउट चरणमा खेलाइएको दुई दिने सेकेण्ड मोबाइल फुटसल टुर्नामेन्ट २०१८ नयाँ बजारमा रहेको रिभर फिल्ड फुटसल ग्राउण्डमा आयोजना गरिएको थियो । मोबाइल शोरुम, मोबाइल व्यवसायी तथा मोबाइल कम्पनीहरुको सहभागिता रहेको यस प्रतियोगितामा कुल १२ टिम सहभागी रहेका थिए । यस सेकेण्ड मोबाइल फुटसल टुर्नामेन्ट २०१८ आयोजनामा वी इन्टरनेशनल तथा ह्यापी टेल्सले सहकार्य गरेको थियो । आगामी वर्ष पनि मोबाइल फुटसललाई निरन्तरता दिने पाको युथ क्लबले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बूढीगंगालाई मेयर कपको उपाधि

बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि...

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेता रसियामा

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेताहरु विश्वकप फुटबल हेर्नका लागि रसियामा पुगेका छन् । कोका–कोलाले ४०...

विश्वकपसम्बन्धी रोचक कुराहरु !

ब्राजिल एक मात्र देश हो जसले सबै विश्वकपमा भाग लिएको छ । ब्राजिलले पाँच पटक जित हासिल गरेको छ । यो पटक पनि उसले जित...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै