logo

उनी

BY - Madhu Sd Lamichhane

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका छन् , घामका किरण हरुले सुस्तरी उज्यालो महसुस गराउदै छन् ,

नबिन बिस्तारै हाइ काट्दै उठ्छ घडीमा बल्ल ६ बजेको छ , आ सुतिन्छ मस्त ...यति चाडै उठेर के नै गर्नु छ र चाडो उठेर संसार जितिने हैन क्यार ? गर्मि होस् या जाडो सधै ओड्ने गरेको बाक्लो ब्यान्केटले खुट्टा देखि मुख सम्म पुरै छोपेर लम्पसार पर्यो नबिन ..

फोन मा गीत बज्न थाल्छ ..

आइ डन्ट लाइक स्लीप अलोन ,
स्टे विथ मी डन्ट गो , 
टल्क विथ मी फर जस्ट अ व्हाइल
सो मच अफ यू टु गेट टु नो 
रीचिंग आउट टचिंग यू 
लीविंग अल द वोरिज बीहाईंड 
लविंग यू ...

पाउल एनका को यो गीत यूटुब स्क्रोल गर्दा गर्दै उसले कतै सुनेको धेरै राम्रो लागेर रिंग टोन बनायर राखेको छ , कति चोटी फोन आउदा आफ्नो मन पर्ने गीत सुनेर फोन नै नउठाउने समेत गरेको छ , दुई चोटी बजिसके पछि मुख को ब्ल्यांकेट फालेर छेउको टेबल मा राखेको फोन नियाल्छ , अननोन ९८०३३ को नुम्बर बाट फोन आको हुन्छ , उसले ह्या को रैछ तोरीलाहुरे बिहान बिहानै ल्यांग गर्ने भन्दै फोन को ओके बटन थिच्छ , 
उता बाट सुमधुर आवाजमा कसैले भन्छ ,

हेल्लो ड्याडी म यता जावलाखेल सरीताकोमा आको छु लिन आइस्यो न पीलिज .....
हजुर , के भन्नु भाको मैले बुझिन त ? नबिनले अकमक्कीदै भन्यो , 

ड्याडी यता जावलाखेल आइस्यो न भन्या क्या म सरिताकोमा आको छु क्या , i enjoyed a lotttt daddy , अब धेरै बेर नबस्ने यता तल सडकमा आयेसी मिसकल गरिस्यो है अनि म झर्छु . 
ओ हेल्लो , कसलाई फोन गरेको क्या मेरो लव त पर्या छैन , बिहे त भाको छैन बच्चा त जन्म्या छैन सिधै ड्याडी रे ? कसलाई फोन गरेको पहिला नम्बर हेर्न पर्छ नि ,
ह्या ड्याडी पनि के भैस्या होला के ?
फोन फ्याट्ट काटिन्छ , नबिन अचम्म पर्दै क्या मान्छे रैछन यार ल्यांग गर्ने बिहान बिहानै , पख दिउसो फोन गर्छु यो नम्बरमा भन्ने सोच्दै सुत्छ

ठ्याकै ११ बजेर १३ मिनेट जादा उसको निन्द्रा खुल्यो , १० बजे अफिस पुग्नुपर्ने हैट.खत्तम नै भयछ नि , हतार हतार उठ्ने बित्तिकै बुरुसमा मन्जन राखेर मोबाइल बोकी ट्वाईलेट छिर्छ तेतिकैमा अफिसबाट फोन आउछ , 
- हेल्लो नबिन सर कता हो ? कति बेला आउने ? 
- हजुर म यता अनामनगर प्रभु बैंकमा आको छु , अलि लामो लाइन रैछ पालो आउन लाग्यो आधा घण्टामा आइपुग्छु ,

हतार हतार दात माझेर हिजो सुत्ने बेलामा लगायको पाइन्ट चेन्ज नगरी 
शर्ट माथि ज्याकेट लगाएर एक ग्लास पानि खायर निस्कन्छ , 
नबिनको कोठाबाट अफिस पुग्न ठ्याकै ३० मिनेट लाग्छ , जाम पर्यो भने त झन् बढी लाग्छ , हतार संग बाइक स्टार्ट गरेर हुत्तिन्छ , 
आज उसको फोनमा घन्टी आको आइ छ झन्डै १० ओटा फोन उठायसी उ अफिस पुग्छ , 
साला आजको दिन नै खराब छ कति फोन आको भन्या काम न काज को , बिहान देखि सुरु भाको घन्टी बज्या छ बज्या छ , त्यो को रैछ अहिले एकछिन मा फोन गर्छु , येस्तई सोच्दै उ आफ्नो अफिस रुममा पुग्छ २० मीनेटजति काम गर्छ अनि फेरी बैंकमा काम पर्यो भन्दै खाना खान निस्कन्छ , 
पुल्चोकमा एउटा होटल छ ललित भोजनालय , भात खान नि लाइन लाग्नु पर्छ , जम्मा ७० रुपैयामा खाना पाइन्छ नबिनको खाना खाने ठाउ नि तेही हो , 
जब खाना बनाउन अल्छि लाग्छ जब ढिलो हुन्छ अफिस आउने एकछिन काम गर्ने अनि बैंक जानु छ भनेर तेही जाने खाना खाने आउने ...

खाना खायर अफिस फर्के पछि बिहान फोन गरेर ल्यांग गर्ने को रैछ यार चेक गर्नु पर्यो भन्दै अफिसको फोनबाट नम्बर डायल गर्छ तर फोन उठ्दैन , मलाई ल्यांग गर्नु हुने उसलाई मैले किन नहुने भन्दै फेरी री डायल गर्छ ३ घन्टी गयसी उता बाट फोन उठ्छ-
- हेल्लो को बोल्नु भाको ..
उता बाट जबाफ आउछ ह्या ड्याडी म हजुरलाइ कुर्या कुरै छु आइस्यो न पीलिज  ...

हाहाहा ल्यांग गर्नुको नि हद हुन्छ नि हौ , को हो तपाई ? तपाई नि के भन्नु , को हो मुइया तिमि ? ड्याडीलाइ कुर्या कुरै रैछौ त् , हेर म तिम्रो ड्याडी बनेर चाइ आउन नसक्ने भय , तिमि भन्छौ भने तिम्रो हुनेवाला बच्चाको हुने वाला ड्याडी बनेर आउन सक्छु 😀 .
- अरे वा मन कै कुरा भन्नु भयो त्  . उता बाट एती मात्रै बोलि आयो अनि फोन फ्याट्टै काटियो .
नबिन अक्क न बक्क पर्यो फोन रीडायल गर्यो उठेन आफ्नो मोबाइलबाट गर्यो उठेन . त्यो दिन झन्डै २० चोटी त्यो नम्बरमा फोन गर्यो तर उठेन .
साला केटिले डुबाउछन् भन्थे हो रैछ दिन भरि माथा खराब भो एउटा कलले , येही सोच्दै निदायो नबिन , भोलि पल्ट उठ्ने बित्तिकै तेही नम्बरमा फोन गर्यो उठेन , तेसैले उसले त्यो दिन दोहोर्याएर फोन गरेन ............................

पर्सिपल्ट बिहानै उसको फोनमा घन्टी बज्यो नम्बर तेही थियो उसले तुरुन्तै फोन उठायो , उताबाट सुमधुर स्वोर मा आवाज आयो 
- सरी नबिन , म मौसम 
- को मौसम 
- उम् म मौसम क्या मौसम नबिनको हुने वाली मौसम यानीकि नबिन मौसम , by the way तिम्रो गर्ल फ्रेन्ड छ कि नाइँ ? 
पुरै तयारि गरेर आकी छु अहिले भन है फेरी मेरो लगानी खेर जाला - लगानी कस्तो लगानी के भन्या बुझिन त नबिनले छक्क पर्दै सोध्यो 
- लगानी भनेको समय क्या समय तिम्रो पुरै डाटा निकालेर तिमीलाई आफ्नो बनाउछु भनेर लागि पर्या छु अनि गर्ल फ्रेन्ड रैछ भने त यत्रो लगानी खेर गयन त् 😉
-हाहाहा अचम्म मेरो डाटा नै निकालेको ? अनि यत्रो डाटा निकाल्नेले मेरो गर्ल फ्रेन्ड छ कि नाइँ भनेर चाइ थाहा नपायको ? अनि अर्को कुरा मैले आज सम्म मलाई नै चिन्न सक्या छैन मेरो पुरै डाटा निकालेछौ , भन्देउ त म कस्तो मान्छे ? 
- उममम तपाई .... तपाई मायालु मान्छे  उनले खित्का छोड्दै भनिन , छ नि आफ्नो त सिधा कुरा गर्ने बानि मैले हजुरलाइ हजुरको अफिस छेउ को क्याफे छ नि हो तेही देखेको पहिलो चोटी , तिमि साथिहरुसंग चिया खान आको थियोउ , म कुना पट्टि मेरो साथि संग बसिरको थिय , तिम्रो कुरा गर्ने तरिका हसिलो अनुहार , charming smile म त फिदा भय यार - हाहाहा आफ्नो बयान सुनेर आफैलाई हासो लाग्यो नबिनले मुस्कुराउदै भन्यो 
- मलाई त तपाइँ हेर्ने बित्तिकै मन पर्यो बाइ , अनि तिमि गैसकेसी मैले तेही क्याफे को दिदि थ्रु तिम्रो नम्बर लिगेको . 
- य हाहा , हो र ? त्यो दिदि संग मेरो नम्बर छ र ? अनि एकचोटी देख्दै मा राम्रो संग बोल्या देख्दैमा मान्छे राम्रो हुन्छ भन्ने छ र ? बाहिर त सब राम्रो बोलिहाल्चन नि ?
- हैन नि , मैले सुरु मा पो तिमीलाई तेहा देखेको तेस्पछी मैले तिमीलाई कति चोटी फलो गरिसके 😀 तिम्रो खाना खाने ठाउ नि थाहा छ 
- हैट कडा धन्न मेरो कोठा नि देख्या छ भनेनौ . 😉 
- देख्या छैन देख्या छैन तेही गणेशस्थान बाट लेफ्ट साइड बाट भित्र छिरेर जाने हो मैले देख्या छैन है 😀 
- आबुई कडा रैछौ त तिमि को हो क्या तिमि ? मेरो कुनै पुरानो साथि हो है तिमि , मलाई ल्यांग गरिराको है . मजाक नगर न यार ..
- लौ अगी भनेको के त म नबिन को मौसम यानी कि नबिन मौसम ..
फोन फेरी फ्याट काटियो ...

हे तनाब , यो फ्याट्ट / फ्याट्ट फोन किन काट्नु पर्या होला के ? बरु कुरै नगर्नु, गरेसी पुरा गर्नु नि ...तर जे होस् आफ्नो बर्णन अरुबाट सुनेर मक्ख छ नबिन , बिहानैको कलले सुत्ने रहर पुग्यो उसलाई , एउटा केटिले फोन गरेर मेरो त गुणगान गाइ यार भन्ने सोच्दै आज कोठामा नै खाना बनायर खाएर अफिस गयो . 
उसको दिनपनि अरु दिन भन्दा भिन्न बित्यो आज , रमाइलो संग काम गर्यो अनि खुसि साथ् बेलुका घर फर्क्यो , कोठामा जुत्ता खोलेर भित्र छिर्ने बित्तिकै म्यासेज आयो कसको रैछ भनेर हतार हतार फोन हेर्यो म्यासेज तेही नम्बर बाट थियो ,
- Soft and warm
Sealed with care
Sweet and kind
Will ever share
Brave and strong
Yet so fair
That is her
She's always there 
हाइ खाना भयो त ? 

- ओहो कति राम्रो लेखेको , अह म त भर्खर रूम छिर्दैछु तिमीले खयोउ कि नाइँ ? उसले तुरन्तै म्यासेज फर्कायो . -
- हे हे इन्टरनेट हजुर इन्टरनेट आजकल लब गर्नलाई क्या सजिलो पारेको छ तेही बाट खोजेर पठाको नि , अनि किन खाना नखानु भाको नि कि आज नि ललित भोजनालय जिन्दाबाद भन्नु भाको ? 
- हेहे हैन नि आज त रुममै बनायर खाने मुड चल्या छ , अब मस्त बनाउन सुरु गर्ने हो .
- हो र , ल ल eat टन्न मीठो बनायर ,
- हस जो आज्ञा हजुर ...
-सुन्नु न एउटा कुरा भनु ?
- अ भन न के कुरा ?
- कल गरु हजुर लाइ ? 
- हाहाहा , बिहान सुतिराको बेला नसोधी कल गर्न हुने , अहिले बेलुका जाग्राम भाको बेला चै के सोधिरको नि ..
-है है ल एकछिन मा कल गर्छु है हजुर लाइ .
- ओके

नबिनले खाना बनायो खायो रुम सफा गर्यो अह कल त् आयन , उसले आफै फोन गर्यो फोन अफ थियो , रातको ११ बजे सम्म कल गरिराख्यो तर फोन अन भएन , 
भोलिपल्ट बिहानै उठेर नबिन अफिस गयो अनि अफिसको नम्बर बाट तेही नम्बरमा फोन गर्यो एक घन्टीमै फोन उठ्यो ,
-हेल्लो 
- के हेल्लो हजुर ? हिजो फोन गर्छु भनेर किन ढाटेको ? अनि फोन किन अफ गरेको ?
- अरे वा हजुरले मलाई फोन गर्नु भाको थियो ? 
- हैन नगरी नै थाहा पायको , मलाइ किन ढाटेको किन फोन गर्छु भनेर नगरेको किन अफ गरेको क्या ?
- हेहे कति धेरै प्रश्न हौ म कुन को जबाफ दिउ ?
-सबैको 
-हस 
- खै त जबाफ ?
- हजुर के को जबाफ :D
-लौ अचम्म फोन किन नगरेको क्या म कुरेको कुरै थिय ..
- उम , मैले मात्र हजुर लाइ सम्झिन्छु कि हजुरले नि मलाई याद गर्नु हुन्छ भनेर चेक गरेको क्या ;) 
- तोइट हावा 
- हो क्या हो , 
- हेर मौसम ,
बिचैमा कुरा रोकेर 
- हजुर देखौनुस नबिन ..
- हाहा सुन न 
- हजुर सुनाउनुस न ..
- तिमि त कस्तो हौ क्या मैले त बुझ्नै सकिन , अचम्मको रैछौ यार तिमि , अहिले सम्म तिमीलाई देख्या छैन तर पनि मज्जाले बोलिरको छु म त न चिनेको छु न देखेको छु .
- अरे हजुरपनि म नबिन को मौसम भनेको हैन त ? हजुरले पो नदेखेको त मैले त हजुर लाइ देखेको छु नि . , अनि हाम्रो भेट पनि चाडै भै हाल्छ . 
- है कहिले हुन्छ भेट ?
- ५ वर्ष पछि .
- हँ ? ५ वर्ष ?
- हो नि ५ वर्ष पछी ...

-हे हे हो र , जम्मा ५ वर्ष ? त्यति चाडै भेटिहाल्ने , तेती चाडै भेट्न मलाई पनि मन छैन बरु ५ दिन पछी भेटौन ;)

- हैन हजुर हैन , मेरो हजुर संग अब ५ वर्ष पछि मात्र भेट्ने हो . :D
- है , ५ वर्ष पछि चाइ किन भेट्ने नि मेरो हजुर भन्ने मान्छे ?
- प्रतिक्ष्याको फल मीठो हुन्छ नि , ५ वर्ष कहिले आउला भनेर अहिले देखि दिन गन्नुको मजा बेग्लै हुन्छ :D 
- भो हजुर भो तेस्तो प्रतिक्ष्या चाहि नगरौ , मेरो त् बिहे गर्ने बेला हुन लाग्यो ५ वर्षमा त ४ वर्षको घोर्ले छोरो उत्पादन हुन्छ 
- हैट , के सारो Dirty हो हजुर त 
-हो क्या साँच्ची भनेको मैले , Gf / cf बनाको छैन अब डाइरेक्ट अरेन्ज म्यारिज गर्ने हो त्यो नि एक वर्ष भित्र .
-आबुई हो र , हजुरलाइ नभेट्दै सपना सजाउन थालिसके मैले त , मौसम को बिहे त नबिन संगै हुन्छ , 
ल अहिले राख्छु है , गुड नाइट हजुर ,
- हस जो आज्ञा गुड नाइट 
- वाउ अहिले नै आज्ञा मान्न थाल्नु भाको , सधै यस्तै हुनु है ;) 
- हे हे गुड नाइट भनेको मैले 
- ओके हजुर सुभ रात्रि .
-------------------------------------------------------------------
दिनहरु बित्दै जान थाले , नबिन र मौसमको कुराकानी अझै झान्गिन थाल्यो , दिनभरि भयका कुराहरु राति शेयर हुन थाले सुख दुखका कुराहरु हुन थाले तर २ महिना हुदा सम्म उनीहरु को भेट भएको थियन , नबिन भेट्नलाइ कर गर्थ्यो , मौसम केहि बहाना बनायर नबिनलाइ मक्ख पार्दै उम्किन्थी , 
मङ्सिरको महिना दिनकै पन्चे बाजा र ब्याण्ड बाजाको आवाज सुनेर एक दिन नबिनले मौसम लाइ फोनमा भन्यो ,
- मौसम हेर न बिहेको मौसम छ , मौसम लाइ बिहेको मौसममा बिहे गर्न मन छैन भन्या ? भेट्ने कुरा त कता पुर्याउछौ कता ?
- मौसमले मन्द मुस्कुराउदै भनिन , मन छ नि हजुर , हजुर संग नै गर्ने मन छ ;)
-हे हे है , म त् मायाँ गर्न थालेसी आँखा चिम्लेर गर्छु नि पछि भाग्न पाउदैनौ ,नबिनले जिस्काउदै भन्यो ,
- भाग्न नै कसले खोजेको छ र हजुर , सधै हजुरको अँगालोमा बस्ने रहर छ .
- हैट , सारै रोमान्टिक कुरा नगर न , फेरी के के हुन्छ मलाइ :D 
-कस्तो naughty क्या हजुर त :D सुन्नुस न पर्सि मेरो साथिको बिहे छ नि बसुन्धारामा दिन भरि हराउछु है म त ;)
- हो र मेरो पनि साथि को बिहे छ पर्सि जन्ती जाने हो जन्ती म त , 
-कता हो नि जन्ती जाने चै ?
-खै थाहा नै छैन जता भय नि जाने चै हो , बिहेको मौसम छ हाम्रो भेट् बिहेमा नै होला जस्तो छ है 
- हो नि हजुर , हाम्रै बिहेमा ,हजुर र म एकै जग्गेमा मौसमले मक्ख पार्दै भनि ...

- तिमि छौ र खुसि छ यो मन 
हासी खुसि बिताउला जिबन 
सिमसिमे पानि मा ज्यान ले बेमान गर्छौ कि 
जिन्दगानी मा 
नबिनले खुसि हुदै गीत गायो ,

पर्सिपल्ट नबिन बिहेमा गयो , जाने बित्तिकै साथिलाइ सोध्यो , ओइ ओइ जन्ती चाइ कता जाने रे ?
- बसुन्धारा ...
अरे वा हो र , खल्ती बाट फोन निकालेर तेही अननोन नम्बरमा फोन घुमायो , तर फोन उठेन , जन्ती हिड्यो बसुन्धरा ..
बेहुला उता पुगेसी कोहि जग्गेमा बसे कोहि फोटो खिच्न थाले कोहि तास खेल्न थाले , नबिन यता उता डुलिरहेको थियो , 
आँखाहरु एक्कासी रोकिय , साएद हावाको बहाबहरु चल्मलाउन छोडे , आफ्नै गतिमा घुमिरहने संसार साएद टक्क रोकियो जस्तो लाग्यो जब नबिन ले उसलाई देख्यो , 
फिक्का निलो सारी मा सजियकि उनि , अनि त्यो गाजलु ठुला ठुला आँखा , देब्रे गालामा बेला बेला मा हावाका लहर हरुले उडाएर लेराउने कपाल अनि फु गरेर उडाउने उसको बानि , अनि लामो सिल्की कपाल .....वा कति राम्रो , साएद भगवानले एक हप्ता छुट्टि लिगेर उनको सिर्जना गरेको हुनुपर्छ , ...

छेउमै गएर हात समाउदै , सुनन मैले अहिले सम्म खोजेको नै तिमीलाई हो , चाहना नै तिम्रो नै हो अनि महिले चाहेको नै तिमि हो साएद यस्तै भन्न मन लाग्यो उसलाई तर अह पाइला बढाउने आट उसमा आएन , उ एकोहोरो हेरेको हेरै भयो . 
नबिनलाइ एक्लै टोलाएर एकोहोरो कतै हेरेको देखेर उसको साथि ले सोध्यो , ओइ घाटी सडक्यो कि क्या हो ? एकोहोरो एकै पटि हेर्या छस त् , के देखिस हो तेस्तो ?
- मेरो घाटीमात्र हैन सबैकुरा एकोहोरो भयो यार अझ मेरो आँखाले त उसलाई बाहेक कसैलाई देख्नै छोड्यो यार ..
- कसलाई कसलाई , को देखिस हो तेस्तो ? खै कसलाई मैले भाउजु भन्न पर्ने हो देखा त , साथि ले खुसि हुदै भन्यो ..
- उनि ................. नबिन ले औला ले इसारा गर्दै भन्यो ..
-अरे यो मान्छे ???? यो मान्छे लाइ त मैले ... ........... अह कतै देख्या छैन :D साथि ले मजाक गर्दै भन्यो , तर छ नि नबिन तेरो आँखा चाई हो क्या , जोडी अलि नमिल्न सक्छ 
- किन नि ??
- उहा तेती राम्री अनि त एस्तो :D 
- हा हा दिलमा बसिन यार अगी देखि , अनि साचो हरायो यो दिलको , के हेल्प गर्न सक्छस भनिहाल ..
- तेरो लागि हुनेवाला भाउजु को नाम र नम्बर पत्ता लगाउन सक्छु ..
- अरे वा त किन यहा बसिराको ??? छिटो गैहाल .. एती राम्रो काममा ढिला गर्छस ??................

नबिनको नजर कतै हटेन एकोहोरो उसलाई नै हेरिरह्यो , उसका गाजलु नयन , लजालु मुस्कान बर्णन गर्न नसकिने उसको सुन्दरता ...एकोहोरो भयो उ ...

ओइ हजार रूप्पे निकाल , उसको साथीले पछाडीबाट धक्का दिदै भन्यो , 
- किन नि ? नबिन ले रिसाउदै सोध्यो 
- अरे भाउजु को नम्बर र नाम चाहिदैन ?
- हेहे है , जाबो हजार पो ,५०० लिग्छु रे किन सय भए पुग्दैन ला ५० रूप्पे , अनि सुन यसको पानि पुरी ख्वा है ..
- साले ल्यांग गरिस हैन , भाउजुको लागि जाबो हजार नि खर्च गर्न सकिनस ?
- नम्बर भन न क्या नम्बर ..
- ९८४९९०८५९६ 
- भोलि कल गरिन्छ अब 
- अनि नाम चाहिन्न तलाई ?
- नाम मै क्या रखा है दोस्त ? अब मेरो #उनि भनेर सेव गर्ने हो 
- हाहा नौतंक्की नगर ..राम्रो रैछ उसको नाम पनि ..
- हो र , के हो मेरो हुनेवाली उनको नाम ?
- मौसमी ..........

- मौसमी ...

हो क्या हो हुनेवाली भाउजुको नाम मौसमी हो रे ,
- नबिन छक्क पर्यो के गर्नु गर्नु भयो , मन मनै यो मौसम त हैन नि ? बसुन्धरा जन्ती आउने भनेको छ , फोन पनि उठाको छैन , चेक त् गर्ने पर्यो भन्दै सरासर केटि को छेउमा पुगेर आकाश तिर फर्किदै भन्यो , 
आहा कति राम्रो मौसम ...
यो मौसम नि कति मज्जाको रमाइलो अनि घमाइलो मौसम , कहिले पानि पर्छ कहिले घाम लाग्छ कहिले जाडो हुन्छ कहिले गर्मि हुन्छ , जे छ यो मौसम मै छ ...
- Excuse me , मौसमको कुरा सक्केको भए , बाटो छोड्नु हुन्छ कि ?
- नबिन तुरुन्त फर्कियो , उनै थियिन अगाडी , अनि मुस्कुराउदै भन्यो मौसम को कुरा सक्केको छैन हुदै गर्छ अहिले चाहि मौसमी कुरा गर्ने मन छ ;) 
- मौसमी कुरा ? के हो त्यो भनेको ?
- I mean मौसमी संग कुरा .. :D
- how do you know my name ? , मौसमीले surprised भय झैँ सोधिन ,
- आबुइ मिल्यो र ? तिम्रो नाम मौसमी हो र ? hello मेरो नाम चै नबिन है , मैले त मौसमी कुरा गर्ने भनेको आजकल बिहेको सिजन छ तेही कुरा पो गर्ने भनेको त नबिन ले मुस्कुराउदै भन्यो ..
- हाहा , थाहा छ थाहा छ तपाइको को नाम नबिन भनेर मलाई पनि ...
- हो र , ? कसरि नि ?
- अहिले भर्खर भनेको हैन hello मेरो नाम नबिन भनेर ,
मौसमी मुस्कुराउदै गईन , नबिन हेरेको हेरै भयो , कति सुमधुर आवाज छ , कति राम्रो अनुहार , अनि उसको चार्मिंग इस्माइल .. ओहो .... हे भगवान यो केटि मौसम नै होस् , त्यो दिन उसको फोन मौसम ले उठाइन , बेलुका पनि फोनमा कुरा भयन , नबिन मौसमलाइ आजको कुरा सुनाउन चाहन्थ्यो तर कुरा नै भयन , भोलि पल्ट बिहानै मौसमको फोन आयो ,
- हेल्लो गुड मार्निंग , के छ खबर के गर्दै ?
- हजुर , सुभ बिहानी , किन फोन नउठाको ? कति फोन गरेको थिय तिमीलाई ,
- हेर न हिजो अलि सन्चो भयन क्या तेही भयर दिउसै आएर सुतेको म त , बेलुका नि भुसुक्कै निदयाछु , By the way कस्तो बित्यो हिजोको दिन , कस्तो भयो बिहे ?
- हो र के भयो ? केयर गर है , राम्रो संग रेस्ट गर , अनि सुन न हिजो दिउसै आको नै हो नि ;) :D , 
- हो नि दिउसै आको .. 
- जन्ती त बसुन्धरा नै गको त हो नि तिमि :D ? 
- हो हजुर हो , अनि दिउसै आको .. 
- सुन न मौसम , मलाई तिम्रो आवाज सारै मीठो लाग्छ भन्या , तिमि कस्ती छौ ? 
- हे हे है धन्द्यबाद , के हो आज त बिहान बिहानै मेरो बर्णन गर्नु भयको के भयो तेस्तो .. 
- अचम्म भयो नि मौसम , मैले तिमीलाई देखे 
- हजुर ? मलाई देखेको ?? कहाँ कहिले ?
- हिजो देख्या के त मौसमी नानि अनि बोलेको बिर्सेउ ?
- लौ हैन त म मेरो नाम त मौसम हो नि , अनि देख्या भय त मै बोलाईहाल्थे नि .
- प्लीज मौसम , त्यो तिमि नै हो भन्देउ न , थाहा छैन मलाई के भयो अनि के हुदै छ तर हिजो जब देखे नि बर्सौ देखि को मेरो प्रतिक्ष्या अनि चाहना तेही हो जस्तो लाग्यो , त्यो तिमि नै हो भन्देउ न 
- आबुई कति बर्णन गरेको हो अरु मान्छेको म संग , कोहो तेस्तो मान्छे के हो तेस्को नाम ?
- तिमि नै हो क्या तिमि , तिमि संग नै भेट भाको हो मेरो , अनि म बोलेको पनि तिमि संग नै हो , त्यो मान्छे मै हो भन्देउ न क्या ..
- हे हे , किन म जस्तो लागेको हजुरलाइ ? एती सारो मायालु बोलि ले नभन्नु न , फेरी त्यो मान्छे म नभयनि मै हो भनिदिन्छु नि ;) 
- खै मन देखि नै लाग्यो अनि तिमि नै होस् भन्ने चाहना पनि भयो , तिमि हौ भने ठिकै छ , हैन भने अब उसलाइ पट्टाउने हो अब , तिमि संग भेट पनि भाको छैन भेट्न भन्दा नि ५ वर्ष भन्छौ , तिमि भेट्ने कि नाइँ ?? 
- भेट्छु नि मेरो हजुर , हजुर लाइ नभेटे कसलाई भेट्नु र ? 
- है है , मौसमी को कुरा ले मौसम मा आगो लाग्यो जस्तो छ , ल भन कहिले भेट्ने अनि कहाँ भेट्ने ?
- मौसमले मुस्कुराउदै भनिन , ५ वर्ष पछि एउटै जग्गेमा ;)

घुमिफिरी रुम्जाटार भनेको यहि हो , यति धेरै कुरा गरिसकियो लास्टमा ५ वर्ष रे , हेर मैले अस्ति नै भनिसके तिमीलाई भेट्ने मन छ तिमि संग बोल्न मन छ अनि तिमीलाई नजिक बाट हेर्न मन छ , कुरा नघुमाउ म ५ वर्ष कुर्न सक्दिन नबिनले हल्का रिस देखाउदै अनि हल्का दुखि हुदै भन्यो ..
- नरिसाउनुस न मेरो राजा , हजुर दुखि भाको त कती पनि सुहाउन्न , सधै मुस्कुराउनुस न , म त हजुर मुस्कुराएको कल्पना गर्न थालि सके , आहा कति राम्रो देखिन्छ नि हजुर हासेको बोलेको अनि छ नि हजुर हास्दा कति राम्रो डिम्पल बस्छ आहा ... ;) 
- भो भो मक्ख नपार , तिमि त हिन्दि सीरीयल लेख्न जानु पर्ने , कुरा पनि कति घुमाउन सकेको क्या ..
- घुमाउनु र प्रतिक्ष्या गर्नुको मज्जा नै छुट्टै छ नि हजुर ;) ..
-नघुमाइ , प्रतिक्ष्या नगरी अनि चाडै भेटेर अँगालोमा बाध्नुको मज्जा त झन् छुट्टै छ नि मौसम , नबिन ले फ्लर्ट गर्दै भन्यो ..
- हो र अनि के के मा मज्जा छ नि , मौसम ले लाडे पल्टिदै सोधी ..
- मज्जा त धेरै कुरा मा छ :D , सबै कुरा भनेर हुन्न , कति कुरा Practical मा राम्रो हुन्छन , फेरी धेरै कुरा गर्दै गयो भने कुरा का पुग्छ का , ल भन त हामि कहिले भेट्ने अनि कहाँ भेट्ने ? अनि सुन न म संग त मौसमी को नम्बर नि छ नि :D
- हो र , कहाँ बाट पाउनु भएको नि कति हो नम्बर ?
- भन न पहिला कहाँ भेट्ने कहिले भेट्ने ? 
- है , भेट्ने नै हो त ??? भेट्नै पर्ने हो त ???
- किन भेट्न मन छैन र तिमीलाई ??
- छ नि हजुर , भेट्न मात्र हैन , हजुर संग हजुर कै भयर संगै अनि सधै बस्ने मन छ ..
- कुरा त क्या घुमाउने क्या तिमि .. ल भन कहिले भेट्ने ?
- हस मेरो हजुर अब को ५ महिना पछि ..
- तिमीलाई यो ५ बाहेक अरु केहि भन्न आउन्न कि क्या हो ? यो ५ मा के छ हौ तेस्तो ? ५ महिना किन नि ५ दिन पछि भेटु न .
- हैन हजुर , मैले हजुर लाइ देखेको फलो गरेको ५ महिना भयो तेसैले अब हजुर संग कुरा गर्न थालेको ५ महिना पछि भेट्ने हो , 
- हस हजुर को जो आज्ञा , अनि छ नि मौसम म संग मौसमीको नम्बर छ , मलाई त अझै पनि त्यो तिमि जस्तै लागिराको छ , कल गरु कि नाइँ ??
- म हुदा हुदै अरुलाई कल गर्ने रे ? नाइँ नगर्नु , हजुर लाइ किन त्यो मान्छे म जस्तै लागेको ? हजुर ले मलाई देख्नु भाको छैन , चिन्नु भाको छैन मेरो नाम मात्र थाहा छ तेही नि कसरि म जस्तै लागेको त ?
- खै लाग्यो , कसरि लाग्यो कसरि तर लाग्यो साएद हार्ट टु हार्ट कनेक्सन छ जस्तो छ तिम्रो र मेरो , नजिक अनि छेउछाउ हुदा मुटुको धड्कन बढ्छ क्या ;)
- है तेस्तो , ल ठिक छ तेसो भय गरि हेर्नुस न त कल के कुरा हुदो रैछ अनि मलाई नि सुनाउनुस है ... 
- हो र कल गरु ? तर भो नाइँ गर्दिन , जम्मा ५ महिना त हो नि तिमीलाई भेट्न कुर्नु पर्ने , तिमीलाई नै कल गर्छु म ....
- किन नि अगी त उता कल गर्छु भन्दै हुनुहुन्थ्यो नि ...
- phir le aaya dil majboor kya keeje
raas na aaya rehna door kya keeje
dil keh raha use maqammal kar bhi aao
wo jo adhoori si baat baaki hai

नबिन ले मुस्कुराउदै गीत गायो अनि भन्यो - जे छ तिमि संग नै बाकि छ , पहिला तिम्रो नै इन्तजार तिमीलाई नै भेट्ने हो , तिमीलाई नै मायाँ गर्ने हो , हो मैले अरु कसैलाई देखेर पनि मलाई तिम्रो नै फील हुन्छ भने म किन अरुलाई भेटु किन अरु संग बोलु ? म तिमीलाई नै भेट्छु अनि तिमि संग नै बोल्छु , नभेटी अनि नदेखी आज भन्दै छु , तिमीलाई म मायाँ गर्दै छु तिमि जस्तो छौ अनि जहाँ छौ तिमीलाई सम्झिने छु अनि मन मुटुमा राख्ने छु मौसम <3
- अरे वा मेरो हजुर , म खुसीले उफ्रिन थाले , नाचू कि गीत गाउ भयो , रमाएर ज्यान नै फुरुंग भो मेरो , मलाई सधै नै मायाँ गर्नुस है , सधै नै मेरो हुनुस है अनि सधै नै येस्तई हुनुस है <3
- कसम भयो आज देखि यो मन तिम्रो लागि अनि जस्तो छौ जे छौ तिमीलाई मैले यो मन मुटु देखि आफ्नो ठाने ..
- प्रमिस .. ????
- umm ... मन देखि नै प्रमिस ...

चाहना एउटै मेरो 
प्राथना एउटै मेरो
तिम्रो मुस्कान पछाडी 
कारण बन्न सकु
नमुना म प्रेमी को 
उदारहण बन्न सकु ....
नबिनले मुस्कुराउदै गीत गायो ...

दिन बित्न थाले , रात बित्न थाले तर नबिनले नदेखी नभेटी लगाएको मायाँ झन् झन् बढेर जान थाल्यो , मौसमले नबिनलाइ देखेकी थि तर नबिनले मौसम लाइ देखेको थिएन तर पनि उसको मायाँ मन देखि नै थियो , मन देखि नै बिस्वास गर्थ्यो , दिन भरि को कुरा रात भरि शेयर हुन्थ्यो , नबिन आइटी कम्पनिमा काम गर्थ्यो , कहिले काहीं उसको अफिस को गेट मा खाजा आइपुग्थ्यो अनि फोन आउथ्यो सुन्नुस न हजुर मैले हजुरलाइ खाजा लेराइदेको छु है , टन्न सबै आफै खानु नि अरु कसैलाई नदिनु मेरै हातले बनायर लेराको छु नि , हजुर लाइ मन पर्ने चिकेन लेराइदेको छु , 
नबिन दौडिदै गेटमा पुग्थ्यो गेट मा खाजा मात्र हुन्थ्यो अनि उ दुखि हुदै फोन गर्थ्यो , मौसम हामि किन एती नजिक भएर नि टाढा ? किन संगै भएर नि पर ? एही त छौ हामि किन नभेटेको ? किन नदेखेको ? मौसम मुस्कुराउदै भन्थिन अरे हजुर , म हजुर को नजिक नै त छु नि हजुर संगै त छु नि म हजुरको मै छु नि , सधै साथ् मै भएन त ? 
- तिमि संग कुरा गरेर त कसले जित्न सक्छ र मौसम ? अब ४ महिना त बाकि छ नि है ?
- ३ महिना २८ दिन मैले हजुर संग भेट्नको लागि कुर्नु पर्ने दिन मौसम ले मुस्कुराउदै भनिन ..
- तेत्रो दिन पनि किन कुर्नु पर्यो र तिमि भन न मात्र आजै भेट हुन्छ नि ..
- है है मैले त हजुरलाइ आज पनि देखेको नि 😉 त्यो निलो शर्ट कत्ति राम्रो सुहाएको बरु कपाल चै काट्नुस न कस्तो भद्रगोल देक्खेको छ ,
- हो र कहाँ देखेको नि ? कहिले देखेको नि ?
- मनमा देखेको 😀 मन भित्र बसेको मान्छे लाइ सधै देखिन्छ नि 😉 मौसम ले ठट्टा गर्दै भनि ल कपाल चै काट्नुस है ..
-तिमि भन मात्र मायाँ यो ज्यान हाजिर छ , ल म कपाल काट्न हिडे है ..
-आहा कति बुझकी मेरो हजुर , मैले भनेको मानिहाल्नुहुन्छ , मलाई कति मायाँ गर्नु हुन्छ मेरो हजुर ? 
- तिमीले भन्दा अलिकति बढी , त्यो पनि मन देखि नै नदेखी नभेटी 😉

<3 <3 <3 <3 <3 <3 <3 <3 <3 <3 <3 <3 <3 <3 <3

लगायौं मायाँ साटेउ नि मुटु 
नभेटी नभेटी यो मन ले त्यो मनमा 
जोड्यो नि दिल  नभेटी नभेटी ,.....

एकदिन नबिन ज्याकेट किन्छु भनेर न्युरोड जादै थियो , भोटाहिटीमा बाइक पार्किंग गरेर असन हुदै न्युरोड लाग्दै थियो , सनिबारको दिन मान्छेको भिड सबै आफ्नै-आफ्नै सुरमा , हजारौको भिडमा नबिनको आँखा टक्क रोकिए , अगाडी अस्ति नै देखेकी मौसमी थिईन , गाजलु आँखा , सिल्की परेको लामो कपाल , लजालु मुस्कान अनि सेतो कुर्थामा उसलाई परि भन्दा कम देखियको थिएन , सिधै अगाडी गएर नबिनले बोलायो , ..मौसमी ...........
- हजुर ,
- के छ खबर चिनेउ मलाइ ?
- हजुर , कता कता देखेको जस्तो लाग्यो मौसमीले चिने चिने जस्तो गर्दै भनिन .
- लौ अस्तिनै बिहेमा देखेको के त ?
- अ हो त है याद आयो , के छ तपाइको खबर ?
- ठिकै छ तिम्रो सुनाउ , सुन न मेरो एउटा साथी तिमी जस्तै छ नि 
- हो र , को छ साथी ?
- मौसम ... मौसम हो उसको नाम , ठ्याकै तिमि जस्तै छ आवाज पनि तिम्रो जस्तै छ 
- ओहो हो र , खै देखाउनुस फोटो ? 
- ला फोटो त छैन नि , म तिमीलाई फेसबुकमा याड गर्छु अनि बेलुका तेही पठाईदिन्छु
- है , तर म फेसबुक नै चलाउदीन ,
नबिनलाइ अझै पनि मौसमी नै मौसम हो जस्तै लागिराको थियो ,
- सुन न तिम्रो र मेरो साथिको आवाज क्या मिल्छ म सुनाउछु पर्ख है , 
नबिन ले मौसम लाइ कल गर्यो तर फोन उठेन , मौसमीले हातमा मोबाइल नबोकेको र मौसमको फोन पनि नउठेपछि नबिनले भन्यो , तिम्रो मौसम भन्ने कोहि साथि त छैन नि >? 😉 
- अह छैन , ल म जान्छु है , अलिकति काम छ मेरो 
- जाने र ? नम्बर देउ न तिम्रो मौसमसंग कुरा गराउनु छ तिम्रो .
- है , नाम नै एउटै रैछ फेरी मान्छे नि एउटै होला नि 😉 हजुर ले भन्नु भयो मैले कुरागरेको जस्तै भयो , अनि फोन नम्बर त हुने पर्ने तपाइँ संग 😀 
मौसमीको आवाज ठ्याकै फोनमा कुरा गरेको मौसमको जस्तै थियो , नबिनले केहि भन्न नपाउदै मौसमीले भनि 
-ल त बाइ बाइ हजुर अनि सुन्नुस न हजुर इन्टर कास्ट म्यारिज गर्नु हुन्छ कि नाइँ ?
- हजुर ? इन्टर कास्ट म्यारिज किन सोधेको ? 
- नाइँ तेतिकै सोध्न मन लागेर सोधेको ....मौसमी मुस्कुराएर अगी बढी अनि भिडमा हराई ...
नबिन अक्क न बक्क पर्यो के गर्ने अनि के भन्ने भनेर , एकछिन टोलाइरह्यो अनि अगी बढ्यो ..

बेलुका मौसमको फोन आयो ,
- ए मेरो हजुर कता हुनुहुन्छ के गर्दै ?
- तिमि त कस्तो मान्छे क्या अस्ति पनि काम परेको बेला फोन उठाएनौ आज पनि काम परेर गर्दा फोन उठाएनौ .
- हो र , सरि हजुर , बाहिर गएको थिए मोबाइल घरमै छुटेछ,
- हो नि काम परेर गरेको थिए , अनि कहाँ गएको थियो र ?
- असन गको थिए, के काम हजुर भन्नुस न 
- मैले मौसमीलाई देखेको थिए , अनि फोन गरेको थिए तर तिमीले फोन नै उठाएनौ ,
- है हो र ? कस्ती रैछ त मौसमी अनि कस्तो लाग्यो तपाइलाई ?
- हजुर , के भन्या कस्तो लाग्यो रे ? किन तिमि हो र त्यो ?
-नाइँ नाइँ सोधेको नि कस्तो लाग्यो हजुरलाई भनेर नि , अनि सुन्नुस न हजुर इन्टर cast म्यारिज गर्नु हुन्छ कि नाइँ ?
- हजुर ? इन्टर cast म्यारिज , मलाई मौसमीले दिउसो यहि सोद्दै थिई , तिमि एउटै हो है , मैले चाहेको , देखेको अनि बोलेको तिमिनै हो है , मैले जसलाई मायाँ गरेको छु अनि मैले जसलाई आज भेटेको छु त्यो तिमि नै हो है ?
- खै त मैले सोधेको जबाफ , हजुर इन्टर cast म्यारिज गर्नु हुन्छ कि नाइँ अनि मलाई कति मायाँ गर्नु हुन्छ हजुर ? मौसम ले रुदै सोधी ..
- मन र मायाँ ठुलो कुरा हो मौसम , म तिमीलाई सधै भरि सधै नै तिमीले भन्दा बडी मायाँ गर्छु .
- कसम ?
- कसम , बाचा भयो , अनि सुन न त्यो तिमि नै हो है ?
- खै के था , हजुरले एती राम्रो संग भन्नु भयो हुन पनि सक्छ नहुन पनि सक्छ मौसम ले मुस्कुराउदै भनि अनि सुन्नुस न हजुर हामि कहिले भेट्ने ?
- बाकि त ७० दिन छ तर तिमि भन्छौ भने अहिले नै भेट्ने .
- है , तेसो भए भोलि भेटौ ?
- अरे वा साच्ची हो नि ? कति बेला कहाँ नबिन ले खुसि हुदै सोध्यो ?
- दिउसो ४ बजे भद्रकाली मन्दिरमा ...

 

- अरे वा साच्ची हो नि ? कति बेला कहाँ नबिन ले खुसि हुदै सोध्यो ?
- दिउसो ४ बजे भद्रकाली मन्दिरमा ...
- आहा खुसीले भुइँमा खुट्टा छैन मेरो मौसम , बयान गर्न सक्ने अबस्था छैन म कति धेरै खुसि छु भनेर अझ मैले भेटेको मौसमी पनि तिमि नै भय त कति राम्रो हुन्थ्यो होला 
- है , खुसि त हामि दुवै जना छौ नि , हजुर मलाई भेट्न जति आतुर हुनुहुन्छ त्यो भन्दा बढी म आतुर छु , हजुर संग भेट्न मन छ गफ गर्न मन छ , मन भरिका कुरा हरु सुनाउन मन छ , हजुर लाइ नै हेरिरहन मन छ अनि सधै संगै हजुर कै हुन मन छ 
- भोलि दिउसो भेट्ने भनेको मलाई त अहिले देखि घडी पनि कति बिस्तारै हिडेको जस्तो लाग्दै छ 
- हे हे है हजुर , कति रमाइलो हुन्छ होला है , हामि संगै भयसी मैले त हजुर संग जिबन को कल्पना गरेको छु , संसार को कल्पना गरेको छु अनि एउटा परिवार को कल्पना गरेको छु , क्याफे मा पहिलो चोटी देखेको हजुरलाई थाहा छैन कसरि कसरि मेरो मन मुटुमा बस्नु भयो कति धेरै फलो पनि गरेको छु हजुरलाई , हजुर त मेरो मन मुटुमा बस्नु भैसक्यो अब यो मन जिन्दगीभरि हजुर कै नाम मा समर्पित मौसम ले मुस्कुराउदै भनि ..
- एती धेरै मायाँ गर्छौ है , म भाग्यमानी रैछु मौसम , नदेखी नभेटी लाएको मायाँ एती धेरै स्ट्रोंग हुन्छ भने किन भेट्नु पर्यो कसैलाई म त ज़िन्दगीभरि यसै गरि सधै भरि तिमीलाई नै मायाँ गरिरहन्छु . 
I need , baby i need your love right now 
and i want , baby i wanna show how 
C'mon , you know that we've waited long enough 
and now it's time
time to be lovers ..

so come on and 
take me now , take my love 
make come true the feelings I've been dreaming' of 
take me now , take me fast 
you can trust in me ,
our love will ever last .

- अरे वा कत्ति राम्रो , हजुरले नै लेख्नु भाको ? मौसम ले सोधी 
- हैन नि , तिम्ले म्यासेज खोजेजस्तै मैले गीत खोजेको 😀
- ल है त मेरो हजुर अब भोलि भेटुला अनि बाट गरुला .
- हस , सुभारात्री अनि धेरै धेरै मायाँ 

-------------------------------------------

बिहानै ५ बजे नबिनको निन्द्रा खुल्यो , आज त मेरो भेट हुने दिन अह सुत्तिन अब , मौसम लाइ फोन गरु कि क्या हो ? नाइँ गर्दिन सुतिराको होला , दिउसो त भेट भै हाल्छ एक छिन् पछि गर्छु , उठेर चिया बनायो खायो , खुसीले भुइँ मा खुट्टा छैन आज उसको , आज नुहायर भेट्न गयिन्छ पानि चिसो भएर के भो त मनमा त न्यानो छ नि , एक हप्ता देखि न नुहाएको उसले मन मनै भन्यो , आज के कपडा लगाएर जाउ होला , मौसमले के लगाएर आउछे होला ? एस्तई यस्तै कुरा सोच्दै नुहाएर खाना बनायर खाई वरि बिहान ८ बजे नै अफिस जान रेडी भयो . छिन् छिन् मा भित्ताको घडी हेर्दै हैन हो यो घडी को ब्याट्री सक्क्यो कि टाइम नै ढिलो चलेको हो ? कति बिस्तारै हिडेको हो यो समय ? आज ९ बजे नै अफिस पुग्यो उ , अफिस मा पुग्ने बित्तिकै मौसमलाई फोन गर्यो ..
- मौसम आज त म अफिस आइसके , के छ तिम्रो खबर के गर्दै ?
- म , म त हजुरलाइ सम्झिदै ;) खाना खानु भयो त >
- अ खाएर आएको , मौसम कति बेला ४ बज्ला भन्या आज त घडी पनि कति बिस्तारै हिडे झैँ लाग्दै छ .
- मलाई पनि तेस्तै लागिरको छ नि हजुर , अबको केहि समय पछि त भेट भै हाल्छ नि ....
- है तेही समयको त प्रतिक्ष्या छ ., 
- अनि सुन्नुस न हजुर मलाई कसरि चिन्नु हुन्छ ?
- मनमा छौ मौसम नजिक भयोउ भने आफैँ चिनिन्छ <3 
- है , हजुरको त गफ नै सुनिरहू जस्तो लाग्ने , तर अहिले हल्का काम छ म गरिहाल्छु , हजुर निस्कने बेलामा कल गर्नुस है ..
- हुन्छ मौसम ,

घडी ले ३ बजायो नबिन ले फेरी फोन गर्यो मौसम हिडेउ कि नाइँ ? म त आउन लागिसके 
- हजुर म माइक्रोमा चडीसके आउदै गरिस्यो हजुर ..
- ओके ,
नबिन अफिस बाट निस्कियो , खाजा मौसम संग भेटेर खान्छु भन्दै त्रिपुरेश्वर पुग्यो , बाइक रोकेर फुल पसलमा गयो अनि गुलाब नै गुलाब भएको बुके किन्यो , बुके भित्र उसले मौसम को लागि कविता लेखेको थियो त्यो पत्र हाल्यो , घडीमा बल्ल ३:३० भएको थियो फेरी फोन गर्यो , कहाँ छौ मौसम ? 
- म बालुवाटार आइपुगे , भी आइ पी को सबारी रैछ तेही भएर जाम छ .
- हो र म लिन आउ त ?
- हैन हजुर बस्दै गरिस्यो म आइहाल्छु ..
नबिन रत्नपार्क हुदै भद्रकाली पुग्यो अझै समय भएकोले आर्मीको पेट्रोल पम्पमा गएर पेट्रोल हाल्यो अनि भद्रकाली लाइ दाइने पारेर घुम्दै भद्रकाली मन्दिरको अगाडी बाइक पार्किंग गर्यो अनि फेरी फोन घुमायो ..
मौसम कहाँ छौ ? 
- हजुर म आइसके , भृकुटीमण्डप को पुल नेर 
- हो र म भद्रकाली अगाडी छु है ..
- हजुर हस , बोलि रनु म आइसके , उ मैले हजुर लाइ देखे , यता हेर्नुस त सडक वारि .....

नबिन फरक्क फर्कियो , उनि सडक वारि थिईन , 
सेतो कुर्ता , लामो कपाल गाजलु आँखा अनि मन्द मुस्कान नबिनलाइ नै हेरिरहेकी उनि अरु कोहि नभएर उसले बिहे मा देखेको मौसमी नै थिईन ...
अरे मेरो मौसम र मौसमी तिमि नै , नबिनले खुसि हुदै फोनमा भन्यो ,
रोक्नुस म बाटो काटीहाले है ,
हेरेर बाटो काट , उता बाट गाडी आउदै छ 
- म त हजुरलाइ हेर्ने हो , अरु लाइ त यी आँखा ले हेर्न मान्दैनन ..
मौसम मुस्कुराउदै अगाडी बढी , एक्कासी दौडिदै आएको माइक्रोले उसलाई ठक्कर दियो .......................................................

मौसम ...............................................................................
नबिनको आवाज रोकियो , आफ्नै आँखा अगाडी अनि आफुसंग कुरा गर्दा गर्दै मौसम आफ्नै अगाडी ढलेकी थि , 
नबिनले दौडदै मौसमलाई समायो , रगतले टाउको भिजेको थियो मान्छे हरु को भिड भयको थियो , 
अँगालोमा बाधेर नबिन रुदै थियो मौसम अलिकति होस् बाकि थियो नबिन लाइ हेर्दै मुस्कुरादै कति सपना थिय थेरै पुरा नाभयनी हजुर को काखमा मर्न पाउने भय कति भाग्यमानी रैछु म .......
तेसो नभन मौसम , ठिक हुन्छ , केहि हुन्न नबिन बर्बराउदै थियो तर मौसमको हात चिसो भैसकेको थियो अनि उसको सरिर मात्र नबिनसंग बाकि थियो , ..
नबिनको सरिर बाट मान्छे ले थुतेर मौसमलाइ एम्बुलेन्समा हाले , नबिन बीच सडकमा नै ढलीरह्यो अनि बेहोसीमा बसिरह्यो ...............

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...

सेन्सर बोर्डमा बसिसकेपछि समस्या समाधान त जसरी पनि गर्नुुपर्यो नि होइन र ?

नायक बन्ने रहर पनि थियो तर सबै साथीभाइहरुले तँ त खलनायकमा जम्छस् भन्थे । निर्माता निर्देशकहरुले पनि खलनायकका...

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै