logo

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री

काठमाडौँ, जेठ ३
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको बताएका छन् । मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उनले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब दुई पार्टी कहिल्यै नफुट्ने गरी पार्टी एकीकरण गर्न लागेको बताए । “एकतापछि बन्ने एकीकृत कम्युनिष्ट पार्टीले मुलुकलाई नयाँ उचाइमा पु¥याउने छ”, प्रधानमन्त्री ओलीले भने, “दुई पार्टीबीचको एकताले नेपालको राजनीतिक, सामाजिक, नेपालको वर्तमान र भविष्य, नेपालको अर्थतन्त्र र सांस्कृतिक उचाइलाई अनेक कोणले प्रभावित पार्दै असाधारण र दूरगामी महत्व राख्ने छ ।”
उनले मदन भण्डारी र जीवराज आश्रितको योगदानको कदर गर्दै उनीहरुको स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्न लागेको बताए । एकतामार्फत नै मदन भण्डारीले सोचेको सुखी नेपाली र स्वाभिमान नेपालीको सपना साकार पार्ने उनको भनाइ रहेको थियो । उनले दुवै पार्टीले नै एकताको निर्णय गरिसकेको भन्दै एकता संयोजन समितिको बैठकले अनुमोदन गरी दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटी बैठकले एकताको निर्णय गरिसकेपछि निर्वाचन आयोगमा आजै नयाँ दल दर्ता गरिनेसमेत बताए । प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसलाई प्रतिष्पर्धी नभई सहयोगीका रुपमा लिएर जाने बताए । “हामी सबै मिलेर देश बनाउने हो”, उनले भने, “त्यसैले हामी काँग्रेसलाई पनि साथमा लिएर चल्दछौँ ।” कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारी र जीवराज आश्रित अवसान भएको दिन ऐतिहासिक भएकाले पार्टी एकता गर्न थालेको बताए ।
पूर्व प्रधानमन्त्री दाहालले उनीहरुको स्मृतिको दिनमा मुलुकलाई ऐतिहासिक मोडमा पु¥याउनका लागि आफूले नै एकताको प्रस्ताव गरेको समेत उल्लेख गरे । “अब पार्टी एकता गर्नका लागि ढिला गर्दै मदन–जीवराजको अवसान भएको दिन पार्टी एकता गर्नुपर्छ भनेर मैले नै भनेको हुँ ।” उनले भने, “आजको दिन पार्टी एकता गरेर मदन–जीवराज प्रति सम्मान गर्न थालेका हौँ ।” उनले मदन भण्डारीको स्मृति दिवसको अवसरमा पार्टी एकता गर्न थालेकामा गर्व भएको बताए । सोही अवसरमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले स्व मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यापर्ण गरेका थ्एि । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मन्त्री पुन र चीनका लागि नेपाली राजदूत पौडलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको...

कर्णाली प्रदेशमा लगानी सुरक्षाको चिन्ता नगर्न निजी क्षेत्रलाई आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्नको लागि सुरक्षाको चिन्ता...

हेमबहादुर मल्ल पुरस्कार लोकसेवा अध्यक्ष मैनालीलाई

साल्ट ट्रेडिङ कर्पोरेसनको प्रायोजनमा स्थापित हेमबहादुर मल्ल सम्मान पुरस्कार लोकसेवा आयोगका अध्यक्ष...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै