logo

सबै जातजाति र समुदायलाई जोडेमात्र देश विकास हुन्छ : पूर्व राष्ट्रपति यादव

काठमाडौँ, जेठ ३
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आज यहाँ आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा उनले लामो समयपछि मुलुकमा परिवर्तन आएको भन्दै यसलाई बचाउनका लागि सबै राजनीतिक दल लाग्नुपर्ने बताए । “सबैलाई समेटेर मुलुकको विकास होस् भन्ने मेरो चाहना हो”, उनले भने ।
नेपाली काँग्रेसको राजनीतिबाट मुलुकको पहिलो राष्ट्रपति बनेका डा यादवले काँग्रेसभित्र गुटगत राजनीति हाबी हुँदै गएकामा चिन्ता व्यक्त गरे । “काँग्रेसले काँग्रेस सिध्याउन लागिरहेका छन्, टिकट पैसामा वितरण भइरहेको छ”, उनले भने । गाउँ, नगर र जिल्लामा संगठन विस्तार गर्न नलागेसम्म काँग्रेस बलियो नहुने उनको भनाइ थियो । राष्ट्र जोड्ने र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन काँग्रेसले मात्र सक्ने भन्दै उनले काँग्रेस सुधार्ने जिम्मा बौद्धिक वर्गलाई दिनुपर्ने बताए । काँग्रेसका बारेमा आफूले धेरै भन्ने कुराहरु भए पनि आफ्नो पदीय मर्यादालाई ख्याल गरेको उनले बताए । पूर्वमन्त्री एवं राजनीतिक चिन्तक निलाम्बर आचार्यले काँग्रेसको विचारमा हिँड्ने कम्युनिष्टहरुले काँग्रेसलाई निर्वाचनमा पराजित गरेको बताए । “काँग्रेस कमजोर भएका कारण कम्युनिष्टहरुले अवसर पाए, भविश्य कम्युनिष्ट विचारसँग छैन”, उनले भने ।
संगठन, राजनीति र सिद्धान्तलाई पुनःनिर्माण गरेर अगाडि बढेमात्र काँग्रेस अगाडि बढ्ने उनको भनाइ थियो । काँग्रेसले संसद्मा सशक्त भएर जनताको मुद्दा उठाउँदै स्थानीय तहदेखि केन्द्रसम्म नयाँ नेतृत्व जन्माउन सकेमात्र पहिलेको स्थानमा पुग्ने उनको धारणा थियो । राजनीतिक चिन्तक प्रा डा कृष्ण खनालले काँग्रेस विरोधीहरुले विश्वेश्वरप्रसाद कोइरालाको अस्त्र काँग्रेसमाथि प्रयोग गरेकाले पार्टी कमजोर भएको बताए । “काँग्रेसका गतिविधिहरुदेखि धेरै कार्यकर्ताले परिवर्तन चाहेका छन्, त्यसैले काँग्रेस पुनःनिर्माणको आवश्यकता छ”, उनले भने ।
आफ्नो पछाडि नलाग्ने सबै विरोधी भन्ने मानसिकता नेताहरुसँग भएको कारण काँग्रेस कमजोर भएको उनको भनाइ थियो । राजनीतिक चिन्तक डा देवेन्द्रराज पाण्डेले काँग्रेस कमजोर भए नेपालको प्रजातान्त्रिक आन्दोलन कमजोर हुने भन्दै पार्टी बलियो बनाउनका लागि संगठन निर्माणमा लाग्नुको विकल्प नभएको बताए । काँग्रेसले आफ्ना नीति तथा कार्यक्रम जनतामाझ लैजान नसक्दा पराजय भोगेको उनको भनाइ थियो । सो अवसरमा प्रजातान्त्रिक योद्धा सम्मानबाट पुरुषोत्तम बस्नेत सम्मानित भए । रु २५ हजार नगद, सम्मानपत्र र दोसल्लाबाट सम्मान भएका प्रजातान्त्रिक योद्धा बस्नेतले मुलुकमा प्रजातन्त्रमाथि ठूलो संकट देखा परेको भन्दै प्रजातन्त्रलाई बचाउनका लागि प्रजातन्त्रवादीहरु एकजुट हुनुपर्ने बताए ।
प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष होमनाथ दाहाल, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सना, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, उपाध्यक्ष डा विमला शाक्यलगायतले प्रजातन्त्रलाई सुदृढ बनाउनका लागि विभिन्न कार्यक्रममार्फत प्रजातान्त्रिक विचार समाज लागिरहेको बताए । उनीहरुले प्रजातान्त्रिक विचार समाजमा विभिन्न पेशा व्यवसायमा आबद्ध बुद्धिजीवीहरु रहेको भन्दै पार्टीले उनीहरुको विचारलाई समावेश गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । विसं २०५२ जेठ ३ गते स्व वासुदेवचन्द्र मल्लको अध्यक्षतामा स्थापना भएको समाजले मुलुकमा मानव अधिकार, बहुदलीय प्रजातन्त्र, कानूनी राज्य तथा बहुलवादमा आधारित संसदीय प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको समाजका अध्यक्ष डा केदारनरसिंह केसीले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै