logo

जापानको अर्थतन्त्रमा दुई वर्षपछि पहिलोपटक गिरावट

टोकियो, जेठ ३
जापानको आर्थिक क्षेत्रमा यो वर्षको सुरुवाती तीन महिनाको अवधिमा गिरावट आएको विवरण सार्वजनिक भएको छ । पछिल्लो दुई वर्षमा जापानको अर्थतन्त्र सुधारको क्रममा रहेको अवस्थामा यस वर्षको सुरुवाती तीन महिनामा भने जापान कमजोर अवस्थामा रहेको देखिएको हो । जापानको आर्थिक नतिजाको विवरण हासिल भएसँगै जापानको सबैभन्दा लामो समयसम्म आर्थिक सुधारको नतिजा हासिल गर्ने कीर्तिमान तोडिएको हो ।
जापानले पछिल्लो समय सन् १९८० को दशकयताकै सबैभन्दा ठुलो आर्थिक सुधारको नतिजा हासिल गरेको देखिएको थियो । यस्तो अवस्थामा जापानको आर्थिक क्षेत्रमा गिरावट आएको देखिएको हो । यस वर्षको सुरुवाती तीन महिनाको अवधिमा जापानले शून्य दशमलव ६ प्रतिशतको गिरावट आएको देखिएको हो । आधिकारिक विवरणहरुले देखाएअनुसार पछिल्लो समय जापान आर्थिक हिसाबमा केही कमजोर रहेको देखिएको हो । यसअघि वार्षिक हिसाबमा जापानको आर्थिक गिरावटको नतिजा शून्य दशमलव २ प्रतिशतमा रहने अनुमान गरिएको थियो ।
निजी क्षेत्रको खपत र पुँजीगत खर्चको नतिजा यस वर्षको जनवरीदेखि मार्च महिनासम्मको अवधिमा केही कमजोर रहेको देखिएको हो । जसको कारण पनि जापानको आर्थिक सुधारको नतिजा केही कमजोर रहन पुगेको बताइएको छ । विश्वको तेस्रो ठुलो अर्थतन्त्र बोकेको मुलुकको लागि अहिले देखिएको नतिजाले आर्थिक हिसाबमा केही अन्योलताहरु सिर्जना गरेको विश्लेषकहरुले बताएका छन् । त्रैमसिक हिसाबमा भने जापानको आर्थिक क्षेत्रको गिरावट केही कमजोर रहेको पाइएको छ । त्रैमासिक हिसाबमा भने जापानको आर्थिक सुधारको नतिजा शून्य दशमलव २ प्रतिशतमा रहेको पाइएको हो । सन् २०१७ को अन्तिम तीन महिनाको अवधिमा भने जापानको त्रैमासिक आर्थिक वृद्धिदरको नतिजा शून्य दशमलव १ प्रतिशतमा रहेको पाइएको थियो । निजी खपतको नतिजाले जापानको अर्थतन्त्रमा करिब ६० प्रतिशतको हिस्सा ओगट्ने गरेको छ । यद्यपि मुलुकको निर्यात व्यापार पनि निकै महत्वपूर्ण मानिने गरिएको छ । जापान विशेषगरी इलेक्ट्रोनिक्स तथा अन्य सामग्रीहरुको निर्यात व्यापारमा जोड दिइरहेकोछ । जसले मुलुकको अर्थतन्त्रमा यसअघि सहयोग गर्ने गरेको भए पनि यसपटक भने जापान निर्यात व्यापारमा पनि सुधार गर्न असफल रहेको हो ।
पछिल्लो समय जापानी उत्पादनहरुको माग पनि अन्तर्राष्ट्रिय बजारमा निकै कमजोर रहेको कारण जापान आर्थिक हिसाबमा सुधारको नतिजा हासिल गर्नको लागि असफल रहेको देखिएको हो । विश्लेषकहरुले भने यस वर्षको सुरुवाती अवधिमा जापान आर्थिक हिसाबमा केही कमजोर रहेको भए पनि आगामी दिनमा भने जापानको अर्थतन्त्रमा सुधार आउने अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एसियाको वर्षेनी तेलमा १० खर्ब डलर खर्च

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ८० अमेरिकी डलरप्रतिब्यारेल नाघेको छ । विहीबारको बजारमा तेलको मूल्यले सो...

फिलिपिन्सको रेमिट्यान्स बढ्यो

यस वर्षको सुरुवाती तीन महिनाको अवधिमा फिलिपिन्सको रेमिट्यान्स पात अर्ब ८० करोड अमेरिकी डलरबराबरको रहेको विवरण...

जापानको अर्थतन्त्रमा दुई वर्षपछि पहिलोपटक गिरावट

जापानको आर्थिक क्षेत्रमा यो वर्षको सुरुवाती तीन महिनाको अवधिमा गिरावट आएको विवरण सार्वजनिक भएको छ । पछिल्लो...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा व्यापार घाटाको कारण र यसको प्रभाव

वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बीच हुने आर्थिक सम्बन्ध वा व्यापार...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै