logo

‘राष्ट्रवाद कुरामा होइन काममा हुनुपर्छ’

लक्ष्मण सिटौला
एउटा छोटो कथाबाट म यो लेखको सुरुवात गर्छु आज (ज्यामिरे गाउँमा एक जना धनी तर कन्जुस व्यापारी बस्थे । उनले धेरै दुःख कष्ट गरेर सम्पत्ति जोडेका थिए । खर्च गर्न भनेपछि भुतुक्कै हुन्थे । आफ्नै रोगको उपचार गर्न पनि लोभ गर्थे बुढा । उनका एक छोरा थिए । तर, एकदम पुल पुल्याएर राखेका । पढाए, हुर्काए, बढाए । ऊ शिक्षित बनाए । समय बित्तै गयो । उनी क्रमसँगै बुढा हुँदै गए । रोग लागेको थियो । दिनदिनै गल्दै गए ।
छोरा सहर बस्थे कसैले सोधपुछ ग-यो भने ‘बुडौलीले छोएको अरु के हुनु भन्थ्यो ।’ आधुनिकताको सम्भ्रान्तता देखाउँथ्यो ऊ ।
एक चोटि गाउँबाट सहर आउँदा आफूलाई लाज हुन्छ भनेर बुढो भएको बाबुलाई खाने सामलको भारी बोकाएर आएछ । आउँदा एकजना उसैको साथीले बाटोमा देखेछ र सोध्यो ‘उहाँ भारी बोक्ने को हो नि भनेर’ ‘उसले भनेछ ‘मेरो भरिया’ भनेछ । त्यो कुरा बाबुले सुनिरहेका रहेछन् । बुढा रुँदैरुँदै सहर आएछन् र बेलुका सुत्न लाग्दा बाबुको आँखामा आँसु देखेछ र सोधेछ ‘किन रोएको बाउ?’ बाबुले ‘भारी बोक्यो भन्दैमा भरिया भन्नुपथ्र्याे र छोरा मलाई ? भारी बोक्दैमा आफ्नो बाउ कसरी भरिया हुन्छ छोरा आज तैंले मेरो चित्त दुखाइस् । भयो म मरेपछि तैंले मेरो किरिया पनि गर्नु पर्दैन अब’ बिहान घाम नझुल्किदै बाबू गाउँ गए। विस्तारै यही चिन्ताले उनको रोग पनि च्याप्तै गयो । बाँचुञ्जेल छोराले कहिले पनि बाबुको उपचारमा सहयोग गरेन । त्यत्रो कमाइदिए तर त्यो धन बुढालाई कुनै काम लागेन । एइया एइया भन्दै रोग पालेर बाँचे।
एक दिन ज्यामिरे गाउँबाट बुबा बितेको खबर आयो । उसले बुबाले भनेको सम्झ्यो, ‘म मरेपछि तैंले किरिया गर्न पर्दैन ।’ ऊ बुबाको किरिया गर्न गएन । उसले सोच्यो ह्या ! यो आधुनिक जमानामा केको किरिया–सिरिया । बरु उसले एउटा उपाय सोच्यो । पत्रिकामा बुबाको फोटो राखेर समवेदना छाप्ने । यसो भयो भने सबैले मेरो नाम पनि थाहा पाउँछन् र बाबुलाई खुब माया गर्दोरहेछ भनेर सोच्छन् पनि समाजले । पत्रिकाको अगाडि पेजमा धेरै पैसा खर्च गरेर समवेदना छाप्यो । समवेदनामा लेखिएको थियो ।
‘हाम्रा कुलका कुल देवता मेरा पुजनीय पिताजी श्री बेखबहादुर थापाको ग्राण्डी अस्पतालमा उपचार गराउँदागराउँदै देहावसान भएको आज १३ औँ दिनको पावन तिथिमा उहाँप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’ उही तपाईंको एक्लो छोरो टेकबहादुर थापा ज्यामिरथोक, धादिङ गाउँबाट आउँदा उसको साथीलाई मेरो भरिया भनेर चिनाएको मान्छे त उसको पिताजी पो रहेछन् । समवेदना पढेर त्यो साथी जिल्ल प-यो र फोन ग-यो हरे ! के त पढेको मूर्ख होस् ? आफ्नो भारी बोकेको बाबु चिनाउँदा तँलाई लाज हुने अहिले लाख खर्च गरेर पत्रिकामार्फत समवेदना छपाउने ? समवेदनाको विज्ञापनमा लागेको लाख खर्च बुबाको उपचारमा लगाएको भए अहिले बाबु उपचार नपाएर मर्नु त हुन्नथ्यो । सिटामोल नदिएर बाबु मारिस् केको ग्राण्डी महँगो अस्पतालको नाम लिन्छस् समवेदनामा ?
मैले यो कथामा भने जस्तै हामी देशलाई लागेको रोगको उपचार गर्दैनौं तर अन्ध राष्ट्रभक्ति गीतचाहिँ खुबै गाइरहन्छौँ । आफू सुतेको ओछ्यान, ओढ्ने सिरक, लगाउने लुगाफाटो, खाने चामल, टुकिमा बाल्ने मट्टीतेलसम्म अर्काको देशबाट आयात गर्छौं । आफू उत्पादन, सिर्जना र आविष्कार केही गर्दैनौँ अनि गछौं महान् राष्ट्रभक्तिका कुरा राष्ट्रवादका कुरा । उपचार नगरी बाबु मार्ने हामी अनि लाख खर्च गरेर अरुलाई देखाउनका लागि समवेदना छपाउने पनि हामी । पितृभक्ति जसरी एउटा बेइमान छोराले बाँचुञ्जेल बाबुको उपचार गर्दैन राम्रोसँग पाल्दैन अनि वृद्धाश्रममा लगेर राख्छ र मरेपछि लाख खर्च गरी समवेदना छपाउँछ । हाम्रो यही हो पिताभक्ति ? खै हामीले कति बुझ्यौं राष्ट्रभक्ति र पिताभक्ति । राष्ट्रभक्ति कुरामा होइन काममा हुनुपर्छ भन्ने कुराको बोध हामीले कहिले बुझ्नेहोला खै ?
भारत हाम्रो छिमेकी देश हो र नेपालीको दैनिकीसँग भारत यसरी गाँसिएको छ कि भारतीय सहयोगविना हाम्रो घरमा पाक्ने तरकारी खल्लो हुन्छ । तर, पनि हामीले भारत र भारतीयलाई गाली गर्न भने कहिले छोडेनौं। भारत र भारतीयहरुलाई गरिने गालीसँगै झ्याँगिएको छ हाम्रो राष्ट्रवाद ।
यसो किन भनेको भने अहिले हाम्रो देशको अवस्था पनि यो कथामा व्यक्त गरेजस्तै छ । हामी अरुलाई देखाउनको लागि सामाजिक सेवा गरेजस्तो गर्छौँ । हामीमा अन्ध राष्ट्रभक्तिले यति व्यापार गरिरहेको छ कि हिजोआज फेसबुकको पेज केवल अन्धा राष्ट्रभक्तहरुका गालीगलौजले भरिन्छन् ।
फगत फेसबुकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तथानाम गाली गरेर हाम्रो राष्ट्रवाद अग्लिदैनथ्यो । राष्ट्रवाद छिमेकीको बदनाम र गाली गरेर उँचो हुने भए पाकिस्तानले जति भारतको विरोध अरु कसले ग-यो होला र ! तर, पाकिस्तान अझैसम्म आफ्नो आर्थिक उन्नतिका लागि भारतकै निर्भरता ताकिरहेछ । जातीयताको नारामा अलग भएका पाकिस्तान र बंगलादेश आज पनि भारतभन्दा धेरै कुरामा पछाडि छन् । सीमाना जोडिएका देशहरुमा धेरै कुराहरूको समानता हुन्छ । भाषा, धर्म, संस्कृति, समाज, रीतिरिवाज, चालचलन, आर्थिक र अन्य परम्पराहरु भारतसँग मिल्छन र हामी दाजुभाइ जस्तै आदिम कालदेखि मिलेर बसेका छौं।
एकाध घटनालाई लिएर सदियौँ पुरानो मैत्रीपूर्ण व्यवहारलाई आगो लागाउन हुँदैन । मिलेर बस्नु जस्तो सौभाग्य अरु केमा हुन्छ होला र ? हाम्रो राष्ट्रवाद भगवान् बुद्धको ‘पञ्चशील सिद्धान्त’ मा आधारित छ । हामीले भारतसँग लडाइँ झगडा र वैमनश्यता साँधेर के पाउँछौं ?
हामी नेपालीमा मन नपरेको मान्छेलाई तुच्छ गाली दिएर उसको खिसी उडाउने बानी छ । सायद यस्तो घटिया बानी पश्चिमाहरुमा छैन । साहस छ तागत छ बल विवेक बर्कत बुद्धि छ आफैंमा सम्पन्नता छ भने सिधै लडाइँ लड तर फेसबुके गालीले आफ्नै तुच्छता प्रकट हुन्छ । जुन फेसबुक हामी चलाइरहेछौं त्यो अमेरिकाको उत्पादन हो । जुन मोबाइल हामी अरुलाई गाली गर्नमा उपयोग गरिरहेछौं त्यो चीनको हो ।
जुन कपडा हामी लागाएर आफूलाई न्यानो पारिरहेछौं त्यो भारतको हो । जुन गाडी हामी यातायातका लागि चढिरहेछौँ त्यो पनि भारत लगायत अन्य मुलुकहरूको हो । हामीले लेख्ने कलम, मसी, फ्युल, खाने दालमटसम्म भारतबाट आयात गछौं । हामी कृषिप्रधान देश हौँ । तर, चामल भारतबाट आयात गर्नुपर्छ । नेपालीलाई चाहिने सबै उपभोग्य वस्तुका लागि हामी भारतमै पराश्रित छौं । हामीले भारतसँग माग्न नपर्ने चिज भनेको पानी मात्रै होला सायद  । पानीमा मात्रै हामी आत्मनिर्भर छौँ । राति सुत्ने बेलामा लामखुट्टेको आक्रमणबाट बच्नसमेत हामीले भारत निर्मित धुप बाल्छौं र लामखुट्टे धपाउँछौं । खाजा खाने सामान्य दालमोटसमेत उत्पादन गर्न सक्दैनौँ र वर्षको एक अर्बको त दालमोट खाँदा रहेछौं है हामी ! अनि यस्तो खोक्रो राष्ट्रवादले के हुन्छ?
एक अर्बको दालमोठ अरुकै देशबाट किनेर खाने हामी नेपालीको यो राष्ट्रवादको महिमा कस्तो अपरम्पारको हो ? नदीनाला भू–भाग सबै भारतले लग्यो किन्यो उपभोग ग-यो भनेर उफ्रिनु हाम्रो बानी भइसकेको छ । जनकपुर भारतले फिर्ता माग्यो भनेर सामाजिक सञ्जालमा भाइरल भएका छन् । अहिलेको सामाजिक सञ्जाललाई यति नै छाडा छोडिरहने हो भने हामी निकै धरापमा भासिनेछौं कुनैदिन । खराब न्यूज पढ्ने र हेर्ने आदत परेको छ हामीमा । हामी जति फुर्सदमा हुन्छौँ जति बेइलमी हुन्छौं जति अनुत्पादक हुन्छौं त्यति त्यति राष्ट्रवादका नाराहरु घन्किन्छन् ।
बेफुर्सदमा हुनुपर्छ अनि थाहा हुन्न राष्ट्रवाद के हो । उत्पादनशील, सिर्जनशील र कर्मशील माहुरीहरुलाई मह जम्मा गर्दैमा समय व्यतीत हुन्छ । ऊ केवल रस खोज्छ, ऊ केवल फूल खोज्छ, ऊ केवल एकता खोज्छ आफैभित्र । आफूले जम्मा गरेको चाकाको सुरक्षा खोज्नु राष्ट्रवाद हो । तर, हामी रसविहीन अवस्थामा अन्ध राष्ट्रवादका कुरा गर्छौँ । सबैथोक छ हामीसँग तर केही नभएको जस्तो दुःखी छौं । यो सुख र कल्पनाको भोक मेट्न कल्पनातीत अन्ध राष्ट्रभक्तिले हुँदैन । भूगोलको भोक हो राष्ट्रवाद तर हामी आफूले चाहिँ आफ्नो भूगोलको लागि कति खटिएका छौँ त्यो पनि सोचौँ ।
राष्ट्रवाद केहो बयानब्बे वर्षको उमेरमा चुनाव जितेर मलेसियालाई समृद्धिमा पु-याउने महाथरीलाई सोध्नुपर्छ । आफू सत्तामा रहुञ्जेल सबै कुरा ठीक आफू सत्ता बाहिर भएपछि सबै कुरा बेठीक भन्ने भ्रममा छ हाम्रो नेपाली राजनीति । समयअनुसार चल्न सकियो भने मात्रै बाँचिरहन्छ राष्ट्रवाद । पञ्चायतकालमा महेन्द्रको राष्ट्रवाद त्यही बेलाको समयसापेक्ष थियो होला । नेपाललाई दुई ढुङ्गाबीचको तरुल सम्झिने पृथ्वीनारायणको राष्ट्रवादी चिन्ता र चिन्तन अहिलेसम्म पनि सम्झन लायकको छ । आदर्शवादी चिन्ताले मात्रै हुनेवाला केही छैन । अहिले मानिसलाई कसरी जीवित रहने भन्ने कुराको चिन्ता छ । भोको पेटले राष्ट्रवाद हुँदैन । पहिलो राष्ट्रवाद देशलाई आत्मनिर्भर बनाउने काम हो । नेपाललाई सम्पन्न बनाउनतिर लागौं पहिला त्यो नै पहिलो राष्ट्रवाद हो । कुरा होइन काममा बलियो हुन्छ नेपालीले सोचेको जस्तो राष्ट्रवाद ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...

सुशासन र समृद्धिका लागि सबल नेतृत्व

विश्वमा व्यवस्था बदल्ने अनुभूतयोग्य परिवर्तनका नियमित र आकस्मिक क्रियाकलापहरु कुशल र अब्बल नेतृत्वबाट नै...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै