logo

उपराष्ट्रपतिसँग सिचुवानका उपगभर्नरको भेट

काठमाण्डौं, वैशाख ३
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गरेका छन् । बिहीबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर सिचुवान प्रान्तका उपगभर्नरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।
उपराष्ट्रपतिले सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए । उनले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो औंल्याउँदै एक पेटी एक मार्ग (ओविओआर)बाट नेपालले अधिकतम लाभ लिने कोसिस गरिरहेको बताए । उनले नेपाल लगानीका लागि भर्जिनल्याण्ड भएको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन, रेलमार्ग, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गरे । उपराष्ट्रपतिले चीनसँगको व्यापार बढ्दो भए पनि नेपालले व्यापार घाटा भोगिरहेको बताए । उनले व्यापार सन्तुलनका लागि दुवै देशले सोच्नुपर्ने बताए । चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल चीनको एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न कसैलाई पनि नदिने बताए ।
उपराष्ट्रपतिसँगको भेटमा सिचुवान प्रान्तका उप उगभर्नरले नेपाल चीन सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताए । उनले नेपालको विकासमा सधैँ चीनको साथ रहने उल्लेख गर्दै चीन र सिचुवान प्रान्त नेपालको ऊर्जा, कृषि तथा खाद्य प्रविधि, सडक सञ्जाल, रेल्वेको क्षेत्रमा लगानी गर्न चाहेको बताए । उनले आफू नेतृत्वको प्रतिनिधि मण्डल लगानीको सम्भाव्यता अध्ययन गर्न आएको समेत बताए । एक चीन नीतिप्रति नेपालले लिएको दृढ अडानका लागि उनले धन्यवादसमेत दिए । उपराष्ट्रपतिसँग नर्वेजियन राजदूत भेट :- उपराष्ट्रपतिसँग नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न योहानेशनले शिष्टाचार भेट गरेका छन् । नर्वेजियन राजदूतसँगको भेटमा उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया र विकासका लागि नर्वेले गरेको सहयोगका लागि धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महिला अधिकारकर्मी सम्मानित

महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका सातजना अधिकारकर्मीसहित दुईजना...

यौनदुराचार कार्यमा संलग्न विदेशी नागरीक पक्राउ

६६ वर्षिय स्वीजरल्याण्डका नागरीक (हाल जिल्ला भक्तपुर सिद्ध पोखरी बस्ने) ले ललाई फकाई काठमाण्डौ बाफल बस्ने वर्ष...

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ध्यान र योग

‘शान्ति जस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णा जस्तै कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै