logo

राजस्व घोटालाका भन्सार एजेन्ट बोहोरा दाजुभाइलाई उन्मुक्ति दिइँदै

बिराटनगर, जेठ ३
बैंकमार्फत भन्सारमा दाखिला गरेको रकम घोटला अभियोगमा राष्ट्रिय वाणिज्य बैंक सुख्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउत र कर्मचारी विष्णु निरौला अदालतको आदेशअनुसार कारागार चलान भइसकेका छन् । त्यस्तै रकम घोटलाका मुख्य मतियार रहेका भन्सार एजेन्टलाई भने उन्मुक्ति दिलाउन चलखेल सुरु भएको छ । विराटनगर भन्सार कार्यालयस्थित राष्ट्रिय वाणिज्य बैंक सुख्खा बन्दरगाहा शाखा रानीका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउत र कर्मचारी विष्णु निरौलाले अदालतको आदेशअनुसार क्रमशः दुई करोड र दुई करोड ५० लाख धरौटी बुझाउन नसकेर कारागार बसेका छन् । तर, सोही अभियोगमा फरार रहेका सुरेश क्लियरिङ एण्ड फरवार्डिङका सञ्चालक सुरेश बोहोरा र उनका प्रतिनिधि ललित बोहोरा भने अहिलेसम्म फरार रहेका छन् ।
घटना घटेको ९० औं दिन पूरा गरेपछि मुख्य योजनाकार रहेका बोहोराद्वयलाई उन्मुक्ति दिलाउन प्रतिष्ठित उद्योगी लागी परेको रहस्य खुल्न खुलेको छ । केही दिनपछि ९० दिन पुग्ने भएकाले पनि भन्सार राजस्व अपचलन मुद्दा थप जटिल मोडमा पुगेको दाबी समाचारस्रोतले गरेको छ । एउटै अभियोग लागेका कर्मचारी कारागारमा र मुख्य योजनाकार रहेका भन्सार एजेन्ट उन्मुक्ति पाउने प्रयास सफल हुने हो वा होइन त्यो पछिका दिनमा खुल्ने नै छ । स्रोतका अनुसार सोही बेला नै भन्सार एजेन्ट सुरेश बोहराको सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसमार्फत भन्सार क्लियरिङको कारोबार गराउने आयात तथा निर्यातकर्ता फर्मलाई अनुसन्धानमा तान्ने गरी प्रहरीले पत्राचार गरपछि बैंकको डुबेको रकम रातारात स्थानीय उद्योगी तथा व्यापारीले बंैकमा जम्मा गरेको घटना पनि सार्वजनिक भएको छ । अहिले उक्त जम्मा भइसकेको राजस्वबापतको रकम दाखिला भइसकेको हुँदा भन्सार एजेन्टले उन्मुक्ति पाउनुपर्ने तर्क पनि गर्न थालिएको छ ।
गत ०७४ फागुन महिनामा भन्सार राजस्व अपचलन घटना सार्वजनिक भएसँगै राष्ट्रिय वाणिज्य बैंक विराटनगरसँग भएको अख्तियारी प्रयोग गर्दै निमित्त प्रबन्धक राजेश डंगोलले बैंकको रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहामा कार्यरत वरिष्ठ सहायक अधिकृत राउतलाई बैंक तथा वित्तीय संस्था ठगी गरेको आरोपमा कारबाही माग गर्दै किटानी जाहेरी दिएपछि मोरङ प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।
प्रहरीको अनुसन्धानपछि कर्मचारी विष्णु निरौला पनि पक्राउ परेपछि अदालतबाट दुवै कर्मचारीसँग धरौटीबापत दुई करोड र निरौलासँग दुई करोड ५० लाख धरौटी माग गरिएको थियो । उक्त रकम बुझाउन नसकेपछि दुवै कर्मचारी कारागार चलान भएका हुन् । भन्सारको राजस्व खातामा जम्मा देखिएको नौ करोड ६१ लाख ५५ हजार रकम बैंकमा भने जम्मा गरिएको थिएन । बैंकका काउन्टर प्रमुख राउत र निरौलाको सहमतिले एजेन्टसँगको मिलेमतोमा एकाउन्ट पेयी चेक लिएको र त्यो बाउन्स रहेका कारण बैंक घोटालामा मिलेमतो रहेको देखिएपछि अदालतबाट यस्तो फैसला आएको भनाइ व्यापारी तथा उद्योगीको छ ।
मोरङ व्यापार संघ पनि विवादमा :- मोरङ व्यापार संघका निर्वाचित पदाधिकारीसमेत रहेका भन्सार एजेन्ट सुरेश बोहोराका सहोदर भाइ ललित बोहोरा अहिले फरार भएपछि उनी सामाजिक संस्थामा रहने कि नरहने भन्ने विषय औद्योगिक क्षेत्रमा चर्चाको विषय बनेको छ ।
भन्सार अपचलनको घटना सार्वजनिक हुनुभन्दा करिब चार महिनादेखि उक्त घटना बैंक र भन्सार एजेन्टको मिलोमतोमा लुकाएर राखिएको थियो । चार महिनापछि भए पनि घटना सार्वजनिक भई बैंक कर्मचारीसमेत कारागार चलान भएको पनि करिब एक महिना हुन लागेको छ । तर, व्यापार संघ जस्तो गरिमामय संस्थामा सदस्य रहेका पदाधिकारीमाथि व्यापार संघको पदाधिकारी समिति अहिलेसम्म मौन बसेपछि भन्सार एजेन्टलाई उन्मुक्ति दिलाउने प्रयास त भएको छैन भन्ने अडकल व्यापारिक क्षेत्रमा सुरु भएको छ ।
एक व्यापारीले दिएको जानकारीअनुसार संस्थामा रहेका कुनै पनि सदस्य संस्थाको विधानअनुसार नै चल्नु पर्दछ । तर, एउटै अभियोगमा कर्मचारी कारागार जाने तर व्यापार संघले आफ्ना सदस्यलाई निष्काशनसमेत गर्न नसक्ने भन्ने तर्क पनि गर्न थालिएको छ । मोरङ व्यापार संघको विधानअनुसार तुरुन्त त्यस्ता सदस्यलाई संस्थाबाट निस्काशन गरिएन भने संस्थाको गरिमामा नै आँच पुग्ने भनाइ आउन थालेको छ । जसले गर्दा एउटा सदस्य बचाउन संस्थालाई नै अनिर्णयको बन्दी नबनाउन व्यवसायीले आग्रह गरेको समाचारस्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मन्त्री पुन र चीनका लागि नेपाली राजदूत पौडलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको...

कर्णाली प्रदेशमा लगानी सुरक्षाको चिन्ता नगर्न निजी क्षेत्रलाई आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्नको लागि सुरक्षाको चिन्ता...

हेमबहादुर मल्ल पुरस्कार लोकसेवा अध्यक्ष मैनालीलाई

साल्ट ट्रेडिङ कर्पोरेसनको प्रायोजनमा स्थापित हेमबहादुर मल्ल सम्मान पुरस्कार लोकसेवा आयोगका अध्यक्ष...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै