logo

विद्युतीय प्रवाहको जोखिममा बालबालिका

गोकर्णप्रसाद भण्डारी
दोलखा, जेठ ३
दोलखा भीमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयमा अध्ययनरत करिब चार सय ५० बालबालिका विद्युतीय प्रवाहको उच्च जोखिममा रहेका छन् । भूकम्पपछि निर्माण भएका जस्ताको टहरोमाथिबाट लामोसाँघु जिरी खण्डको १३२ केभी विद्युत् प्रसारण लाइन गएका कारण उनीहरु उच्च जोखिममा रहेका हुन् । विद्यालय वरपरि दुईवटा राष्ट्रिय प्रसारण लाइनका पोलमा तार जडान गरिएको छ भने अन्य आठवटा पोल गाडेर गाउँलेलाई नै विद्युत् आपूर्ति गर्दा विद्यालयमा सधैं विद्युतीय प्रवाह हुन सक्ने त्रास त्यहाँका बालबालिका, शिक्षकशिक्षिका र अभिभावकमा देखिएको छ । विद्युतीय प्रवाहको त्रासमा विद्यार्थीको पठनपाठनमा समस्या त छन् नै, त्यसमा पनि विद्यालयमा आउँदा विद्यार्थीलाई कति खेर के हुने हो भन्ने त्रासमा बाँच्न बाध्य भएको सो विद्यालयका अभिभावक काजी बुढाथोकीले बताए ।
कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालय जिल्लाकै अग्रणी विद्यालयको रुपमा पर्छ । तर, विद्युतीय प्रसारण लाइनका कारण विद्यालयको भौतिक पूर्वाधार बन्न सकेका छैनन् । विद्यालयका प्र.अ किशोर दाहालले भने, ‘हामीलाई पठनपाठन गर्न समस्या छ, विद्यार्थीलाई यसबाहेक अन्यत्र जग्गा नहुँदा कतै लैजाने र सार्न पनि सकिएको छैन ।’ यो प्रसारण लाइनका कारण वर्षात हुँदा, चट्याङ पर्दा र हावाहुरी चल्दा विद्यालय बन्दै गरेर हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । विद्युत् प्राधिकरणका दोलखा शाखा कार्यालयले यस विषयमा केही गर्न नसक्ने जनाएको छ । विद्युत् प्राधिकरण दोलखाका कार्यालय प्रमुख अमृतबाबु अधिकारीले सुरुमा नै सरकारले मुआब्जा दिएकाले प्रसारण लाइनको नौ मिटर वरपर कुनै पनि खालको भौतिक संरचना निर्माण गर्न नमिल्ने र प्रसारण लाइनका पोल सार्नसमेत नमिल्ने बताउँछन् । ‘ठूलो भोल्टेज क्षमता भएको प्रसारण लाइन भएकाले यसमा केबुलिङसमेत गर्न मिल्दैन, यस्ता ठाउँमा भौतिक संरचना निर्माण गर्न र त्यसमा पनि झनै विद्यालय जस्तो संवेदनशील क्षेत्र नै सञ्चालन हुनु भनेको जोखिम बढाउनु जस्तै हो’ उनले भने ।
विद्यालय प्रशासनले भने यहाँबाट कि त विद्यालय सारिदिनुपर्छ, कि त प्रसारण लाइन सार्नुपर्ने बताएको छ । विद्यालयका प्रअ दाहालले भने, ‘हामीले सम्बन्धित सरकारी संयन्त्र, जिल्लाका राजनीतिक दल र सांसदसँग पनि यसबारेमा पटक–पटक छलफल र जानकारी गरायौँ, प्रसारण लाइनका कारण हामी जोखिममा प-यौँ तर कतैबाट कुनै सुनुवाइ अहिलेसम्म हुन सकेको छैन ।’
हालै जिल्ला शिक्षा कार्यालय दोलखाले सोही स्थानमा विद्यालय भवन निर्माण गर्न भन्दै ९८ लाख बजेट उपलब्ध गराएको छ । तर, विद्यालयको आफ्नै समस्या रहेको बताउँदै प्रअ दाहालले भने, ‘भवन निर्माण नगर्दा विद्यार्थीलाई पढ्ने स्थान छैन, विद्यालय विद्युतीय प्रवाहको उच्च जोखिममा छ ।’
विद्यालय हाताभित्र हाई भोल्टेजका प्रसारण लाइन भएकै कारण इन्टरनेट नचल्ने कम्प्युटर पट्कने जस्ता समस्यासमेत देखा परेको विद्यालयका शिक्षक/शिक्षिका बताउँछन् । विद्युतीय प्रवाहको डर तथा चट्याङ र हावाहुरीजस्ता प्राकृतिक प्रकोप निम्तिन सक्ने डरले यहाँका विद्यार्थी विद्यालयमा अध्ययन गर्न जाने कि नजाने भन्ने अवस्थामा पुगेको स्थानीयवासीले बताए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पर्यटन प्रवद्र्धन अभियान सुरु

उद्योग वाणिज्य संघ चितवनले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि अभियान सुरु गरेको...

ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण

सुजुकीका चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ...

किस्टद्वारा लुभुको प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त परीक्षण तथा उपचार सुरु

किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा व्यापार घाटाको कारण र यसको प्रभाव

वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बीच हुने आर्थिक सम्बन्ध वा व्यापार...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै