logo

नेपालमा लगानी बढाउन सरकार तयार

काठमाण्डौं, जेठ ३
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नेपालमा लगानी वृद्धि गर्न तथा आर्थिक समृद्धिका लागि सरकार तयार रहेको बताएका छन् । आर्थिक कूटनीतिको माध्यमबाट नेपाल सरकारले विभिन्न मुलुकहरुसँग व्यापार, वाणिज्य, पर्यटन, प्रविधि हस्तान्तरण आदि क्षेत्रको विस्तारका लागि कार्य गर्दै आएको उनको भनाइ छ ।
नेपाल तथा समाजवादी गणतन्त्र भियतनामबीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेको अवसरमा आयोजित “द्विपक्षीय व्यापार तथा पर्यटन अवसर” विषयक कार्यक्रममा उनले नेपालमा लगानी वृद्धि गर्ने तथा आर्थिक समृद्धिका लागि निजी क्षेत्रको समेत ठूलो भूमिका हुने हुँदा सल्लाह सुझाव लिई सहकार्य गर्ने बताए । कार्यक्रममा नेपाल भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्राले दुई देशबीचको आर्थिक, व्यापारिक तथा पर्यटन वृद्धिका लागि संघले विविध कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको बताए । भियतनामले छोटो अवधिमा उत्पादन तथा उद्योगमा धेरै विकास गरेको र नेपालले पनि आर्थिक वृद्धिका लागि उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने बताए । कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनालले दुई देशबीच विद्यमान व्यापारिक अवस्था तथा सम्भावनाहरु तथा नेपाल टुरिज्म बोर्डका अफिसियटिङ सीईओ नन्दिनी थापाले दुई देशबीच पर्यटन विकासका सम्भावनाहरुबारे जानकारी दिएका थिए । कार्यक्रममा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदुत डा. राजेशकाजी श्रेष्ठले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेकोमा शुभकामना व्यक्त गरे । उनले दुई देशबीच सिधा हवाइ सम्पर्क स्थापना, लगानी विस्तार तथा पर्यटन विस्तारमा कन्सुलेटले पहल गर्दै आइरहेको बताए । साथै उनले प्रतिनिधिमण्डलको आदानप्रदान, नेपाली व्यवसायीहरुलाई मेलाहरुमा सहभागिता गराई आर्थिक, व्यापारिक सम्बन्ध विस्तार गर्दै आएको समेत जानकारी दिए । कार्यक्रममा संघका पदाधिकारीहरु, सदस्यहरु तथा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मन्त्री पुन र चीनका लागि नेपाली राजदूत पौडलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको...

कर्णाली प्रदेशमा लगानी सुरक्षाको चिन्ता नगर्न निजी क्षेत्रलाई आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्नको लागि सुरक्षाको चिन्ता...

हेमबहादुर मल्ल पुरस्कार लोकसेवा अध्यक्ष मैनालीलाई

साल्ट ट्रेडिङ कर्पोरेसनको प्रायोजनमा स्थापित हेमबहादुर मल्ल सम्मान पुरस्कार लोकसेवा आयोगका अध्यक्ष...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै