logo

स्याकार कम्पनीले ल्यायो नयाँ होण्डा ग्राजिया

काठमाण्डौं, जेठ ३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नयाँ होण्डा ग्राजिया बजारमा ल्याएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता तथा ज्योति ग्रुपको एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि.ले नयाँ होण्डा ग्राजियालाई नेपाली बजारमा भित्र्याएको हो ।
समकालीन सहरी डिजाइनमा आधारित होण्डा ग्राजियामा आकर्षक र स्टाइलिस लुक रहेको बताइएको छ । जसले आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे छ । एलईडी हेडल्याम्पयुक्त यस स्कुटरमा १२५ सीसी इन्जिन रहेको छ । होण्डा इको टेक्नोलोजीको प्रयोगका कारण यस स्कुटरमा बढी माइलेज र पावर हुनुका साथै १९० एमएम फ्रन्ट डिस्क ब्रेक भएकाले यसलाई आवश्यक समयमा रोक्न पनि अब सजिलो हुनेछ । सेट ओपनिङ स्विचका साथै फोर इन लक सिस्टम रहेको ग्राजियामा अगाडि अवस्थित स्मार्ट सेट ओपनिङ स्विच र अण्डर सेट स्टोरेजले यस स्कुटरलाई अझ बढी उपयोगी बनाएको कम्पनीले दाबी गरेको छ । इक्वेलाइजरका साथ कोम्बी ब्रेक सिस्टमयुक्त यस स्कुटरले ब्रेकिङ्ग दूरी न्यूनतम गरी स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षितयात्रा सुनिश्चित गर्ने बताइएको छ । विभिन्न विशेषताहरुले भरिपूर्ण यस होण्डा ग्राजियामा अर्को मुख्य आकर्षक विशेषता भनेको यसमा रहेको फ्रन्ट ग्लोब बक्स र मोबाइल चार्जिङ्ग सकेट हो । सन् १९६८ मा ज्योति ग्रुपद्वारा आयात गरिने होण्डा मोटरसाइकलहरुको बिक्रीवितरणसँगै सन् १९७६ मा स्थापित स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. नेपालको एक प्रतिष्ठित र अग्रणी कम्पनी हो । कम्पनीको शोरुमहरु नेपालभर फैलिएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

टाटाको एस स्पेसियल एप्लिकेसन नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ् प्रा.लि.ले ‘गो ग्रिन टु किप इट क्लिन’ भन्ने नारासहित,...

महानगरको निर्णयविरुद्ध मजदुर

भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि तीन पांग्रे अटो र ई–रिक्सालाई राजमार्गमा चलाउन रोक लगाउने निर्णय...

ओप्पोद्वारा यूके प्रवेशको घोषणा

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओप्पोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ध्यान र योग

‘शान्ति जस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णा जस्तै कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै