logo

सुजुकी इन्ट्रडरका ग्राहकलाई सुकुटे यात्रा

काठमाण्डौं, जेठ ३
भीजी अटोमोबाइल्सले सुजुकी इन्ट्रडर चलाउने बाइक धनीहरुलाई सुकुटेसम्मको यात्रामा सहभागी गराएको छ । भीजी सुजुकीले देशभरका सबै इन्ट्रडर चलाउनेहरुलाई यात्रामा सहभागी हुनका लागी आह्वान गरेको थियो । जसअनुसार ५० जना चालकहरुले सुकुटेको यात्रा तय गरेका थिए । भीजी सुजुकीले ५० जना बाइकचालकहरुलाई करिब दुई महिनाअघि मात्र बजारमा उपलब्ध गराइएको सुजुकी इन्ट्रडरको साथमा धावनमार्गजस्तो अनुभव दिलाउन र आनन्दको महसुस गर्न अवसर प्रदान गरेको जनाएको छ । बाइक चालकहरु वैशाख २८ र २९ गते उक्त दुई दिन उक्त यात्रामा सहभागी भएका थिए ।
यात्राको लागि तय गरिएको रुटबमोजिम टेकुबाट यात्रा सुरु भई थापाथली, माइतीघर, नयाँबानेश्वर, सूर्यविनायक, जगाती, साँगा, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाटको बाटो भएर सुकुटेमा अवस्थित रिभर बे -याफ्टिङ एण्ड रिसोर्टमा पुगेर टुङ्गिएको थियो । सबै भोलिपल्ट त्यही रुट हुँदै काठमाडौं फर्किएका थिए । दुई दिनको कार्यक्रममा बाइक चालकहरुले पौडी प्रतियोगिता, घैंटो फुटाउने (आँखामा पट्टि लगाएर) खेलिने खेलमा भाग लिएका थिए । सबै चालकहरुलाई नेपालको अत्यन्त भिरालो नदी र डर लाग्दो वेग भएको भोटेकोशी -याफ्टिङमा -याफ्ट गर्ने अवसर प्रदान गरिएको थियो ।
भोटेकोशी नदी ट्रिप छोटो समयको ह्वाइटवाटर जलयात्रा गर्न चाहनेहरुका लागि एक उपयुक्त ट्रिप बनेको बताइएको छ । भीजी सुजुकीले प्रतियोगितामा विजयी हुनेहरुलाई विभिन्न पुरस्कारहरु पनि प्रदान गरेको थियो । सबै बाइकचालकहरुबाट सबैभन्दा अनुशासित बाइक चालकको पुरस्कार नितिन रेग्मीलाई प्रदान गरिएको थियो । सुजुकी बाइक नेपालमा अत्यन्त रुचाइएको बाइकहरुमध्येको एक भएको कम्पनीले दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

घरेलु उद्योग महोत्सव फागुन तेस्रो साता

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहिनेत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने नाराका...

निजी आवास पुनर्निर्माण ६७ प्रतिशत

दोलखामा निजी आवास पुनर्निर्माण सुरु भएको करिब तीन वर्ष पुग्नै लाग्दा ६७ प्रतिशत निर्माण सकिएको छ । राष्ट्रिय...

दोलखाका पाँच स्थानीय तहलाई लामाले दिए पाँच एम्बुलेन्स

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं संभीय सांसद् जिपछिरिङ लामाले दोलखाको पाँचवटा स्थानीय तहलाई...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै