logo

मारुती सिमेन्टको निःशुल्क प्राविधिक परामर्श सहयोग

काठमाण्डौं, जेठ ३
मारुती सिमेन्ट लिमिटेडले निशुल्क प्राविधिक परामर्श सहयोग प्रदान गर्ने भएको छ । हरेक निर्माण गुणस्तरीय र मजबुत होस भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गर्न लागिएको जारी विज्ञप्तिमा जनाइएको छ । कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यान हरेक निर्माण स्थलमै पुगेर दक्ष प्राविधिकहरुबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ । मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यान मार्फत कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामाग्रीहरुको सही छनौट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमता बारे जानकारी, भाइबे्रटर र क्युरिङ्ग गर्ने सहि तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकता अनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने छ ।
यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन गरिएको र निकट भविष्यमा नै उपत्यका बाहिर पनि शुरु गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले बताए । मारुती सिमेन्ट कम्पनीले विगतका भिन्न–भिन्न क्षेत्रमा गरेको सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु भन्दा एक कदम माथि उठेर एउटा नयाँ थप प्रयार गरेको छ । यस सेवामा निःशुल्क टोल फ्रि नम्बर नेपाल टेलिकम प्रयोगकर्ताका लागि १६६००११७७७७ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७३७७७ नम्बरमा कल गरि आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह सुझाव तथा निर्माणाधीन संरचनाको लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सकिने विज्ञप्तिमा जनाइएको छ ।
पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै सर्वोत्कृष्ट चुनढुंगा खानीबाट अत्याधुनिक रोटरी टेक्नोलोजि र ग्रीनफिल्ड प्लान्टद्वारा उत्पादित नेपालको नम्बर १ ओ.पि.सी. सिमेन्ट मारुती सिमेन्ट हालै मात्र यसले आफ्नो गुणस्तरलाई अझ निखार्दै अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ । जसअनुसार क्लिंकर र ओ.पि.सि सिमेन्ट उत्पादन तथा विक्रि वितरणको लागि एनएस/आईएसओ ढण्ण्ज्ञस्द्दण्ज्ञछ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ । जसले गर्दा यो नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको ब्राण्ड म्यानेजर श्रेष्ठको दाबी छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै