logo

बैंकहरुमा कर्मचारी व्यवस्थापन खर्च बढ्यो

२८ बैंकमा कर्मचारीको नौ महिनाको खर्च १८ अर्ब

सुरेश राउत
काठमाण्डौं, जेठ ३
वाणिज्य बैंकहरुमा कर्मचारी व्यवस्थापन खर्च उच्चरुपमा बढेको छ । संंघीयता कार्यान्वयनका क्रममा गठन भएका सात सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा खोल्नुपर्ने व्यवस्था कार्यान्वयनपश्चात् पछिल्लो समय बैंकको शाखा संख्या बढेकोले पनि कर्मचारी व्यवस्थापन खर्च बढेको हो ।
अहिले सञ्चालनमा रहेका सात सय ५३ वटा स्थानीय तहमध्ये तीन सय ९४ वटा स्थानीय तहमा मात्र वाणिज्य बैंकहरुको शाखा रहेको छ । सो आधारमा यसै आर्थिक वर्ष वाणिज्य बैंकहरुले थप तीन सय ५९ वटा स्थानीय तहमा शाखा खोल्नुपर्ने हुन्छ । सोही आधारमा वाणिज्य बैंकहरुको कर्मचारी व्यवस्थापन खर्च आगामी त्रैमासिकमा अझै उच्चरुपमा बढ्ने देखिन्छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा २८ वाणिज्य बैंकहरुले कर्मचारीको पारिश्रमिकमा मात्र झण्डै १८ अर्ब रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरुको कर्मचारी व्यवस्थापन खर्च १६ अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो ।
वाणिज्य बैंकहरुमध्ये कृषि विकास बैंकको कर्मचारी व्यवस्थापन खर्च दुई ६३ करोड ३३ लाख ८१ हजार रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा कृषि विकासले कर्मचारीको पारिश्रमिकमा दुई अर्ब ३३ करोड ८७ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ । शाखा सञ्जालका दृष्टिकोणले निकै अगाडि रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि चालू आवको नौ महिनामा कर्मचारीको पारिश्रमिकमा एक अर्ब ९३ करोड १२ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो खर्च दुई अर्ब ११ करोड ५३ लाख तीन हजार रुपैयाँ रहेको थियो ।
सरकारी स्वामित्वको नेपाल बैंकले पनि गत आवको तेस्रो त्रैमासिकमा कर्मचारीको पारिश्रमिकमा एक अर्ब ६८ करोड दुई लाख ११ हजार रुपैयाँ खर्च गरेकोमा चालू आवको तेस्रो त्रैमासिकमा यस्तो खर्च रकम एक अर्ब ७७ करोड २६ लाख २० हजार रुपैयाँमा सीमित रहेको छ । शाखा विस्तार र कर्मचारी नियुक्तिमा निकै आक्रामक रुपमा अगाडि बढेको एनआईसी एसिया बैंकमा पनि कर्मचारी व्यवस्थापन खर्च गत आवको तेस्रो त्रैमासिकको तुलनामा दोब्बर बढेको छ ।
गत आवको तेस्रो त्रैमासिकमा कर्मचारीको पारिश्रमिकमा ५८ करोड ३८ लाख ६५ हजार रुपैयाँ खर्च गरेको एनआईसी अहिले यस्तो रकम बढेर ९२ करोड १८ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासिकमा कर्मचारी व्यवस्थापनमा ७५ करोड नौ लाख ५४ हजार रुपैयाँ खर्च गरेको हिमालयन बैंकले पनि चालू आवको तेस्र्रो त्रैमासिकमा यस्तो खर्च बढाएर ८२ करोड ९६ लाख ८९ हजार रुपैयाँ पु¥याएको छ । यीबाहेक नबिल एसआईबीई, ग्लोबल आईएमई, प्रमुख बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ आदिमा पनि कर्मचारी व्यवस्थापन खर्च बढेको छ ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम कर्मचारी व्यवस्थापन खर्च भने प्राइम कमर्सियल बैंकमा रहेको छ । प्राइमको शाखा संख्यासँगै कर्मचारीको संख्या पनि कम भएकोले यस्तो खर्च कम भएको हो । प्राइमले चालू आवको पछिल्लो नौ महिनामा कर्मचारीको पारिश्रमिकमा २६ करोड ३७ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा प्राइमको यस्तो खर्च १८ करोड ५९ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी मेगा बैंकमा पनि कर्मचारी व्यवस्थापन खर्च कम रहेको छ । गत आवको तेस्रो त्रैमासिकमा कर्मचारी व्यवस्थापनमा २४ करोड ८७ लाख ५८ हजार रुपैयाँ खर्च गरेको मेगाले चालू आवको तेस्रो त्रैमासिकमा कर्मचारी व्यवस्थापनमा ३० करोड ३८ लाख चार हजार रुपैयाँ खर्च गरेको छ । यीबाहेक लक्ष्मी बैंक, सानिमा बैंक, एनबी बैंक, सिभिल बैंक आदिमा पनि कर्मचारी व्यवस्थापन खर्च अन्यको तुलनामा कम अर्थात् ४० करोड रुपैयाँभन्दा कम रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महिला अधिकारकर्मी सम्मानित

महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका सातजना अधिकारकर्मीसहित दुईजना...

यौनदुराचार कार्यमा संलग्न विदेशी नागरीक पक्राउ

६६ वर्षिय स्वीजरल्याण्डका नागरीक (हाल जिल्ला भक्तपुर सिद्ध पोखरी बस्ने) ले ललाई फकाई काठमाण्डौ बाफल बस्ने वर्ष...

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ध्यान र योग

‘शान्ति जस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णा जस्तै कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै