logo

परिषद्का निर्देशक बस्नेतलाई कारबाहीबाट जोगाउन योजना शाखाको जिम्मेवारी

रोशन कार्की
काठमाण्डौं, जेठ ३
सरकारी निकायमै विभिन्न नक्कली विवरण र नागरिकता पेस गरेर लामो समयदेखि जागिर खाँदै आएका कर्मचारीमाथि सम्बन्धित निकायले कारबाही गर्न नसक्दा अवैध रुपमा नक्कली प्रमाणपत्र पेस गर्नेहरुको संख्यामा तीव्रता आएको छ ।
पछिल्लो समयमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले दुईवटा नागरिकता लिएको र जन्ममिति परिवर्तन गरी लामो समयसम्म जागिर खाई राज्यको सेवा सुविधा लिएको भन्दै चर्चामा रहेको केही समयपछि अर्को सरकारी कार्यालयका एक कर्मचारीले दोहोरो नागरिकता लिएर सरकारी क्षेत्रमा जागारी खाएको सार्वजनिक भएको हो ।
दोहोरो नागरिकता लिएको आरोपमा छानबिनमा परेका समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि कारबाही गर्नेभन्दा पनि उनलाई उन्मुक्ति दिने तयारीमा विभागीय मन्त्री नै लागेको अरोप समेत सम्बन्धित परिषद्का कर्मचारीहरुले लगाएका छन् । विभागीय मन्त्रीले नै दोहोरो नागरिकता लिएका व्यक्ति बस्नेतलाई काखी च्यापेकै कारण अनुसन्धान समेत फितलो भएको छ । निर्देशक बस्नेतमाथि गत ७ गते लिखित उजुरी परेको भए पनि महिला बालबालिका, महिला र ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले नै सो अनुसन्धानलाई रोकेको आरोप कर्मचारीहरुले लगाएका छन् ।
यसरी नागरिकता लिएको हो या हैन भन्नेबारे बस्नेतमाथि छानबिन भइरहेको अवस्थामा बस्नेतलाई सो परिषद्बाट सिधै योजना शाखा र प्रशासन शाखाको दोहोरो जिम्मेवारी दिने गरी सरुवा गरेपछि सो विषयमा भएको छानबिन रोकिन पुगेपछि परिषद्भित्र नै असन्तुष्टि बढेको छ ।
बस्नेतलाई किर्ते नागरिकताको अभियोगमा छानबिनमा राखेर कारबाही गर्नुपर्नेमा उल्टै महत्वपूर्ण जिम्मेवारी दिइएका कारण परिषद्भित्र असन्तुष्टि बढेको छ । परिषद्स्थित एक उच्च स्रोतका अनुसार मन्त्री र सचिवबीच करोडौँ रुपैयाँको चलखेल भएकै कारण कारबाही हुनुपर्ने मान्छेलाई मन्त्रीबाट थप जिम्मेवारी दिइएको दाबी गरेको छ । उनको नागरिकता माथि छानबिन भइरहेको समयमा प्रशासन शाखाको जिम्मेवारी दिएर मन्त्री थापाले किर्तेकाण्डमा मुछिएकालाई जोगाउन लागिपरेको परिषद्का कर्मचारीहरु बताउँछन् ।
उनको पहिलो नागरिकताअनुसार सेवामा प्रवेश गरेकाले अवकाश पाइसक्नुपर्ने हो तर दोस्रो नागरिकताअनुसार पदबहालमा नै रहेको भन्दै नविन योगीले गत वैशाख ७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । उजुरीपत्रमा निर्देशक बस्नेतले तत्कालीन सुनाकोठी गाविसबाट दुईवटा नागरिकता लिएको प्रमाणको प्रतिलिपिसहित कारबाहीका लागि माग गरेका थिए । झूटो नागरिकता विवरण बनाएर एक वर्ष बढी जागिर खान खोजेको आरोप लगाउँदै योगीले छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
बस्नेतले सुरुमा लिएको नागरिकता प्रमाणपत्रको नम्बर १२६९/२०३५ र ३६ रहेको छ भने अर्को नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा भने २/२०५ नम्बर उल्लेख गरिएको छ । निर्देशक बस्नेतले नागरिकतामा दुईवटा नम्बर मात्रै होइन, प्रतिलिपि बनाउँदा समेत जन्ममिति एक वर्ष घटाइएको उजुरीमा दाबी गरिएको छ । बस्नेतले २०३५ चैत २८ गते नागरिकता लिँदा सो नागरिकतामा १८ वर्ष उमेर खुलाइएको देखिन्छ भने दोस्रोपटक २०४४ माघ ११ गते प्रतिलिपि बनाउँदा २०१८ असार १५ को मिति राखिएको छ ।
उजुरी भएपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले ४७७२ नम्बरमा दर्ता गरेको थियो मन्त्री थापाले निर्देशक बस्नेतलाई च्याप्ने तथा बस्नेत स्वयंले सीडीओ कार्यालयलाई प्रभावित बनाउन समेत थालेको सतर्कता केन्द्रमा परेको उजुरीमा उल्लेख छ । सतर्कता केन्द्रले परिषद्मा गत वैशाख १० गते पत्र लेखी सोबारे जानकारी दिन भनिएको थियो । केन्द्रका शाखा अधिकृत ध्रुवप्रसाद ढोडारीले पत्र काटेको महिना दिन लाग्नै लाग्दा पनि परिषद्ले अझै जवाफ दिएको छैन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै