logo

यार्सागुम्बाको महाकुम्भ मेला सुरु

मृत्यु जितेर मात्रै यार्साबाट कमाइ

रामचन्द्र न्यौपाने
त्रिपुराकोट डोल्पा, जेठ ३
जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटन यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्नथालेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो ।
मध्यवर्ती क्षेत्रभित्रकालाई एक हजार, मध्यवर्ती क्षेत्रबाहिर डोल्पा जिल्लाका सर्वसाधारणलाई दुई हजार पाँच सय र जिल्ला बाहिरकालाई तीन हजार पाँच सय रकम तोकिएको निकुञ्जले जनाएको छ । डोल्पामा सयौँको संख्यामा रहेका यार्सागुम्बा पाटनमा दशौं हजार सर्वसाधारण वनस्पति र जीवको दुवै गुण पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा पुगिसकेका छन् । यार्सागुम्बा टिपेर आम्दानी गर्नका लागि गर्भवती, सुत्केरी महिला दूधेबालक च्यापेर यार्सागुम्बा पाटन पुगेका छन् ।
आम्दानीको मुख्य स्रोत :- बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोत हो । नेपालमै गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने क्षेत्रको रूपमा समेत डोल्पा चिनिन्छ । डोल्पाली जनताको जीवनस्तरसँग जोडिएको यार्सागुम्बाको संकलनका लागि वर्षेनी दशौँ हजार सर्वसाधारण बन्दोबस्तीका सामानसहित डोल्पाका उच्च हिमाली यार्सागुम्बा पाटनमा पुग्ने गर्दछन् । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि डोल्पामा यार्सागुम्बाको महाकुम्भ मेला सुरु भएको छ ।
यार्सागुम्बा संकलन गरी वर्षभरिको खर्च जुटाउने लक्ष्यसहित डोल्पाबाट मात्रै नभइ छिमेकी जिल्ला रुकुम जाजरकोट, जुम्लालगायतका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण डोल्पाका उच्च हिमाली भू–भागमा पुगेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ का लोकमान श्रेष्ठ पनि बन्दोबस्तीका सामानसहित भाङ्का पाटनमा यार्सागुम्बा टिप्न पुगिसकेका छन् । साना बच्चाबच्चीलाई घर कुरुवाको भरमा घरमै छाडेर पाटन हिँडेका श्रेष्ठ यसवर्ष एक महिने अवधिमा दुई लाखसम्म कमाउने लक्ष्य रहेको बताउँछन् । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाकै जमानसिंह कठायत पनि विगत वर्षजस्तै यसपटक पनि यार्सागुम्बा टिपेर राम्रो आम्दानी गर्ने सुरमा छन् । पाटनमा पुगेर यार्सागुम्बा टिप्ने आफू एक्लैले दुई लाख रुपैयाँसम्म कमाउने लक्ष्य रहेको उनले बताए । यार्सागुम्बाबाट धेरैले राम्रो आम्दानी गर्नसके पनि कतिपयले भने उल्टो नोक्सानी व्यहोर्नुपर्दछ । यार्सागुम्बा टिप्ने समयमा ५०औँ हजारका उधारो सामान लिएर पाटन पुग्छन्, भनेजति यार्सागुम्बा नपाएपछि घरको अन्य आम्दानीबाट उधारो रकम चुक्ता गर्नुपर्दछ । त्यसो त यार्साको कमाइको साटो साहुसँग ऋण काढेर व्यापारीको उधारो चुक्ता गर्दा ऋणबाट माथि उठ्न नसकेका थुप्रै उदाहारण छन् ।
यार्साले बनायो सुनसान :- यार्सारुपी सुन खोज्नु डोल्पालीको रहर नभइ नियति नै हो । वर्षभरिको कमाइ गर्न हिमाली भेगमा पुग्नु उनीहरूको रोजगारी हो । त्यसो त यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्नका लागि गाउँबस्ती नै सुनसान पारेर डोल्पावासी यार्सागुम्बा पाटनको यात्रा तय गरिसकेका छन्् । यहाँका करेलीकाँडा, पहाडा, सुँ, ल्हा, माझफाल, रह, तल्लो डोल्पाका कालिका, नर्कु, इल, उपल्लो डोल्पाका साल्दाङ, भिजेर, मुकोट, फोक्सुन्डोलगायतका बस्ती सुनसान छन् । पशु चौपायासहित दूधेबालक, सुत्केरीसहित पाटनतिर गएपछि यहाँका बस्ती सुनसान बन्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय नैनानन्द देवकोटाले बताए । गाउँघरमा वृद्धवृद्धाबाहेक अरु कोही नभेटिने गरेपछि काम गर्ने मान्छे नपाउँदा जेठबाट सुरु हुने धान रोपाइँ गर्नसमेत समस्या हुने गरेको देवकोटाले बताए । प्रतिगोटा पाँच सयदेखि १५ सयसम्म पर्ने यार्सागुम्बा समयको प्रभाव छिमेकी जिल्ला रुकुम, जाजरकोटमा पनि धेरै पर्नेगर्दछ । यार्सागुम्बा समयमा रुकुम जाजरकोटवासी समेत घरमा ताला लगाएर परिवारसहित यार्सागुम्बा खोज्न डोल्पा पुग्छन् ।
मृत्यु जितेर कमाइ :- यार्सागुम्बा संकलन गर्नु सोचेजति सहज छैन् । हिमालका उच्च भू–भागसम्म पुग्नु मृत्युलाई जिते सरह हो । चार हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाली पाटनमा मात्र पाइने यार्सागुम्बा संकलन गर्नु अत्यन्तै जोखिमपूर्ण कार्य हो । वर्षेनी थुप्रै सर्वसाधारणको चिसो र लेक लागेर मृत्यु हुनेगर्दछ । यार्सागुम्बा पाइने हिमाली पाटनसम्म पुग्न अप्ठेरा र अनकन्टार भिरका बाटा पार गर्नुपर्दछ । यार्सागुम्बा पाटन पुगिसकेपछि पनि भारी हिमपात, वर्षाकाबीच पनि दिनभर घुँडा धसेर खोज्नुपर्ने हुँदा अत्याधिक चिसोका कारण धेरैजना बिरामी पर्ने र कतिपयको त निधनसमेत हुने गरेको त्रिपुरासुन्दरी–१ का कालुप्रसाद हमालले बताए ।
विद्यालय बन्द, कार्यालयको कामकाज प्रभावित :- बहूमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्ने समय शुरु भएलगत्तै डोल्पाका अधिकांश विद्यालय बन्द भएका छन् । विद्यार्थी मात्र नभइ शिक्षक पनि यार्सा टिप्न पाटनतर्फ जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । औपचारिक बिदा नभए पनि सम्पूर्ण विद्यार्थी यार्सागुम्बा पाटन जाने गरेरकाले विद्यालय स्वतःबन्द हुने गरेको त्रिपुरा माविका प्रधानाध्यापक हेमराज हमालले बताए । त्यस्तै यार्सागुम्बा संकलनकाने समय सुरु भएसँगै जिल्लाका आठवटै स्थानीय तहमा सेवाग्राहीको चाँप घटेको छ । सर्वसाधारण सबै यार्सागुम्बा टिप्न पाटन गएपछि सेवाग्राहीको चाँप घटेको त्रिपुरासुन्दरी नगरपालिका प्रशासकीय अधिकृत भीम धरलाले बताए । त्यस्तै मुख्य बजार समेत सुनसान बन्दै गएका छन् भने यार्सागुम्बा पाइने सयौँ पाटन भने रंगीचंगी पालले रंगिएका छन् ।
तीनवटै सुरक्षा निकाय परिचालन :- यार्सागुम्बा संकलनको समयलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तीनवटै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि सुर्खेतबाट ७५ जनाको संख्यामा सशस्त्र प्रहरी डोल्पा आइपुगेको छ । त्यस्तै १ सय ५० भन्दा धेरै प्रहरी परिचालन गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए । निकुञ्ज सुरक्षार्थ नेपाली सेना पनि तोइजुम, छेप्का, सुन्दरलगाएतका पोष्टमा सेना बसिरहेको शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
यार्सागुम्बा सिजन अवधिभर हुने हत्या, हिंसा, लुटपाट,चोरी डकैटीलाई नियन्त्रण गर्नका लागि तीनवटै सुरक्षा निकाय परिचारलन गरिएको बताइएको छ । यतिखेर यार्सागुम्बाको कारोबारका लागि करोडौँ रुपैयाँ बोकेर व्यापारी डोल्पा भित्रने गर्दछन् । जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै त्रिपुराकोट, कालागौँडा लगायतका नाकामा प्रहरीले विशेष सर्तकता अपनाएको जिप्रका डोल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मन्त्री पुन र चीनका लागि नेपाली राजदूत पौडलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको...

कर्णाली प्रदेशमा लगानी सुरक्षाको चिन्ता नगर्न निजी क्षेत्रलाई आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्नको लागि सुरक्षाको चिन्ता...

हेमबहादुर मल्ल पुरस्कार लोकसेवा अध्यक्ष मैनालीलाई

साल्ट ट्रेडिङ कर्पोरेसनको प्रायोजनमा स्थापित हेमबहादुर मल्ल सम्मान पुरस्कार लोकसेवा आयोगका अध्यक्ष...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै