logo

परिश्रमी पराजुली : एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

बनियानी, झापा, जेठ २
पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन् । उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका छन् । हाल उनको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उनले बताए । २०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गरेको पराजुलीले चार वर्षमा आफ्नो फर्ममा रु एक करोड २० लाख ९० हजार लगानी गरिसकेका छन् । पराजुली व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय किसानसमेत बनेका छन् भने मनग्ये आम्दानी गर्न सफल पनि भएका छन् ।
“अहिले देशभरबाट बाख्राको माग भइरहेको छ”, परिश्रमी पराजुलीले भने, “सुर्खेत, पर्वत, भक्तपुर, स्याङ्जासहित पूर्वका विभिन्न जिल्लाका किसान बाख्रा खरिद गर्न आउछन् ।” उनले सुर्खेतका एक किसानलाई २२ महिनाको १३२ केजी बोयर बाख्रा रु चारलाख ६५ हजारमा बिक्री गरेको सुनाए । स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर मेहनत गरे असम्भव केही नभएको उनी सुनाउछन् । उनले बाणिज्य बैंकबाट रु ५९ लाख ऋण लिएको बताउँदै भने, “पारिवारिक रुपमा पनि सरसहयोग लिएको छु÷पाइरहेको छु ।” “मासुका लागि बोयर जातको बाख्रा राम्रो मानिन्छ, उत्पादनका दृष्टिले पनि राम्रो छ” उनले बाख्राको गुण बयान गर्दै भने, “बोयरको मासु रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको माग बढ्दै गएको छ ।” बोयर जातको बाख्राले दुई वर्षमा तीन पटक पाठापाठी ब्याउने गरेको छ । “हरेक पटक जुम्ल्याहा पाठापाठी दिन्छ” उनले भने । उनले पशु आहारका लागि व्यक्तिगत एक बिगाह र भाडामा तीन बिगाह जग्गा लिएका छन् भने असारमा रु ३८ लाखको बाख्रा थप्ने तयारी रहेको बताए । फर्ममा दुईजनाले रोजगारीसमेत पाएका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको बीउ बिक्री भएन

नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन...

नियमन अभावले कृषि सुविधाको व्यापक दुरुपयोग

राज्यले कृषि क्षेत्रको विकासको लागि ट्रयाक्टरमा दिने सेवा, सुविधाको उद्योगी व्यवसायीबाट व्यापक रुपमा दुरुपयोग...

बाइस हजार बिरूवा वितरण

स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै