logo

धरहराको पुनःनिर्माण छिटो हुन्छ – मन्त्री अधिकारी

काठमाडौँ, जेठ २
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताएका छन् । विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा रहेको धरहराको पुनःनिर्माणमा विभिन्न निकायले स्वार्थका कारण विवाद गरेकोमा चिन्ता व्यक्त गरे ।
ऐतिहासिक सम्पदास्थल काष्ठमण्डपको पुनःनिर्माण शुरु भइसकेको जानकारी दिँदै उनले रानीपोखरीको पनि विवाद छिट्टै अन्त्य गरी निर्माण कार्य अगाडि बढ्ने बताए । इतिहासविद् तुलसीराम वैद्य, प्राडा त्रिरत्न मानन्धर, शंकर थापा र सुरेन्द्र केसीले भूकम्पबाट ध्वस्त भएका सम्पदा अहिलेसम्म बन्न नसकेकामा चिन्ता व्यक्त गर्दै मुलुकबाट विभिन्न समयमा चोरी भई हराएका महत्वपूर्ण सम्पदा फिर्ता गर्न माग गरे । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले कानूनी जटिलताका कारण विभिन्न समयमा आउने समस्याले सम्पदा पुनःनिर्माणका कार्य अपेक्षाकृत रुपमा अगाडि बढाउन नसकिएको स्वीकारे । नेपाल एयर एभिएसन म्युजियमका क्याप्टेन वेद उप्रेती, अभियन्ता रवीन्द्र पुरी, नेपाल राष्ट्रिय जातीय सग्रहालयका महासचिव धनबहादुर कुँवर, सह–प्राध्यापक खड्ग केसी, पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पालगायतले मुलुकको इतिहास, पर्यटन, संस्कृति र सम्पदाको महत्वका बारे विचार व्यक्त गर्दै यस क्षेत्रको विकासमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।
एशोसिएसनका अध्यक्ष प्रेमसिंह बस्न्यातले विभिन्न जाति समुदायको बसोवास रहेको मुलुकमा सबैका संस्कृतिलाई सरकारले संरक्षण गरी राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन सकिने बताउँदै सरकारले स्थानीय समुदायसँग समन्वय गरी सम्पदा तथा संस्कृतिको जर्गेना गर्नुपर्ने बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोडर्न होम बिल्डर्स खुल्यो

निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्रा लि खुलेको छ । काठमाण्डौको चावहिलमा...

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।...

प्रगतिशील उम्मेदवारको घोषणा

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै