logo

प्रतिनिधिसभा–विशेष समय

काठमाडौँ, जेठ २
प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराएका छन् । सांसद भरतबहादुर सिंहले बझाङ जिल्लामा केही दिनयता परेको असिना पानीले गहुँ, जौ, फलफूललगायतका अन्नबाली नष्ट गरेकाले असिनापीडित जिल्लाको रुपमा घोषणा गरी कृषकलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन माग गरे । असिना पानीपछि आएको पहिरोबाट जयपृथ्वी राजमार्ग अवरुद्ध भएको, एकै परिवारका पाँचजना पहिरोमा परेको जनाउँदै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउन अनुरोध गरे । सांसद दिलेन्द्रप्रसाद बडूले सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको विमान दुर्घटनामा चालक दलका सदस्यको निधन भएको विषय सदनलाई जानकारी गराउँदै विमान दुर्घटनाका घटनालाई दोहोरिन नदिने उपाय अबलम्वन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अन्जना विशंखेले अन्तरजाति विवाह भएकै कारण मृत्युवरण गर्ने अवस्थालाई सरकारी संयन्त्रले बल पु-याइरहेको आरोप लगाउँदै काभ्रेका कल्पना पराजुली र अजित मिजारबीचको अन्तरजातीय विवाहले निम्त्याएको घटनाक्रमको फेहरिस्त सुनाइन् । सांसद प्रमोद साहले नवलपुर–मलंगवा सडक निर्माण शुरु भएको आठ वर्षसम्म पनि ज्यूँका त्यूँ अवस्थामा रहेकाले सरकारले त्यस सडक निर्माणमा विशेष चासो देखाउनुप-यो भने । अर्का सांसद् विमल श्रीवास्तवले मुलुकमा राजनीतिक परिवर्तन भएपनि हाम्रो सोच र दृष्टिकोणमा परिवर्तन हुन नसकेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा देखिएको बताए ।
सांसद प्रेम सुवालले संसद् सञ्चालनसम्बन्धी नियमावलीमा फौज्दारी अपराधमा संलग्न हुने सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवाद गरेर नियमावली प्रस्तुत हुन नसक्नु बेठीक हो भने । सांसद नवराज रावल सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालनमा देखिएको व्यवधान सुल्झाउन तथा सुर्खेत अस्पताललाई सुव्यवस्थित तुल्याउन तथा कारागारको अवस्था निकै दयनीय रहेकाले सुधार गर्न सरकारसँग अनुरोध गरे । सांसद भरतकुमार शाहले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमबाट विमान अवतरण गर्ने रुट अनुमतिका लागि समयमै पहल गर्न आग्रह गरे ।
सांसद इन्दुकुमारी शर्माले यो सरकार पुरानो सरकारको निरन्तरता नभएर जनताको निकै आशा र भरोसाको सरकार भएकाले चुरे शृंखलाको दोहनलाई रोक्न ठोस कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन् । अर्का सांसद छक्कबहादुर लामाले आज हुम्लामा हवाई दुर्घटनामा ज्यान गएका चालक दलका सदस्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै हुम्लामा वर्षा अगावै खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन आग्रह गरे । सांसद झपट रावलले केही दिनअघि कैलालीमा आएको हावाहुरीबाट केही व्यक्ति घाइते भएको, धेरै विद्यालयका छाना उडाएको, बालीनाली नष्ट भएको जानकारी गराउँदै घाइतेको उपचार र पीडितलाई क्षतिपूर्तिका लागि माग गरे ।
राष्ट्रसेवक कर्मचारी जनताको काम गर्नुको साटो सामाजिक सञ्जालमा रमाउने गरेको घटना बढेकाले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने नीति बनाउन सरकारलाई उनले सुझाव दिए । सांसद लक्ष्मी परिवारले प्रतिनिधिसभाको निर्वाचनको क्रममा बम आक्रमणमा परेर घाइते भएका पूर्व सांसद नारायण कार्कीलगायतलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । अर्का सांसद दुर्गा पौडेल र निरु पालले महेन्द्रनगर अस्पताललाई व्यवस्थित तुल्याउन तथा दोधरा र चाँदनीमा भारतीय पक्षबाट हुँदै आएको थिचोमिचोबाट नेपाली जनताले दुःखकष्ट खेप्नु परेको बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

“चोरि गरेका धनमाल सहित पक्राउ”

विगतकेही समय देखिकाठमाण्डौ उपत्यकाभित्र चोरी गर्ने क्रम बढीरहेको सिलसिलामा यसै कार्यमा संलग्न रहेका बिभिन्न...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन...

रोम विधान अनुमोदन गर्न प्रमको ध्यानाकर्षण

जिल्लास्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार सञ्जालले आज संयुक्त रुपमा अन्तर्राष्ट्रिय...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै