logo

एमाले–माओवादी पार्टी एकता घोषणा भोली नै हुने संकेत

काठमाडौ जेठ २

एमाले माओबादी पाटी एकता भोली बिहिबार हुने भएको छ । भोली नै नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा गएर दर्ता गर्ने बताईएको छ । बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि पार्टी एकता गर्ने सहमति जुटेको हो ।
जेठ ३ गते मदन भण्डारी स्मृति दिवस रहेकोले सोही दिन पार्टी एकता गर्ने सहमत्तिमा दुबै दल पुगेको बताईएको छ । भण्डारी स्मृति दिवस दिन पारेर एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई पनि बोलाइएको छ । कार्यक्रमपछि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन बताईएको छ ।
एमाले र माओवादी पार्टी एकता गर्ने सहमति गर्दै गठबन्धन बनाएर चुनाव लडेका थिए । कार्यदल बनाएर बैचारिक, राजनीतिक विषयहरुमा प्रतिवेदन पनि बनाएका छन् । बाम गठवन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई दलले निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए । तर दुई पार्टी बिच जनयुद्ध भन्ने शब्द विधानमा राख्ने नराख्ने , निर्वाचन चिन्ह , बराबरीको सिद्धान्तका आधारमा केन्द्रीय समिति , आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकारको नेतृत्व आलोपालो गर्नेजस्ता विषयमा सहमति नहुँदा पार्टी एकता हुन सकेको थिएन् ।

यस अघि लेलिन दिवसको अवसर पारेर वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि उक्त दिन एकता हुन सकेन । पार्टी एकता नभएपनि लेलिन दिवसको दिन सयुँक्त रुपमा आयोजना गरिएको कार्यक्रममा एमाले माओबादी कार्यकत्र्ता विच व्यानरको निहँमा लफडामा समेत परेको थियो । त्यसपछि नेताहरूबीच दूरी बढ्दै गएको थियो । तर पछिल्लो चरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सकिए लगत्तै एमाले माओबादी पार्टी एकता गर्न सहमत भएका हुन् । भारतीय प्रधानमन्त्री मोदीसंग प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै एक्लाएक्लै भेटवार्ता गरेका थिए ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पर्यटन प्रवद्र्धन अभियान सुरु

उद्योग वाणिज्य संघ चितवनले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि अभियान सुरु गरेको...

ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण

सुजुकीका चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ...

किस्टद्वारा लुभुको प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त परीक्षण तथा उपचार सुरु

किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै