logo

दलितलाई मठमन्दिरसहित ब्राह्मणको घर भित्र्याउँदै कांग्रेस

गुल्मी, जेठ २
नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ को वैशाख १ गतेबाट सुरु गरेको ‘गाउँ जाऔँ गाउँमै रमाऔं’ ५० दिने महाअभियानको पहिलो चरणको तीनहप्ते कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न पहिलो चरणको अभियानले सकारात्मक सन्देश दिन सफल भएको कांग्रेसको समीक्षा बैठकले निष्कर्ष निकाले पनि विपक्षीहरुको टीका–टिप्पणी उसका लागि चुनौतीको विषय बन्दै आएको छ । जिल्लाका ९३ वटै वडामा पुगेका जिल्ला प्रतिनिधि दलितहरुको घरमा बस्ने खाने र त्यही क्रममा कांग्रेसले ब्राह्मण क्षेत्री र जनजाति समुदायका प्रतिनिधिहरुलाई दलितको घरमा बस्ने खाने र त्यहीबाट अभियान सञ्चालन गराएको थियो । कांग्रेसले दोस्रो चरणको अभियानमा ९३ वटै वडामा ब्राह्मण, क्षेत्री र जनजाति समुदायको घरमा दलित समुदायलाई प्रवेश गराउने निर्णय गरेको हो । सात हप्ते अभियानको तीन हप्ते अभियान सकेर पूर्वनिर्धारित कार्यक्रमअनुसार चौँथो हप्ता जिल्ला कार्यसमितिले आयोजना गरेको समीक्षा बैठकले यस्तो निर्णय गरेको मंगलबार बिहान पत्रकार सम्मेलनमा पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए । सचिव पन्थीले भने, ‘त्यति मात्र होइन, अझै पनि समाजका सार्वजनिक मठ–मन्दिरमा दलितहरुलाई प्रवेश गराइएको छैन, अब हामी ती मठ–मन्दिरभित्र दलितहरुलाई प्रवेश गराई सबै जातजातिले सामूहिक रुपमा पूजा–पाठ समेत गराउँदै छौं ।’ पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले यस कार्यलाई सघाउ नपु¥याउने अर्थात् दलितहरुलाई विभेदकै नजरले हेर्ने कार्यकर्ताको पार्टी सदस्यता नै खारेज गरिने र त्यस्ता मानसिकता भएका नागरिकलाई पार्टी सदस्यता नै नदिने चेतावनी दिएका छन् ।
मदिरा नियन्त्रणमा महिला अभियान :- त्यस्तै महाअभियानको दोस्रो चरणको पाँचौँ हप्तादेखि कांग्रेसले महिला संघका कार्यकर्ताहरुमार्फत सामाजिक विकृति विसंगतिविरुद्ध अभियान छेड्ने भएको छ । पार्टी सचिव विष्णुकुमारी सापकोटाको नेतृत्वमा यस्तो अभियान छेड्न लागिएको हो । नेतृ सापकोटाले भनिन्, ‘महिला हिंसाको मुख्य कारक व्याप्त मदिरा सेवन पाइयो, जसलाई हामी नियन्त्रण गर्न जिल्लाभर अभियान छेड्दै छौं ।’

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राष्ट्र वहस (२०७५) सम्पन्न

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवर्द्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक...

युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ...

शान्ति समाजको २१औं राष्ट्रिय परिषद् बैठक बिराटनगरमा

शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक विराटनगरमा ३०० भन्दा बढीको सहभागिता हुने भएको छ । मानव अधिकार, शान्ति,...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै