logo

बहसमा शैक्षिक भ्रष्टाचार

बाबुकाजी कार्की
शैक्षिक नीतिनियम पाठ्यक्रम र विषयवस्तु विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रष्फुटन गर्ने खालको हुनुपर्दछ । शिक्षामा समता, समानता र समावेशितालाई आत्मसात गर्दै पहुँचको विकास र विस्तार गरेर जीवनोपयोगी गुणस्तरीय शिक्षा आर्जन सक्ने वातावरण बनाउन सकेमा मात्र देशको शिक्षा प्रणाली सफल भएको मानिन्छ । शिक्षण संस्थामा मर्यादित वातावरणमा पठनपाठन सञ्चालन गर्न विभिन्न कुराले प्रत्यक्ष÷परोक्ष रुपमा नकारात्मक असर पारिराखेको पाइन्छ । शिक्षण संस्था सबै खाले आन्दोलनको क्रिडास्थल बनेको कारणबाट सदाचारभन्दा भ्रष्टाचार मौलाएको यथार्थता हो । विद्यमान शैक्षिक कानुन, नीतिनियम सर्वमान्य परम्परा, रीतिरिवाज, सामाजिक मूल्यमान्यता एवं सभ्य संस्कार संस्कृतिले तोकेको विधि र प्रक्रिया मिचेर व्यक्तिगत लाभ र स्वार्थ पूर्तिका लागि गरिने गैरकानुनी आचरण भ्रष्टाचार हो । सदाचार, सभ्य सुशील तथा स्वाभिमानी आदर्श नागरिक उत्पादन गर्ने अनुशासित एवं व्यावहारिक शिक्षा हासिल गर्ने शेैेक्षिक वातावरणमा नै भ्रष्टाचारजन्य गतिविधि हुनु दुःखद अवस्था हो । यस्तो अस्तव्यस्त शैक्षिक वातावरण र परिवेशमा शिक्षा आर्जन गरेका जनशक्तिबाट अन्य क्षेत्रमा भ्रष्टाचार हुनु अनौठो होइन । तसर्थ सबै खाले भ्रष्टाचारको जडको रुपमा रहेको शैक्षिक भ्रष्टाचारलाई समयमा नै आक्रमक योजनाका साथ सम्बोधन गर्नु दूरदर्शी सोच हुन सक्छ ।
भ्रष्टाचारलाई विभिन्न पक्षहरुमा वर्गीकरण गरेर हेर्न सकिन्छ । नीतिगत भ्रष्टाचार, आर्थिक भ्रष्टचार, शैक्षिक भ्रष्टाचार, सांस्कृतिक, धार्मिक आदि भ्रष्टाचार पर्न सक्छन् । सेवाग्राहीको गुणस्तरीय सेवा प्राप्त गर्न विमुख बनाएर गैरकानुनी रुपमा सिर्जित व्यक्तिगत स्वार्थ पूर्ति गर्न नीतिनियम विधि प्रक्रियालाई मिचेर गर्ने जुनकुनै कार्यलाई भ्रष्टाचारको परिभाषाभित्र ल्याउन सकिन्छ । विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रत्यक्ष वा परोक्ष नकारात्मक असर पर्ने गरी तोकिएको सेवा शर्त पूरा नगरी शिक्षण संस्था सञ्चालन गर्नुलाई शैक्षिक भ्रष्टाचार भन्न सकिन्छ ।
शिक्षाको विकास भएमा मात्र देशको विकास हुने यथार्थतालाई आत्मसात गरेर शिक्षामा पर्याप्त लगानीको तर्जुमा गरिनु पर्दछ । शिक्षामा राज्यको प्राविधिक, भौतिक, आर्थिक, मानवीय साधन र स्रोतको लगानी मात्रको भर नपरेर अभिभावक, नागरिक समाज तथा स्वयं विद्यार्थीको समयको (उमेर) को लगानीसमेतको तादाम्यताले मात्र गुणस्तरीय शिक्षाको विकास र विस्तार हुने वास्तविकतालाई नजर अन्दाज गरिनु हुँदैन । वर्तमानमा शिक्षा क्षेत्रमा आशातीत प्रगति हुन नसकेको गुनासाहरु वास्तविकताको नजिक छन् । विद्यालयमा पूरा समय पढाइ नहुनु, आर्थिक अनुशासन फितलो रहनु, आचारसंहिता, अनुशासन किताबमा सीमित रहनु जस्ता नकारात्मक प्रवृत्तिले शिक्षण संस्थामा सदाचारभन्दा भ्रष्टाचार मौलाउने क्रम बढ्दो छ । शिक्षा क्षेत्रमा देखिएका भ्रष्टाचारका केही उदाहरणहरु यसप्रकार छन् । निःशुल्क शिक्षा भनी कानुनी व्यवस्था नभए पनि कतिपय सामुदायिक विद्यालयले पनि भर्ना, धरौटी र चन्दा सहयोग आदि शीर्षकमा रुपमा शुल्क मनोमानी ढंगले लिने गरेका छन् । त्यस्तै निजी विद्यालयहरुले कानुनमा तोकिएको भन्दा बाहेक अतिरिक्त शीर्षक (भवन, शैक्षिक सामग्री, चिठ्ठा, कोचिङ, ट्युसन आदि) तथा तोकिएको शीर्षकमा अधिकतम शुल्क मनोमानी ढंगबाट लिएका गुनासाहरु प्रशस्त आउने गरेका छन् । अर्कोतर्फ कक्षामा तोकिएको पूरा समयसम्म राम्रोसँग नपढाउने तर अतिरिक्त शुल्क लिएर विद्यार्थीलाई कोचिङ्ग, ट्युसनमा पढ्न वाध्य बनाउनुका साथै विद्यार्थीलाई ड्रेस, टाई, बेल्ट, कापी र किताबलगायतका सामग्री स्वतन्त्ररुपमा बजारमा किन्न नदिएर विद्यालय स्वयं वा तोकेको पसलबाट किन्न बाध्य पार्नुलाई भ्रष्टाचारजन्य गतिविधि भन्न सकिन्छ । विद्यमान शिक्षा ऐन नियमले तोकेको सेवा शर्त (भवन, खेल मैदान, पिउने पानी, शौचालय, शिक्षक, कर्मचारी आदि) को समुचित व्यवस्था नगरी विद्यालय सञ्चालन गर्नु गराउनु । होस्टेल, क्याफ्टेरिया, पुस्तकालय, प्रयोगशालाको चर्को शुल्क लिएअनुसारको गुणस्तरीय खाद्य सामग्री उपलब्ध नगराउनु ठगी हो ।
सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने बेलामा अनेक हथकण्डा अपनाएर चयन हुने प्रतिस्पर्धा किन गरिन्छ ? स्पष्ट छ, विद्यालयको निःस्वार्थ सेवा गर्नेभन्दा पनि शिक्षक कर्मचारीको नियुक्ति गर्दा पारदर्शी रुपमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा नगराएर राम्रो भन्दा आफ्नो मान्छेलाई प्राथमिकता नियुक्त गर्ने र आर्थिक चलखेल गर्नु निहित स्वार्थ भएको देखिन्छ । सामुदायिक विद्यालयमा छद्म शिक्षकको ९घोस्ट टीचर० नाम राखेर सरकारी अनुदानको दुरुपयोग गर्नु, विद्यार्थी संख्या ढाँटेर काल्पनिक संख्या मिथ्यांकको आधारमा विभिन्न शीर्षकमा सरकारी सेवा सुविधा लिनु, शैक्षिक योग्यता ढाँटेर नक्कली प्रमाण पत्रका आधारमा जागिर खानु । वास्तविक शिक्षक अरु नै पेसामा लागेर आफ्नो दरबन्दीमा खेतला शिक्षक राख्नु सामान्य भएको पाइन्छ । विद्यालय कम्तीमा दुई सय २० दिन पनि नखुल्नु, खुले पनि पढाइ नहुनु, शिक्षक र विद्यार्थीको अनुपस्थिति दर उच्च हुनु, विद्यालयको लेखापरीक्षण नगराउनु गराए पनि सबै हिसाबकिताब नदेखाउनु, विद्यालयको आर्थिकलगायतका गतिविधिको सामाजिक परीक्षण नगर्नु, विद्यालयलाई दिइने साधनस्रोत (आर्थिक अनुदान, भौतिक सुविधा, शिक्षक कोटा वितरण) वितरणमा अपारदर्शी एवं राजनीतिकरण गरिनु आदि पनि भ्रष्टाचारका रुपहरु हुन् । किनकि त्यहाँ राज्यले कानुनी रुपमा तोकिएका आधारहरु मिचिएका हुन्छन् ।
यस्ता प्रकृतिका गतिविधिले शिक्षण सिकाइलाई कमजोर बनाउँछ, विद्यार्थीले आफ्नो योग्यता र क्षमताअनुसार सहज वातावरणमा पढ्न पाउँदैनन जसको परिणामस्वरुप परीक्षामा जसरी पनि पास हुन र राम्रो अंक ल्याउने विकल्पको रुपमा चिट चोर्ने जस्तो अनैतिक र अनियमित बाटो रोज्न विवस छन् । परीक्षाको समयमा मात्र अनुशासित र मर्यादित बनाउने प्रयासले समस्याको जरो र समाधानको चुरो पहिल्याउन सकिन्न । यसको लागि त शिक्षण संस्थाको दैनिक गतिविध र व्यवस्थापनमा भ्रष्टाचारलाई नभएर सदाचारलाई प्रोत्साहित गर्ने अनुशासित, मर्यादित बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन । विद्यार्थीले चिट चोर्नु भ्रष्टाचाररुपी शैक्षिक रोगको लक्षण मात्रै हो । यसको नियन्त्रण रोगको दीर्घकालीन निदान नभएर लक्षणको क्षणिक उपचार मात्रै हो । वास्तवमा विद्यार्थीले सहज वातावरणमा पढ्न पाउने अधिकारमा विभिन्न सेवा प्रदायकहरुबाट भएको चिटिङको प्रतिफल हो चिट लोकप्रियता । तसर्थ शैक्षिक भ्रष्टाचार र चिट लोकप्रियता एक अर्काका पृष्ठपोषक हुन् भन्दा अन्यथा नहोला ।
शिक्षामा मौलाएको विद्यमान बेथितिलाई निरुत्साहित बनाउन कुनै एक व्यक्ति, संस्था निकायबाट मात्र सम्भव हुँदैन । किनकि शिक्षण संस्था र शिक्षण सिकाइ क्रियाकलाप समुदायसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले यसको व्यवस्थापनमा प्रत्येक व्यक्तिको सद्भाव, सहयोग र सहकार्य अपरिहार्य हुन्छ । त्यसकारण सरोकार सबै पक्षले शिक्षाको नीतिनियम बनाउँदा र कार्यान्वयन गर्दा यसको दूरगामी असरबारे चनाखो हुनुपर्दछ । विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, अभिभावक विद्यार्थीबीचको सौहाद्र्रता एवं साधानस्रोत सम्पन्न वातावरणमा मात्र गुणस्तरीय शिक्षाको परिकल्पना साकार हुन्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...

कृत्रिम गर्भाधान : गाईभैंसीको वंशाणुगत गुण सुधारको एक उपयोगी प्रविधि

दुग्ध व्यवसाय कुनै बेला समग्र कृषि पेसाको सहायकको रुपमा मानिन्थ्यो । तर आज समग्र पशुपालन साथै दुग्ध व्यवसाय...

आरोहणका लागि माछापुच्छ्रे किन नखोल्ने ?

हालै विभिन्न दैनिक, साप्ताहिक पत्रपत्रिका, तथा अनलाइन खबरहरुमा प्रकाशित एवं एफएम रेडियोहरुमा प्रसारित...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै