logo

जेटीईसँग सहकार्य गर्ने सामसुङको योजना

ह्वासियोड., जेठ २
सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले चिनियाँ दूरसञ्चार कम्पनीसँग सहकार्य गर्दै व्यापारिक सहकार्य विस्तारको योजना अघि सारेको छ । सामसुङले मोबाइल प्रोसेसर आपूर्तिको लागि विश्वभरका जेटीईलगायतका केही स्मर्टफोन निर्माताहरुसँग सहकार्यको योजना बनाएको हो । कम्पनीले अहिले अघि सारेको योजनाले आगामी दिनमा क्वालकोमजस्ता कम्पनीहरुसँगको प्रतिस्पर्धा बढ्नसक्ने देखिएको छ ।
पछिल्लो समय चिप्सको व्यापारमा केही अगाडि रहेको कम्पनीले अफ्नो व्यापारमा थप सुधार गर्नका लागि यस किसिमको योजना ल्याएको हो । कम्पनीले आफ्नो मोबाइल प्रोसेसर, इमेज सेन्सर र कारका विभिन्न चिप्सहरुको व्यापारमा सुधारको लागि यस किसिमको योजना अघि सारेको हो । अहिले सामसुङ कम्पनीले आफ्ना स्मर्टफोनहरुमा आफ्नो प्रोसेसरको प्रयोग गर्दै आएको छ भने बाहिरी स्मार्टफोन निर्माताहरुले भने उसको प्रोसेसरको प्रयोग खासै गर्ने गरेका छैनन् । उसको प्रोसेसरको प्रयोग गर्ने कम्पनीमा चीनको मैजु कम्पनी एक्लो हो । जसको कारण पनि आफ्नो व्यापारिक विस्तारको लागि सामसुङको यस्तो योजना आएको हो ।
सामसुङ कम्पनीको लोजिक चिप्स निर्माण एकाइका प्रमुख अहिले सामसुङ कम्पनी अन्य स्मार्टफोन निर्माताहरुसँग यस विषयमा वार्ताको क्रममा रहेको बताएका छन् । क्वालकोम कम्पनीका पूर्व अधिकारीसमेत रहेका उनले सन् २०१९ को सुरुवाती छ महिनासम्म कम्पनीले आफ्नो चिप्सहरु उपलब्ध गराउनसक्ने किसिमको अवस्था रहेको बताएका छन् । जेटीई कम्पनी अहिले अमेरिकाको प्रतिबन्धको सामना गरिरहेको अवस्थामा उक्त कम्पनीमा सामसुङको आँखा पुगेको हो । अमेरिकाले पनि जेटीईलाई अबको केही समयमा नै अमेरिकामा व्यापारको लागि अनुमति प्रदान गर्ने किसिमको संकेत गरेसँगै सामसुङको तर्फबाट यस किसिमको योजना आएको हो ।
अमेरिका–चीनको बीचमा जस्तो किसिमको वार्ता भए पनि आगामी दिनमा जेटीईसँगको आफ्नो वार्ता भने जारी रहने कम्पनीले बताएको छ । अहिले सामसुङ कम्पनीले गरेको निर्णयले आगामी दिनमा क्वालकोमको व्यापारमा भने दबाब सिर्जना गर्नसक्ने विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय स्मार्टफोनको व्यापारमा देखिएको केही कमजोर किसिमको नतिजाको कारण अहिले कम्पनी आफ्नो व्यापार विस्तारको योजनामा रहेको देखिएको हो । सासमुङ कम्पनीले अहिले आफूहरु स्वचालित कारको क्षेत्रमा काम गरिरहेको कम्पनीसँग पनि सहकार्य गरेर अघि बढ्ने योजनामा रहेको अधिकारीहरुले बताएका छन् । यद्यपि यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयूको आग्रह अमेरिकाद्वारा अस्वीकार

युरोपियन युनियन (ईयू)ले इरानमा काम गरिरहेका आफ्ना कम्पनीहरुमाथि प्रतिबन्ध नलगाउनका लागि गरेको आग्रहको...

दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिमा व्यापक गिरावट

दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिको नतिजामा गत जुन महिनामा व्यापक गिरावट आएको विवरण सार्वजनिक भएको छ ।...

बोइङका विमान किन्दै कतार एयरवेज

हवाइ सेवाप्रदायक कम्पनी कतार एयरवेजले बोइङका ७७७ मोडलका विमानहरु खरिद गर्ने भएको छ । सोमबार कम्पनीले बोइङका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै