logo

जर्मनीको आर्थिक सुधार सुस्त

बर्लिन, जेठ २
जमैनीको आर्थिक वृद्धिदरको नतिजा यस वर्षको सुरुवाती तीन महिनाको अवधिमा केही कमजोर रहेको विवरण सार्वजनिक भएको छ । जर्मनीले पछिल्लो एक वर्षभन्दा लामो समयपछि निकै कमजोर किसिमको आर्थिक नतिजा हासिल गरेको देखिएको हो । मंगलबार सार्वजनिक भएको नतिजाले यस वर्षको सुरुवाती तीन महिनामा जर्मनी आर्थिक हिसाबमा कमजोर रहेको देखिएको हो ।
जर्मनीको तथ्यांक विभागले दिएको जानकारीअनुसार यस वर्षको सुरुवाती तीन महिनामा जर्मनीले शून्य दशमलव ३ प्रतिशतको आर्थिक सुधारको नतिजा हासिल भएको पाइएको हो । अघिल्लो वर्षको अन्तिम तीन महिनाको अवधिमा शून्य दशमलव ६ प्रतिशतको आर्थिक सुधारको नतिजा हासिल गरेको मुलुकको लागि यस वर्षको सुरुवाती तीन महिनाको अवधि भने केही कमजोर रहेको देखिएको हो । अघिल्लो वर्ष तेस्रो त्रैमासिक अवधिमा उसले शून्य दशमलव ७ प्रतिशतको वृद्धिको नतिजा हासिल गरेको पाइएको थियो ।
अहिले सार्वजनिक भएको नतिजा जर्मनीको लागि सन् २०१६ को तेस्रो त्रैमासिक अवधिमा देखिएको आर्थिक सुधारयताकै सबैभन्दा कमजोर आर्थिक सुधारको नतिजा हो । उसले सो त्रैमासिक अवधिमा पनि शून्य दशमलव ३ प्रतिशतको आर्थिक सुधारको नतिजा हासिल गरेको थियो । यसअघि विश्लेषकहरुले पनि जर्मनीको आर्थिक सुधारको नतिजा शून्य दशमलव ४ प्रतिशतको सुधारको नतिजा हासिल हुनसक्ने अनुमान गरेका थिए । तथ्यांक विभागका अनुसार संरचना निर्माण तथा उपकरणको क्षेत्रको लगानीमा व्यापक मात्रामा वृद्धि भएको देखि पनि सरकारको खर्च भने केही कमजोर रहेको देखिएको हो ।
जर्मनीको आर्थिक क्षेत्र कमजोर रहनुको अर्को कारण जर्मनीको व्यापारिक नतिजा कमजोर रहनु पनि रहेको बताइएको छ । जर्मनीले यस वर्षको सुरुवाती तीन महिनाको अवधिमा आयात तथा निर्यात दुवै किसिमको व्यापारमा गिरावटको सामना गरेको छ । पछिल्लो समय जर्मनीको आन्तरिक मागको नतिजा भने उल्लेख्य रहेको बताइएको छ । केही कमजोर किसिमको आर्थिक सुधारको नतिजा हासिल भएको भए पनि जर्मनीको लागि यो लगातार १५ औं त्रैमासिक अवधिमा हासिल भएको आर्थिक वृद्धिदरको नतिजा हो । यो नतिजा जर्मनीको लागि सन् १९९१ यताकै सबैभन्दा लामो समयसम्म देखिएको आर्थिक सुधारको नतिजा हो । यसले पनि जर्मनी आर्थिक हिसाबमा अहिले बलियो अवस्थामा रहेको देखाएको हो । यस वर्षको लागि जर्मनीको आर्थिक वृद्धिदरको नतिजा दुई दशमलव ५ प्रतिशतमा रहने अनुमान गरिएको छ । अघिल्लो वर्षको समग्र अवधिमा यो नतिजा जर्मनीको लागि दुई दशमलव २ प्रतिशतमा रहेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयूको आग्रह अमेरिकाद्वारा अस्वीकार

युरोपियन युनियन (ईयू)ले इरानमा काम गरिरहेका आफ्ना कम्पनीहरुमाथि प्रतिबन्ध नलगाउनका लागि गरेको आग्रहको...

दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिमा व्यापक गिरावट

दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिको नतिजामा गत जुन महिनामा व्यापक गिरावट आएको विवरण सार्वजनिक भएको छ ।...

बोइङका विमान किन्दै कतार एयरवेज

हवाइ सेवाप्रदायक कम्पनी कतार एयरवेजले बोइङका ७७७ मोडलका विमानहरु खरिद गर्ने भएको छ । सोमबार कम्पनीले बोइङका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै