logo

प्रभु लाइफ इन्स्योरेन्सद्वारा पोखरा शाखा शुभारम्भ

काठमाण्डौं, जेठ २
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सोमबारदेखि आफ्नो पोखरा शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमका बीच शाखा कार्यालयको शुभारम्भ गरेका हुुन् । कम्पनीका अध्यक्ष राम बहादुर पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रममा सांग्रिला डेभलपमेण्ट बैंकका अध्यक्ष डा. रवीन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, उप महासचिव अर्जुन पोखरेललगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु तथा प्रदेश नं. ४ मा रहेका विभिन्न कार्यालय तथा संकायहरुमा सम्बद्ध अतिथिलगायत स्थानीय प्रतिष्ठित महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले जीवन बीमाको सम्भाव्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजनासँगै स्वास्थ्य बीमा योजनासमेत सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका छन् । प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी सञ्चालनमा आउँदा थप रोजगारीका अवसरहरु सिर्जना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने विचार व्यक्त गरेका छन् । कार्यक्रममा सांग्रिला डेभलपमेण्ट बैंकका अध्यक्ष डा. रवीन्द्र श्रेष्ठले कम्पनीले व्यावसायिक उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे भने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै बीमा आवश्यकता भएको र जीवन बीमालाई सरकारी स्तरबाट अनिवार्य गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमा एक दीर्घकालीन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयंगम गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्य गर्ने र संस्थागत सुशासनको माध्यमबाट कम्पनीले सफलता पूर्वक जीवन बीमा व्यवसायको क्षेत्रमा आफूलाई एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल हुनेछ भन्ने कुरा व्यक्त गरेका छन् । साथै कम्पनीले आम जनताको सुरक्षा र समृद्धिको चाहनालाई ध्यानमा राख्दै फरक किसिममा र समाजका सबै वर्गलाई समेट्ने किसिमका बीमा योजनाहरु कार्यान्वयनमा ल्याउने योजनासहित कार्य अधि बढिरहेको व्यहोरा जानकारी दिएका छन् । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीका हाल विभिन्न २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दीनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । दुई अर्ब चुक्ता पुँजी रहेको कम्पनीमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै साठी करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निर्धन उत्थान बैंकको वित्तीय साक्षरता तालिम

नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफ्ना ग्राहक...

एनआईसी एसिया क्यापिटलद्वारा लगानी व्यवस्थापन कार्यशाला सञ्चालन

एनआईसी एसिया क्यापिटल लिमिटेडले ‘ग’ वर्गका वित्तीय संस्थाहरुको लागि...

‘मार्जिन लेण्डिङ’ सम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने

नेपाल धितोपत्र बोर्डले ‘मार्जिन लेण्डिङ’सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल स्टक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै