logo

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युम्न पोखरेल

काठमाण्डौं, जेठ २
मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा प्रद्युम्न पोखरेल नियुुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयबमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई नियुक्त तथा पदस्थापन गरिएको हो । बैंकिङ क्षेत्रमा करिब २८ वर्ष लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ सेवा सुरु गरी करिब १९ वर्ष उक्त बैंकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । सो पश्चात् उनले छ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मङ्सिर १९ गतेदेखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रुपमा सहभागिता जनाउँदै आएको यस विकास बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको ऐतिहासिक तथा पुरोनो वीर अस्पतालको सरसफाइको लागि एक लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम धुर्मुस सुन्तली फाउन्डेशनमार्फत फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नबिल बैंकद्वारा रक्तदान

नबिल बैंकले रक्तदान कार्यक्रम गरेको छ । बैंकले आफ्नो ३४ औं वार्षिक उत्सव मनाउने क्रममा यही असार ३० गते नबिल बैंक...

राष्ट्र बैंकद्वारा १० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरण बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार...

गाउँगाउँमा सिटिजन्स बैंक

‘योर पार्टनर फोर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी अनवरतरूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु-याउँदैै...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै