logo

कर्णालीका अधिकांश बस्ती असुरक्षित नयाँ स्थानमा बस्तीको विकासमा जोड

काठमाण्डौं, जेठ २
कर्णालीका अधिकांश बस्तीहरु असुरक्षित भएकोले आधारभूत आवश्यकतासहित नयाँ बस्तीको विकास गर्नुपर्नेमा जोड दिइएको छ । कर्णाली क्षेत्रको १० वर्षे विकास योजनाको कार्यान्वयन सन्दर्भमा हुम्ला, जुम्ला, मुगु र कालिकोट जिल्लाको सुरक्षित एकीकृत वस्तुसम्बन्धी तयार प्रतिवेदनमाथि भएको छलफल तथा अन्तर्क्रिया कार्यक्रमका वक्ताहरुले समग्र बस्तीको सुरक्षित संरचना गुरुयोजना बनाएर कर्णालीबासीलाई सुरक्षित घरमा बसाउनुपर्ने कुरामा जोड दिएका हुन् । कर्णाली विकास आयोगले सोमबार राजधानीमा आयोजना गरेको ‘कर्णालीको सुरक्षित एकीकृत बस्तीसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल तथा अन्तत्र्रिmया कार्यक्रममा अध्ययन समितिका संयोजक डा. दिपेन्द्र रोकाया र सदस्य दीपक बुढाले अध्ययन समितिले कर्णालीका चारै जिल्लामा पुगेर तयार गरेको प्रतिवेदन पेस गरेका थिए । संयोजक डा. रोकायाले कर्णालीका चारै जिल्लाका समग्र बस्तीको अवस्था, वैकल्पिक व्यवस्थासहितको प्रतिवेदन पेस गरेका थिए । उनले हुम्लामा जम्मा एक सय ७७ बस्ती रहेको जसमा एक सय दुई बस्ती सुरक्षित रहेको र ७५ असुरक्षित, मुगुमा एक सय ८७ बस्तीमध्ये एक सय ४७ सुरक्षित र ४० असुरक्षित, जुम्लाका दुई सय ५७ बस्तीमध्ये एक सय ५८ सुरक्षित र ९८ असुरक्षित र कालिकोटमा चार सय चार बस्ती रहेकोमा दुई सय ९५ सुरक्षित र एक सय नौ बस्ती असुरक्षित रहेको प्रतिवेदनमा समेटेका थिए । रोकायाले सुरक्षित बस्ती पनि भौगोलिक, आधारभूत आवश्यकताका हिसाबले कर्णालीमा २५ प्रतिशत मात्रै बस्नयोग्य भएको बताए ।
‘कर्णालीमा सुरक्षित बस्तीको विकास गराउनुका साथै रोजगारीको आधारहरु प्रशस्त पार्ने गरी राष्ट्रिय महत्वका मेगा आयोजनाहरु सडक, जलविद्युत्, पर्यटन र औषधिजन्य अर्गानिक कृषि तथा फलफूलको उत्पादन गरी बजारीकरणतर्फ ध्यान दिनुपर्दछ’, डा. रोकायाको निष्कर्ष थियो । उनले उत्तर सडकलाई कर्णालीमा जोड्नुपर्नेमा जोड दिँदै त्यसले कर्णालीका स्याउ युरोपसम्म पुग्ने धारणा राखे । उनले भौगोलिक, जलवायु, स्थानीय, प्रशासनिक नामकरण र परम्परागत बस्तीलाई आधार मानेर अध्ययन गरिएको बताए । त्यसैगरी कार्यक्रममा अध्ययन समितिका सदस्य बुढाले सुरक्षित बस्तीको लागि आवश्यक तयारी र योजनाबारे प्रतिवेदन पेस गरेका थिए । उनले कर्णालीका बस्तीसम्बन्धी वस्तुगत अवस्थाबारे आधारणा धारणा राखेका थिए । बस्तीको अवस्था, बस्ती बस्नुका कारण र नछोड्नका कारण पनि पेस गरेका थिए ।
सुरक्षित बस्तीको लागि कतिपय स्थानीय नै तयार नभएको भन्दै त्यसको पाँचवटा कारण पेस गरेका थिए । धर्म तथा संस्कार बचाउन (गुम्बा र मन्दिरपूजा), धर्म तथा संस्कार बचाउन (गुम्बा र मन्दिरपूजा), आफ्नो हालीमुहाली कायम राख्न(राजनीति), आफ्नो हालीमुहाली कायम राख्न (राजनीति), नातागोता कुल कुटम्बको सम्बन्ध, उत्पादन तथा स्थायी सम्पत्तिप्रतिको मोहका कारण मानिसहरु जोखिम पोलेरै असुरक्षित ठाउँमा बसोबास गरिरहेको बताए । उनले फरक हावापानी, समाज, संस्कृतिमा नभएर जिल्लकै सुरक्षित स्थानहरुमा बस्ती बसाल्ने अवधारणा भएका कारण त्यो ठूलो नभएको बताए । बुढाले पूर्वाधार विकास, आवास संरचना, नेपाल सरकारले प्रवाह गर्ने सेवा– सुविधा, आयआर्जन, जीविकोपार्जन र रोजगारी र बसाइसराइमा सुझाव पनि दिएका छन् ।
कार्यक्रममा पूर्वसांसद् तथा नेकपा एमालेका नेता गोरखबहादुर बोगटीले असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसबाट हुने असरको दायित्व राज्यले लिनुपर्ने धारणा राखे । त्यसैगरी योजनाविज्ञ पुष्पलाल शाक्य, वरिष्ठ पत्रकार नरेन्दजंग पिटर, प्रगतिशील लेखक संघका वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवर, कलबहादुर हमाल, तुलराज सिम्खडा, कृपाराम धमाला, पूर्णबहादुर मल्लले अध्ययन प्रतिवेदनमाथि धारणा राख्दै कर्णालीका जनताको जीवन जोखिममा रहेको भन्दै सुरक्षित बस्ती विकाससँगै समग्र कर्णालीको विकास गर्नुपर्नेमा जोड दिए । आयोगकी सदस्यसचिव पार्वती अर्यालले सबैको सुझाव समेटर आयोगक १० वर्षे योजना कार्यान्वयनमा अगाडि बढ्ने बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै