logo

सुदूरपश्चिमको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सोट्टोको शुक्लाफाँटा– नालापानी–खप्तड यात्रा

कञ्चनपुर, जेठ २
प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल)ले यस वर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य सुरु गरेको छ । वैशाख ३० गते कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसिएसन अफ कञ्चनपुरलगायत स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तर्क्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले आफ्नो प्रवद्र्धनात्मक अभियान अगाडि बढाएको हो ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले आन्तरिक पर्यटनको प्रवद्र्धनात्मक कार्य अगाडि बढाएको हो । प्रवद्र्धनात्मक अभियानले शुक्लाफाँटा–नालापानी–खप्तडको पर्यटकीय सम्पदाहरुको उजागर गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यहाँका गन्तव्यहरुको प्रवद्र्धन एवं प्रचारप्रसार गर्नेछ । साथै सुदूरपश्चिममा रहेको सम्पूर्ण गन्तव्यहरुको पर्यटन प्याकेज तयार गरी अभियानले आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटकलाई बढीभन्दा बढी सुदूरपश्चिममा ल्याउने लक्ष्य लिएको अभियानका संयोजक एवं सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यमबहादुर खड्काले जानकारी दिए । उनले यसअन्तर्गत कञ्चनपुर–बझाङ–अछाम–कैलालीलाई एकसाथ प्रवद्र्धन गराएर अगाडि बढाउने बताए ।
यस्तै स्थलगत अध्ययन भ्रमणमा रहेका नेकपा एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले भारतीय पर्यटकलाई सुदूरपश्चिममा ल्याएर थुप्रै आम्दानी गर्न सकिने भएकाले सुदूरपश्चिमका पर्यटकीय पूर्वाधार विकासमा जोड दिन स्थानीय तहका प्रमुख तथा पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले पर्यटन स्वयंसेवा नभएको भन्दै यस व्यवसायमा रकम लिएर सेवा दिनुपर्ने बताए । साथै पर्यटकलाई बेच्न सकिने धेरैभन्दा धेरै ठाउँको विकास गर्न र एक अर्कालाइ एक आपसमा जोड्न पनि उनले पर्यटन व्यवसायी र स्थानीय तहका प्रतिनिधिलाई आग्रह गरे ।
स्थलगत भ्रमण अभियानलाइ स्वागत गर्दै हान कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले सुन्दर सुदूरपश्चिम नारामात्र नभएर पर्यटक लोभ्याउने भर्जिन गन्तव्य भएको बताए । उनले घुम्न आउने पर्यटकलाई सबै किसिमको सेवा सुबिधा दिन सुदूरपश्चिम तयार रहेको पनि बताए । यस्तै भीमदत्त नगपालिकाका मेयर सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका मेयर अशोक चन्दलगायतले पर्यटकीय गुरुयोजना बनाएर सुदूरपश्चिमका गन्तव्यहरुको विकासमा स्थानीय सरकार लागिपरेको बताएका छन् ।
स्थलगत भ्रमण अभियानमा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापासहित सोट्टो–नेपालका पूर्वअध्यक्ष यमबहादुर खड्का, महासचिव नारायण पराजुली, कोषाध्यक्ष मानबहादुर शाही, सदस्यहरु भुवनदेवी महर्जन, इन्दिरादेवी गौतम, विन्दु प्रधान, सुशील नेपाल, पर्यटन पत्रकार संघ (जाट–नेपाल)का महासचिव हरिशरण न्यौपाने, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर ७ का संयोजक महेश भट्टराई, एनएमए साइपाल शाखाका महासचिव किशोर खड्का, फोटो पत्रकार जनार्दन अर्याल, पत्रकारद्वय बीपी अनमोल र प्रकाश शाहलगायत एक दर्जन बढीको सहभागिता रहेको छ ।
भ्रमण समूहले भारतको हरिद्वार, ऋषिकेषका पर्यटन व्यवसायीसँग अन्तर्क्रिया गर्दै नेपालको शुक्लाफाँटा हुँदै खप्तडसम्मको भर्जिन पर्यटकीय गन्तव्य हेरेर आनन्द लिन आग्रह गर्दै यतिबेला भारतका पर्यटन व्यवसायीसँग अन्तत्र्रिmया गर्न भारतको उत्तराखण्डमा रहेको हरिद्वार पुगेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पर्यटन प्रवद्र्धन अभियान सुरु

उद्योग वाणिज्य संघ चितवनले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि अभियान सुरु गरेको...

ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण

सुजुकीका चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ...

किस्टद्वारा लुभुको प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त परीक्षण तथा उपचार सुरु

किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै