logo

हुवावेको नोभा—३ ई नेपाली बजारमा

काठमाण्डौं, जेठ २
दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नयाँ स्मार्टफोन नोभा३ ई नेपाली बजारमा भित्रिएको छ । नेपाली स्मार्टफोन पारखीहरूले छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा धमाका मच्चाउन सफल नोभा३ ई को व्यग्रताका साथ प्रतीक्षामा रहेकोले कम्पनीले आफ्नो सबैभन्दा सफल उत्पादन–श्रृंखला नोभा सिरिजको पछिल्लो उत्पादन नोभा३ ई नेपाली बजारमा भित्र्याएको जनाएको छ । अगाडि र पछाडि दुवै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पात्लो वेजेलले घेरिएको नोभा ३ ई आकर्षक रहेको कम्पनीको दाबी छ । नेपाली बजारमा अहिले गाढा नीलो र निखर काला गरी दुई रङका नोभा ३ ई मात्रै उपलब्ध रहेको बताइएको छ । तर, साकुरा फूलजस्तै गुलाबी रङमा पनि यो स्मार्टफोन चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
१६ मेगा पिक्सेल क्यामेरा–जडित नोभा ३ ईले अरु मोबाइल सेटभन्दा उत्कृष्ट सेल्फी खिच्ने कम्पनीले दाबी गरेको छ । क्यामेरालाई पोट्रेट मोडमा राख्दा नोभा३ ईले स्टुडियोमा खिचेजस्तै राम्रो सेल्फी निकाल्ने बताइएको छ । यसमा थ्रीडी फेसियल डिटेक्सन फिचर जडान गरिएको बताइएको छ । १० एमपी र एप्रेचरल अफ एफ दुई दशमलव दुई क्यामेराको साथै नोभा थ्री ईमा दुई मेगा पिक्सेलको वैकल्पिक क्यामरा पनि जडान गरिएको छ । अल्ट्रा–न्यारो नोट्चसहित ५.८४ इञ्च ठूलो फुल भ्यु डिस्प्ले भएको यो स्मार्टफोनमा भिडियो हेर्दा ठूलो पर्दामा फिल्म हेरेझैं लाग्ने कम्पनीको दाबी छ । दुई दशमलव पाँच कभर ग्लासद्वारा सुरिक्षत यो फोन एकदमै बलियो रहेको बताइएको छ । साथै, स्क्रिनको एस्पेक्ट रेसियो १९ः९ भएकोले यसले फोनको अग्रभागलाई ९० प्रतिशतसम्म सुरक्षा दिने कम्पनीले जनाएको छ ।
६२ गिगा बाइट रोम भएको नोभा३ ईलाई गोजीमा राख्न मिल्ने ल्यापटपभन्दा हुने कम्पनीको भनाइ छ । चार गिगा बाइट -याम भएकोले पनि यसले छिटो काम गर्नसक्ने बताइएको छ । मोबाइलमा भएको रियल टाइम फेस अनलग र फिङ्गर प्रिन्ट्स सेन्सरका कारण हराएको मोबाइल पनि सजिलै भेटाउन सकिने कम्पनीले बताएको छ । ईएमयुआई ८.०, फास्ट चार्ज २.०, हेडफोन ज्याक, वाईफाई वि/जि/एन, व्लुतुथ ४.०, फोर जी , ए–जीपीएस र युएसबी– ओटीजीजस्ता विशेषताहरू भएको यो स्मार्टफोनमा तीन हजार एमएएच ब्याट्री रहेको छ । यसको तौल एक सय ४५ ग्राम मात्रै रहेको छ । नोभा३ ईको मूल्य ३५ हजार नौ सय मात्र रहेको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ योजना

मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित भएकाहरुका लागि मोबाइलको रक्षा ‘मेरो सुरक्षा’...

ग्रिल व्यवसायी संघ विशालनगर अध्यक्षमा हाकु श्रेष्ठ

ग्रिल तथा स्टिल व्यवसायी संघ विशालनगरको अधिवेशनबाट हाकुबहादुर श्रेष्ठकोे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको...

चितवनको नारायणी नमूना विद्यालयलाई वृज सिमेन्टको खेल सामग्री

वृज सिमेन्टले चितवनको नारायणी नमूना विद्यालयमा फुटबल सामग्री वितरण गरेको छ । सिमेन्टले नेपालको नमूना...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै