logo

मकवानपुर उद्योग वाणिज्य संघको टोली कोरियामा

हेटौंडा, जेठ २
मकवानपुर उद्योग वाणिज्य संघको टोली कोरिया भ्रमणमा गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गीको नेतृत्वमा गएको मकवानपुर उद्योग वाणिज्य संघको टोलीले दक्षिण कोरियामा रहेका विभिन्न उद्योगहरुको अवलोकन भ्रमण गरेका छन् ।
भ्रमणमा उक्त देशमा उत्कृष्ट ३० भित्र पर्ने ह्यारिम कम्पनीको ह्याचरी, पोल्ट्री फर्म र आधुनिक वधशालाको अवलोकन गरिएको बताइएको छ । त्यहाँ रहेको अत्याधुनिक प्रविधि आफ्नै देशमा प्रयोग गर्ने उद्देश्यले मकवानपुरमा पनि दैनिक आठ लाखसम्म कुखुरा काट्न सकिने आधुनिक वधशाला निर्माण सम्बन्धमा छलफल भएको थियो । आफ्नो लगानीको पूर्ण सुरक्षा हुने भए कोरियामा कार्यरत नेपालीहरु नै वधशाला निर्माणको लागि तयार भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । दक्षिण कोरियामा भएको प्रविधिको विकासको सिको मात्र नेपालमा गर्नसके नेपालले धेरै फाइदा लिनसक्ने र राज्यले लिएको विकास र समृद्धिको नीतिमा टेवा पुग्ने केन्द्रीय सदस्य सुमार्गीले बताए । कोरियाकै ठूलो सहरहरुमध्ये बुसान सहरमा पुग्दा गरिएको स्वागतको लागि अध्यक्ष कटुवालले धन्यवाद व्यक्त गरेका थिए । कृषिक्षेत्रको प्रवद्र्धनमा केही ठोस योगदान पु-याउनुका साथै नयाँ प्रविधि भित्र्याई कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रमअन्तर्गत त्यहाँ रहेका उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भेटघाट र छलफलका साथै कृषि आधुनिकीकरणका लागि विद्यार्थी पढाइ दक्ष जनशक्ति उत्पादनमा जोड दिने र दीर्घकालीन योजनाको लागि तत्काल सम्झौता गर्ने कार्यक्रम रहेको सुमार्गीले बताए । नौ दिनको लागि गएको अवलोकन भ्रमण टोली २१ तारिखमा नेपाल फर्किनेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पर्यटन प्रवद्र्धन अभियान सुरु

उद्योग वाणिज्य संघ चितवनले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि अभियान सुरु गरेको...

ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण

सुजुकीका चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ...

किस्टद्वारा लुभुको प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त परीक्षण तथा उपचार सुरु

किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै