logo

रेसुङ्गा विमानस्थलको परीक्षण उडान तयारीबारे अवलोकन

प्रेम सुनार
गुल्मी, जेठ २
निर्माणाधीन अवस्थामा रहेको गुल्मीस्थित रेसुङ्गा विमान स्थलमा परीक्षण उडान गर्ने अन्तिम चरणको तयारीबारे अवलोकन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको उच्च टोलीले सोमबार रेसुङ्गा विमान स्थलमा परीक्षण उडान गर्नेबारे अवलोकन गरेको हो । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, निर्देशक धु्रवदास भोसीमाया, गौतम बुद्ध विमान स्थल भैरहवाका निर्देशक तेजराज पोखरेल र विमान स्थल आयोजना प्रमुख ओम शर्मालगायतको टोलीले अवलोकन गरेको थियो । जेठको पहिलो साता परीक्षण उठान गर्ने चर्चा चलिरहेको बेला प्राधिकरणको टोलीले ग्याबिन वाललगायतका संरचनाहरु पूरा गर्न सुझाव दिइएको छ । अवलोकन टोलीको सुझावपछि निर्माण समितिको बैठक बसेर जेठ २० गतेभित्रमा परीक्षण उडानको तयारी गर्ने जमर्को गरिएको समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए । उनका अनुसार थप अन्तिम तयारीको अवलोकन गर्न विमान परीक्षण उडान कम्पनीका पाइलटलगायतको टोली आउनेछन् ।
१८ सिट भएको विमान दैनिक ३६ जना आवतजावत गर्ने यात्रु पुगे नियमित उठान हुने अध्यक्ष पन्तले बताए । २०५ किलो मिटर हवाई उडान करिब ४० मिनेटभित्रमा काठमाडौं पुगिने र एक सय ९० मिटर हवाई उडान गरेर १५ मिनेटसम्ममा भैरहवामा पुगिनेछ । यथाशीघ्र काम अगाडि बढाउन गुल्मीका दुवै संघीय सांसद तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टले ताकेता गरेको तथा आवश्यक रकम विनियोजनमा पहल गरेको अध्यक्ष पन्तको भनाइ छ । उनका अनुसार विमान स्थल निर्माणमा स्थानीयलाई मुआब्जसहित करिब १२ करोड खर्च भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पर्यटन प्रवद्र्धन अभियान सुरु

उद्योग वाणिज्य संघ चितवनले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि अभियान सुरु गरेको...

ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण

सुजुकीका चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ...

किस्टद्वारा लुभुको प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त परीक्षण तथा उपचार सुरु

किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै