logo

ठेकेदार सांसद बनेपछि पुल निर्माण कार्य अलपत्र

अमित ठाकुर
रौतहट, जेठ २
रौतहट जिल्लाको गौरको पूर्व वाग्मती र पश्चिममा रहेको लालबकैया नदीको पुल निर्माण कार्य अलपत्र परेको छ । पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले पुल निर्माण कार्य बीचमा नै अलपत्र बनाएर छाडेपछि स्थानीयबासी समस्यामा परेका छन् । रौतहट जिल्लाको बडहर्वा र सर्लाहीलाई जोड्ने गरी वाग्मती नदीमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले २०६७ साल जेष्ठ ३१ गते तीन वर्षमा बन्ने गरी पुलको शिलान्यास गरेका थिए । सो पुल शिलान्यास गरेको आठ वर्ष पुग्दासमेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पुल निर्माणका लागि ठेक्का पाएको ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले पुल निर्माण कार्य बीचैमा छाडेर अलपत्र पारेको छ ।
२०७० साल जेष्ठ ३० गते १६ पिलरको पुल निर्माण कार्य सम्पन्न गर्नेगरी ३५ करोड ८९ लाख ९ हजार ७३ मा ठेक्का सम्झौता भएको थियो । नदीको मुहार पुलको पूर्व पट्टिको पिलरभन्दा अझ पूर्व तीनओटा पिलर थप्ने गरी नदीको मुहार अगाडि गएपछि डिजाइनरले तीन ओटा पिलर थप गर्नुपर्ने र पिलरको उचाइ अझ बढाउनभन्दा ठेकेदार कम्पनीले पुलको कार्य बीच बाटोमै छोडेको हो ।
वाग्मती पुलको ठेक्का सम्झौताको बेला वीरगञ्जस्थित पप्पु कन्ट्रक्सन ब्ल्याक लिस्टमा रहेकोले आन्तरिक कमिसनको चलखेलमा पप्पु कन्ट्रक्सनका प्रोप्राइटर हरिनारायण रौनियारले सिद्धार्थनगरस्थित लुम्बिनी बिल्डर्ससँग सम्झौता गरी वाग्मती पुलको ठेक्का लिएका थिए । डिजाइनरले काम कटौती भएको भन्दै अझ काम थप्दा ठेकेदार रौनियार काम बीचमै छोडेर भागेको स्थानीय बासिन्दाले बताए । ठेक्केदार रौनियार पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद हुन् । प्रतिनिधिसभाको चुनावभन्दा केही समय पहिला संघीय समाजवादी फोरम नेपालमा पार्टी प्रवेश गरी उनी प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए । देशको गरिमामय पदमा रहँदा पनि अलपत्र पारेको कार्य पूरा हुन नसक्दा स्थानीय निराश भएका छन् ।
त्यस्तै पप्पु कन्ट्रक्सन वीरगञ्जलाई रौतहटको गौर नगरपालिकाको पश्चिममा रहेको टिकुलिया टोलस्थित लालबकैया नदीमा दुई सय २५ मिटर लामो पुल निर्माण गर्नका लागि २०७१ साल असार १६ गते ठेक्का सम्झौता भएको थियो । लालबकैया नदीमा बन्ने पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । लालबकैया नदीको पुल २०७४ साल असार २५ गते निर्माण काय सम्पन्न गर्नेगरी १६ करोड ८६ लाखमा वीरगञ्जस्थित पप्पु कन्ट्रक्सनलाई जिम्मा दिइएको थियो । वाग्मती नदीको पुल आठ वर्ष पुग्न लाग्दासमेत अलपत्र अवस्था रहेको हुँदा लालबकैया नदीको पुल कति बन्न कत्ति वर्ष लाग्ने हो ? स्थानीयले प्रश्न गर्न थालेका छन् । यस विषयमा सांसद रौनियारसँग टेलिफोन सम्पर्क गर्दा खोज्दा उनी सम्पर्कमा आएनन् ।
समयमा पुल निर्माण नहुँदा रौतहट र सर्लाहीका जन्ताहरु आ–आफ्नो ज्यान जोखिममा राखी बाँसको पुलमा आउने जाने गर्दछन् । वर्षाको बेला वाग्मती नदीमा धेरै मात्रामा पानी आएपछि बाँसको पुल पानीले बगाई दिने र ज्यानलाई जोखिमपूर्ण बनाई नाउँमा प्रतिव्यक्ति १० रुपैयाँ तिरी आउने जाने गरेको स्थानीयले बताए । नदीमा बढी पानी भएपछि कुनै बेला आउने जाने नाउँ नै नदीमा डुब्ने गरेकोले स्थानीयबासी त्रसित छन् । रौतहट र सर्लाहीका जनप्रतिनिधिहरुको उक्त समस्यामा ध्यान नगएको स्थानीयबासीको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा ठूला क्षमताका प्रसारण लाइन

सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा...

कफी संस्कृतिमा नयाँ आयाम, कफीमा यार्सागुम्बा

बझाङका २५ वर्षीय सत्य थापा र काठमाडौँका २७ वर्षीय विशाल चौलागाईंलाई युवा अवस्थामा नै केही फरक पेशा, व्यवसाय...

पुनःनिर्माण छिटो गर्नुपर्छ मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै