logo

सातवटै प्रदेशमा जलविद्युत्का मेगा प्रोजेक्ट बनाउने तयारी

काठमाण्डौं, जेठ २
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सातवटै प्रदेशमा विद्युत्का मेगा प्रोजेक्ट (ठूला आयोजना) बनाउने तयारी सरकारले थालेको बताएका छन् । उनले नदी सम्भव भएको क्षेत्रमा जलविद्युत् र नदीबाट सम्भव नभएको ठाउँमा सौर्यलगायतका अन्य प्रविधि अपनाएर ठूला परियोजनामार्फत विद्युत् उत्पादन गर्ने बताएका हुन् । त्यसरी उत्पादित विद्युत्ले गार्हस्थ्य मात्र नभई औद्योगिक माग पनि धान्ने भएकाले केही वर्षमै मुलुकमा औद्योगिक उत्पादनसमेत बढाइने जिकिर गरेका छन् ।
मंगलबार आफूलाई सिंहदरबारमा भेट्न आएका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती आयोजना अगाडि बढाउन पहल गरिदिन आग्रह गरेपछि मन्त्री पुनले भने, ‘सातवटै प्रदेशमा मेगा प्रोजेक्ट बनाउने सरकारको योजनाअनुसार प्रदेश ७ मा पनि एउटा ठूलो आयोजना बन्छ ।’ मन्त्री पुनले पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउन केन्द्र सरकार सकारात्मक रहेको र त्यसका लागि अध्ययन भइरहेको जानकारी गराएका थिए ।
सिँचाइ, जलविद्युत्सँग सम्बन्धित केही अधिकार संविधानले नै ‘ग्यारेन्टी’ गरेको उल्लेख गर्दै मन्त्री पुनले संघ र प्रदेश सरकारबीच समन्वय गरेर आयोजना अगाडि बढाइने भन्दै ठूलो प्रोजेक्ट भन्नासाथ केन्द्रले बनाउने र आफूहरुले केही नपाउने हो कि भनेर नआत्तिन पनि मुख्यमन्त्री भट्टलाई आश्वस्त पार्ने काम गरेका थिए । मन्त्री पुुनसँगको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश ७ मा जलविद्युत्का थुुप्रै सम्भावना रहेकाले प्रदेश सरकार संघसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मुुख्यमन्त्री भट्टले लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् आयोजना जुुनसुुकै मोडालिटीमा भए पनि अघि बढाइदिन मन्त्री पुुनसँग आग्रह गरेका थिए । उक्त आयोजना निर्माण भएमा प्रदेश सात मात्र नभई कर्णाली र पाँच नम्बर प्रदेशको समग्र विकासमा आमूल परिवर्तन आउनेछ । यसैगरी, कर्णाली नदीबाट सुविधासम्पन्न नहर निर्माण गरेर सिँचाइ सुुविधा पुु-याउने उद्देश्यले निर्माणाधीन रानीजमरा सिँचाइ आयोजनाको काम द्रुतगतिमा अगाडि बढाइदिन पनि मन्त्री पुनसँग मुख्यमन्त्री भट्टले आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोडर्न होम बिल्डर्स खुल्यो

निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्रा लि खुलेको छ । काठमाण्डौको चावहिलमा...

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।...

प्रगतिशील उम्मेदवारको घोषणा

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै