logo

फोर्ड गाडीको इन्जिनमा खराबी

रोशन कार्की
काठमाण्डौं, वैशाख २
तेस्रो मुलुकबाट सस्तोमा गाडी आयात गरेर नेपालमा अत्यधिक शुल्क तोकी बिक्री गरिँदै आएको जीओ अटोमोबाइल्सले बिक्री गरेको फोर्ड नामको गाडीमा गम्भीर फल्स (खराबी) भेटिएको छ । फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले उपभोक्तालाई विभिन्न नयाँ प्रविधिसहित उत्पादन गरेको भन्दै झुटो प्रचार गरी चर्को मूल्यमा बिक्री गरिएका अधिकांश गाडीहरुमा खराबी भेटिएको सम्बन्धित गाडी खरिदकर्ताहरुले बताएका छन् ।
जीओ अटोमोबाइल्सले बजारमा ल्याएका फोर्डका नयाँ ब्राण्डको गाडीमा खराबी भेटिएको हो । फोर्डको फ्रि इस्टाइल टिटानियम गाडीमा खराबी भेटिएको जनाइएको छ । सो गाडीको इन्जिन सफ्टवेयरमा खराबी भएको पीडितहरुले बताएका छन् । सो गाडीको इन्जिनमा प्रदूषण कम देखाउने गलत सफ्टवेयर प्रयोग गरेको बताइएको छ । यसरी सस्तोमा अर्डर गरेर नेपाल भित्राइएका अधिकांश हलुका सवारीसाधनहरुमा विभिन्न प्रकारका कमजोरी र खराबी भेटिँदै आएको छ । नेपालमा सवारीसाधनलाई विलासी वस्तुको वर्गमा राखिएको र बजारमा सार्वजनिक गरिएका नयाँ मोडलका गाडी चलाउने सोख भएका उपभोक्ताहरु पछिल्लो समयमा अत्यधिक महंगो शुल्क र प्राविधिक कमजोरी भएका सवारीसाधनको खरिद गर्दै आएका छन् ।
देखासिकीकै कारण अप्रत्याशित रुपमा सवारीसधानको खरिदमा वृद्धिसँगै बढेको मागलाई धान्नकै लागि गाडी बिक्रेताहरुले मौकाको फाइदा उठाउँदै उपभोक्तामाथि ठगी धन्दा चलाउन सफल भएको पाइएको छ । विलासी जिन्दगी बिताउनेहरुको संख्यामा भएको वृद्धि र मागलाई धान्नकै लागि गाडी बिक्रेता कम्पनीले आफूअनुकूल मूल्य निर्धारण गरी उपभोक्ता ठगी गरी राज्यको ढुकुटीमा जाने कर समेत छली गर्दा सम्बन्धित निकाय मौन रहेको छ । प्राप्त विवरणअनुसार चार लाख १७ हजार आठ सय ७२ भारतीय रुपैयाँ पर्ने फोर्ड नामको गाडी नेपालमा ३२ लाख ४९ हजार रुपैयाँ बिक्री गरेको प्रमाणित हुँदा समेत सरकारले कारबाही गर्नसकेको छैन ।
भारतस्थित फोर्डसँग चार लाख १७ हजार आठ सय ७२ भारतीय रुपैयाँमा किनेको गाडीको नेपाली रुपैैयाँ छ लाख ६८ हजार रुपैयाँ हुन्छ । आईडी, ईसीएस र भ्याटबापत दुई गाडीको जम्मा ३० लाख ८३ हजार नौ सय ७७ रुपैयाँ तिरेको बिलबाट स्पष्ट भएको छ । यसकारण यो दुई गाडीको वास्तविक मूल्य ४४ लाख ७७ हजार चार सय ९७ हुनुपर्नेमा जीओ अटोमोबाइल्सले दुई गाडीको मूल्य ६४ लाख ९८ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ  । प्रतिगाडी २२ लाख ३८ हजार सात सय ४८ रुपैयाँ वीरगञ्ज भन्सारसम्म आइपुग्दा हुनेमा सो कम्पनीले प्रतिगाडी १० लाख रुपैयाँभन्दा बढी नाफा खाएर बिक्री गरेको अनुगमनमा भेटिएको छ  । गाडी बिक्रेता कम्पनीले ढुवानी, उत्पादक करदेखि लाग्ने अन्य विभिन्न कर र मूल्य अभिवृद्धि कर (भ्याट)सहित सबै जोडेर उसले २९ प्रतिशतभन्दा बढी रकम नाफा खाएको भेटिएको हो । सो ठगीविरुद्ध मुद्दा चलाउन पाउने र छानबिन समेत गर्ने अधिकार भएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सो ठगीका विययमा पटक—पटक गुनासो आउँदा समेत गम्भीर भएर छानबिन नगर्दा सो कम्पनीको ठगी धन्दामा मलजल पुगेको छ ।
विभागले चर्को दबाबपछि औपचारिक रुपमा अनुगमन गर्दा जीओ अटोमोबाइल्स कम्पनीले विद्यमान ऐन कानुनविपरीत गाडी बिक्री गरेको ठहर गरेको छ । सार्वजनिक रुपमा आएको दबाबलाई थेग्न नसकेपछि औपचारिकता दिनकै लागि छानबिन गरेको भए पनि देखावटी रुपमा सो कम्पनीमाथि कारबाहीका लागि सिफारिस गरेको भए पनि अहिलेसम्ममा ठोस कारबाही गर्न सरकारले सकेको छैन । बढ्दो मात्रामा ठगीका बारेमा मन्त्रालयमा उजुरीका चाङ लाग्नथालेपछि देखावटी छानबिन गरेको भए पनि मन्त्रालयले व्यवसायीलाई कारबाहीको सट्टा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई नै सरुवा गराएर व्यापारीसँग कमिसन संकलन गर्दै आएको आरोप रहेको छ ।
जीओ अटोमोबाइल्स कम्पनीले प्रशासनिक खर्च शीर्षकबाट कर्मचारीको तलब, उनीहरूको भत्ता र सुविधा, कार्यालय सञ्चालन खर्च, शोरुम शुल्क, गोदाम भाडा, विज्ञापन खर्च तथा बिक्री प्रवद्र्धनमार्फतको शुल्क जोडेर २९ प्रतिशत नाफा खाँदा समेत नियमनकारी निकाय मौन रहनुलाई आमजनताले रहस्यमय ढंगबाट हेरेका छन् । सो सम्बन्धमा कम्पनीका प्रबन्धक तेजकरण जैनलाई विभागले पटक–पटक स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणमा अत्यधिकमात्रामा शुल्क असुली गर्नुपर्ने कारण भने उनले बुझाउनसकेका छैनन् । जैनले सो स्पष्टीकरणमा मूल्यवृद्धिको मात्र कारण देखाएको छ । अहिले आएको नयाँ ब्राण्डको फ्रि इस्टाइल टिटानियम गाडीमा समेत उसले लुटको धन्दा मच्चाइरहेको छ । सरकारले छानबिन गरेको खण्डमा सो कम्पनी कालोबजारी तथा अन्य केही अपराध तथा सजायअन्तर्गत कारबाही हुने निश्चित छ ।
सो ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठह¥याइने उल्लेख गरेको छ । तर, सो कम्पनीले भने विज्ञापन खर्च, प्रशासनिक खर्चलगायत फरक–फरक शीर्षकमा शुल्क लिएको पाइएको विभागले जानकारी दिएको छ । ऐनअनुसार माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल सामान लिएको मोल फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद छ र जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ ।
सो कम्पनीका सञ्चालकले उपभोक्तासँग परलभन्दा चर्को मूल्य असुलेर विवादमा आएको फोर्ड मोटर्सको बिक्रेतासँग सरकारले बयान लिएको भए पनि भित्रभित्रै सो मुद्दालाई निष्क्रिय समेत बनाएर राखिएको छ । जीओ अटोमोबाइल्सका वित्त प्रबन्धक तेजकरण जैनले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आधा घण्टा बयान लिए पनि विभागले अन्त्यमा भने चित्तबुझ्दो नभएपछि पुनः तीन दिनभित्र सक्कली कागजातसहित जवाफ पेस गर्न निर्देशन दिएको जनाएको थियो । राजधानीको थापाथलीस्थित फोर्डको आधिकारित बिक्रेता जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडका वित्त प्रबन्धक जैनलाई विभागमै बोलाएर बयान लिइएको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा ठूला क्षमताका प्रसारण लाइन

सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा...

कफी संस्कृतिमा नयाँ आयाम, कफीमा यार्सागुम्बा

बझाङका २५ वर्षीय सत्य थापा र काठमाडौँका २७ वर्षीय विशाल चौलागाईंलाई युवा अवस्थामा नै केही फरक पेशा, व्यवसाय...

पुनःनिर्माण छिटो गर्नुपर्छ मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै