logo

केरा बगानको सफाइ गर्दै किसान

चितवन, जेठ १
एक साताअघि आएको हावाहुरी र असिनाले क्षतविक्षत बनाएको केरा बगानको सफाइमा कृषक जुटेका छन् । उनीहरुको बिक्रीका लागि तयार हुर्दै गरेको केरा पूर्णरुपमा नष्ट भएको छ । पूर्वी चितवनको कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको केराखेती गएको आइतबार साँझको हावाहुरी र असिनाले नष्ट पारेको थियो । करिब रु ४० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । केरा बगान सफाइ गरिरहेका कालिका नगरपालिकाको– ५ का दीपेन्द्र चौधरी केरा नष्ट भएपछि निकै चिन्तित छन् । खेताला लगाएर बगान सफाइ गरिरहेका उले भने, “बिक्री गर्ने समयको केरा यसरी क्षतविक्षत हुँदा मन रोएको छ ।” यतिबेला हँसिया र बन्चरोको सहायताले बगान सफाइको काम भइरहेको छ ।
चौधरीको १३ बिगाहा जमिनमा केरा बगान थियो । उनका अनुसार कम्तीमा पनि रु ५० लाखको क्षति भएको छ । दश वर्षदेखि केराखेती गर्दै आएका चौधरीको परिवारले यसवर्ष बिमा नगरेका कारण झन बढी क्षति व्यहोर्नु पर्ने भएको छ । कालिका नगरपालिकाका किसानमध्ये सबैभन्दा बढी चौधरी परिवारकै क्षति भएको छ । हावाहुरी र असिनाका कारण उठ्नै नसक्ने गरी थला परेको उनी बताउछन् । चौधरी हावाहुरीपीडित केरा किसानका प्रतिनिधि पात्रमात्रै हुन् । उनीजस्तै धेरै किसान हावाहुरीका कारण प्रभावित भएका छन् । कालिका नगरपालिका– ५ का बाबुलाल चौधरीको पनि लाखौँ रुपैयाँको केरा क्षणभरमै सोत्तर भएको छ । उनले पनि बगान सफाइ गर्ने तयारी गर्दै गर्दा अब केराखेती गर्ने कि नगर्ने टुङ्गो नलागेको बताउछन् ।
असिनासहितको हावाहुरीले जिल्लाको कालिका, रत्ननगर, खैरहनी र भरतपुर महानगरको ठिमुरा क्षेत्रमा ५०० किसानको सयौँ बिगाहा जमिनको केरा नष्ट भएको छ । सानो बिरुवा पनि काम नलाग्ने गरी बिगारेपछि अहिले किसानले सफाइ गर्न थालेका छन् । केरा ढलेको एकहप्ता बितिसक्दा पनि किसानले कुनै पनि प्रकारको सहयोग पाएका छैनन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले हालसम्म प्राप्त विवरणअनुसार रु ४० करोडको केरामा क्षति भएको जानकारी दिए । उनले विवरण आउने क्रम जारी रहेकाले क्षति बढ्न सक्ने बताए । जिल्लामा विसं २०५१ देखि व्यावसायिक रुपमा केराखेतीको शुरुवात गरिएको हो । विसं २०५६ देखि जग्गा भाडामा लिएर सयौँ बिगाहामा केराखेती यहाँका किसानले शुरु गरेको पाइन्छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार हाल जिल्लामा करीब तीन हजार बिगाहामा व्यावसायिक केराखेती गरिँदै आएको छ ।
जिल्लामा ६३० किसान केरा व्यवसायी संघमा आबद्ध छन् । वार्षिक ५० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको जिल्लामा यस वर्ष फल राम्रो लागेकाले रु डेढ अर्बको केरा बिक्री गर्ने लक्ष्य लिइएको उनले बताए । असिना र हावाहुरीले आधाभन्दा बढी केरा नष्ट भएकाले रु ६० करोडको केरा पु-याउन मुस्किल पर्ने तथा केराको अभाव हुने र मूल्य बढ्ने अनुमान गरिएको छ । यस वर्ष थोरै किसानले मात्र बीमा गरेका थिए । पन्तका अनुसार १६५ जनाले मात्र बीमा गरेका छन् । यससँगै व्यवसायीले पुनः केरा लगाउने वा नलगाउनेमा अन्योलता बढेको छ । बढ्दो जग्गाको खण्डीकरणका कारण व्यवसाय घट्ने अनुमान भइरहेका बेला हावाहुरीका कारण व्यवसाय थप प्रभावित बनेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै