logo

अमेरिकाको यू–टर्नमा चीनको स्वागत

बेइजिड., जेठ १
अमेरिकाले चिनियाँ दूरसञ्चार कम्पनी जेटीई कम्पनीमाथिको प्रतिबन्ध हटाउने संकेत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेटीई बचाउने आफ्नो चाहना रहेको बताएका हुन् । अमेरिका र चीनको बीचमा दोस्रो चरणको वार्ता हुनुअघि अमेरिकी राष्ट्रपतिको तर्फबाट यस किसिमको भनाइ आएको हो । चीनले पनि अमेरिकाको यस किसिमको निर्णय आर्थिक हिसाबमा सकारात्मक कदम रहेको भन्दै स्वागत गरेको छ । यससँगै विश्लेषकहरुले उनीहरुको बीचमा हुन गइरहेको वार्तामा केही महत्वपूर्ण सम्झौता हुनसक्ने अनुमान गरेका छन् । चीन र अमेरिकाको लागि पनि यो सम्झौता निकै महत्वपूर्ण रहेको र यस्तोमा अमेरिकाले जेटीईमाथिको प्रतिबन्ध फुकुवा गर्नु वार्ताको लागि निकै सकारात्मक पक्ष रहेको विश्लेषकहरुले बताएका छन् ।
अघिल्लो महिना अमेरिकाले चिनियाँ कम्पनीमाथि सात वर्षदेखि लगाताररुपमा गर्दै आइरहेको करोबारमा प्रतिबन्धको निर्णय गरेको थियो । अमेरिकाले कम्पनीमाथि इरान र उत्तर कोरियामा आफ्नो सामग्रीहरु अवैधरुपमा आपूर्ति गरेको भन्दै कम्पनीमाथि प्रतिबन्धको निर्णय गरेको थियो । ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू चिनियाँ राष्ट्रपति सि चिनफिङसँग सहकार्य गर्दै जेटीईमाथिको प्रतिबन्ध फुकुवा गर्ने दिशामा अघि बढिरहेको बताएका हुन् । अहिले जेटीईको धेरै चीनको रोजगारी पनि जोखिममा रहेको कारण आफू उक्त रोजगारी बचाउनु पर्छ भन्ने प्रयासमा रहेको ट्रम्पको भनाइ छ । यसअघि चीनले अमेरिकको रोजगारी चोरेको भन्दै आरोप लगाइरहने ट्रम्पबाट यस किसिमको भनाइ आउनु नाटकीय रहेको अमेरिकी विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय विश्वका प्रमुख दुई मुलुकहरुको बीचको व्यापारिक युद्धको कारण आर्थिक क्षेत्रमा विभिन्न किसिमका आशंकाहरु देखिएको अवस्थामा चीन र अमेरिका दोस्रो चरणको वार्तामा बस्ने तयारीमा छन् । चीन जेटीईको समस्या जतिसक्दो छिटो समाधान गर्ने प्रयासमा रहेको छ । यो कम्पनीमा करिब ८० हजार कर्मचारीहरुले काम गरिरहेका छन् । सन् २०१७ को मार्च महिनामा जेटीई कम्पनीले अमेरिकाको प्रतिबन्धको नियम मिचेको विवरण सार्वजनिक भएको थियो । उसलाई अवैधरुपमा इरान र उत्तर कोरियामा सामग्रीहरु निर्यात गरेको भन्दै एक अर्ब १० करोड डलरको जरिवाना पनि लगाइएको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयूको आग्रह अमेरिकाद्वारा अस्वीकार

युरोपियन युनियन (ईयू)ले इरानमा काम गरिरहेका आफ्ना कम्पनीहरुमाथि प्रतिबन्ध नलगाउनका लागि गरेको आग्रहको...

दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिमा व्यापक गिरावट

दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिको नतिजामा गत जुन महिनामा व्यापक गिरावट आएको विवरण सार्वजनिक भएको छ ।...

बोइङका विमान किन्दै कतार एयरवेज

हवाइ सेवाप्रदायक कम्पनी कतार एयरवेजले बोइङका ७७७ मोडलका विमानहरु खरिद गर्ने भएको छ । सोमबार कम्पनीले बोइङका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै