logo

निसानको नाफामा उल्लेख्य गिरावट

टोकियो, जेठ १
जापानी कम्पनी निसानको नाफामा गएको त्रैमासिक अवधिमा उल्लेख्य गिरावट आएको विवरण सार्वजनिक भएको छ । जापानी मुद्रा येन अन्तर्राष्ट्रिय बजारमा बलियो रहको कारण कम्पनी आर्थिक हिसाबमा केही कमजोर बन्न पुगेको हो । कम्पनीले आफ्नो नाफामा उक्त तीन महिनामा ३२ प्रतिशतको भारी गिरावट आएको जानकारी दिएको छ । पछिल्लो समय कच्चा पर्दाथको मूल्यमा देखिएको वृद्धि र अनुसन्धानको खर्च पनिअत्यधिक रहेको कारण पनि जापानी कम्पनीको आर्थिक क्षेत्र कमजोर बन्न पुगेको हो । सोमबार जापानी कम्पनीले सार्वजनिक गरेको विवरणले गएको जनवरीदेखि मार्च महिनासम्मको अवधिमा कम्पनीको नाफा एक खर्ब ६८ अर्ब जापानी येनमा रहेको देखिएको हो । यो नतिजा अघिल्लो वर्षको सोही अवधिमा दुई खर्ब ४९ अर्ब येन रहेको थियो ।
व्यापारिक हिसाबमा पनि कम्पनीको उक्त तीन महिनाको व्यापारिक नतिजा कमजोर रहेको पाइएको हो । उक्त तीन महिनामा कम्पनीको व्यापारमा शून्य दशमलव ९ प्रतिशतको गिरावट आएको पाइएको हो । यससँगै कम्पनीको समग्र व्यापार पनि ३४ खर्ब येनमा झरेको पाइएको छ । निसान कम्पनीले मार्च महिनामा सकिएको एक वर्षको अवधिमा उत्पादनको क्षेत्रमा कमजोर किसिमको नतिजा हासिल गरेको विवरणले देखाएको छ । कम्पनीको विषयमा केही अनुसन्धानहरु जारी रहेको कारण उक्त समयमा कम्पनीको उत्पादन आशा गरिएअनुसारको रहन नसकेको हो । निसान कम्पनीको नाफामा गिरावटअउनुमा टाकाटा कम्पनीमाथि अमेरिकाले लगाएको मुद्दाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्लेषकहरुको भनाइ रहेको छ । एयरब्यागहरुमा देखिएको खराबीको कारण अमेरिकाले टाकाटा कम्पनीमाथि जरिवाना लगाउने निर्णय गरेको थियो । पूरा वर्षको नाफामा भने निसान कम्पनी अगाडि रहेको देखिएको छ । वार्षिक नाफामा कम्पनीले १२ दशमलव ६ प्रतिशतको वृद्धिको नतिजा हासिल गरेको छ । यससँगै उसको वार्षिक नाफा सात खर्ब ४६ अर्ब येन पुगेको छ । अमेरिकाको कारको सुधारिएको नीति र सवारी व्यापारमा देखिएको सुधारको नतिजाले कम्पनीको नाफामा वृद्धिको लागि केही सहयोग पुगेको हो । उक्त आर्थिक वर्षमा निसान कम्पनीले आफ्नो सवारी व्यापारमा दुई दशमलव ६ प्रतिशतको वृद्धिदरको नतिजा हासिल गरेको पाइएको हो । पछिल्लो समय विद्युतीय सवारीहरुको व्यापारको हिसाबमा निसान कम्पनी बलियो अवस्थामा रहेको देखिएको छ । जसको कारण पनि कम्पनीको व्यापारिक नतिजा बलियो रहनसक्ने बताइएको हो । पछिल्लो समय नयाँ प्रविधि विस्तारको हिसाबमा पनि कम्पनी बलियो अवस्थामा रहेको देखिएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयूको आग्रह अमेरिकाद्वारा अस्वीकार

युरोपियन युनियन (ईयू)ले इरानमा काम गरिरहेका आफ्ना कम्पनीहरुमाथि प्रतिबन्ध नलगाउनका लागि गरेको आग्रहको...

दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिमा व्यापक गिरावट

दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिको नतिजामा गत जुन महिनामा व्यापक गिरावट आएको विवरण सार्वजनिक भएको छ ।...

बोइङका विमान किन्दै कतार एयरवेज

हवाइ सेवाप्रदायक कम्पनी कतार एयरवेजले बोइङका ७७७ मोडलका विमानहरु खरिद गर्ने भएको छ । सोमबार कम्पनीले बोइङका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै