logo

२०१८ विश्वकप फुटबलको लागि ‘कोका–कोला एन्थम’ सार्वजनिक

काठमाण्डौं, जेठ १
फिफा विश्वकप २०१८को लागि कोका–कोलाले आफ्नो कोका–कोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । यो गित अमेरिकी पप स्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् । उनको यो संगीतले विश्वकपमा नयाँ एक्साइटमेन्ट प्रदान गर्नेछ । जेसन डेरुलो एक विश्व प्रसिद्ध पप गायक हुन् । उनले यो अफिसियल भिडियो ‘कलर्स’ छायाङ्कनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । यो गीत फिफा विश्वकपको २०१८ लागि कोका–कोला एन्थम रहेको छ । भिडियो रिलिज हुनुका साथै यस गीतका लेखक तथा गायक जेसन डेरुलोले सोसल मिडियामा आफ्नो भिडियो हाल्दै लेखेका छन्, ‘मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको विचार गर्दै लेखेको हुँ ।’
यस भिडियोको निर्देशन मायामीको द किटाडेल लाफेरी (हाइटीको सबैभन्दा अग्लो स्थानमा रहेको गढी) मा गरिएको हो । हाइटियन मूलकै प्रसिद्ध गायक तथा अभिनेता वाइक्लेफ जेनको पनि यस भिडियोमा गितार बजाउदै गरेको छोटो उपस्थिति देख्न सकिन्छ । यस भिडियोमा संसारभरका मानिसहरू आ(आफ्नो सम्बन्धित राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठूलोे टुर्नामेन्टअगाडि बढिरहेको देख्न सकिन्छ । यसमा रहेका शब्दहरुले विविधताको प्रशंसा गर्दै सँगै अगाडि बढ्ने सन्देश झल्काउँछ ।
यसको सन्देश हातमा आफ्नो देशको झण्डा बोकेर आफ्नो देशको प्रतिनिधित्व गर्नु रहेको बताइएको छ । कोका–कोला विगत ४० वर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिँदै आइरहेको छ । यसअन्तर्गत कोका–कोला विभिन्न कलाकारहरुसँग गाँसिदै थुप्रै रमाइला र मनोरञ्जनात्मक सांगीतिक यात्रा तय गर्दै आएको छ । जेसन डेरुलोले कोका–कोलासँग मिलेर फिफा विश्वकप २०१८ को एन्थममा काम गर्नु अहोभाग्य भएको बताए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...

सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग बिबिएल खेल्न आज...

काठमाडौँद्वारा चितवन पराजित

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएलअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै