logo

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सको भेटघाट कार्यक्रम

काठमाण्डौं, जेठ १
सर्वोत्तम सिमेन्ट प्रा.लि. र लक्ष्मी स्टिल्स प्रा.लि.ले नारायणघाट र टाँडी पर्सामा सम्पन्न भएको छ । गत बिहीबार र शुक्रबार नारायणघाट र टाँडीलाई केन्द्रित गरी सो क्षेत्रमा भवन निर्माणकार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार)हरुलाई लक्षित गरी कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्नेबारे जानकारी गराइएको थियो । उक्त भेलामा नारायणघाटमा एक सय ७५ जना र टाँडी तथा पर्सामा एक सय ५८ जना ठेकेदारहरुको उपस्थिति रहेको थियो ।
अत्याधुनिक युरोपियन भी.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे सिमेन्ट उद्योग सर्वोत्तम सिमेन्ट प्रा.लि.ले ग्रिन सर्वाेत्तम ओपीसी र श्री ग्रिन पी.एस.सी. नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । यस उद्योगद्वारा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम चार हजार पाँच सय वर्ग से.मि.सम्म रहेको कम्पनीले विज्ञप्तिमा जनाएको छ । सर्वोत्तम सिमेन्ट प्रा.लि. क्रसबार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलको प्रयोग गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्ने नेपालको एक मात्र सिमेन्ट उद्योग रहेको कम्पनीको दाबी छ । आफ्नै इस्टिम इन्जिनबाट विद्युत् उत्पादन गर्ने र सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्न एक्सरे डिफ्राक्सनबाट परीक्षण हुने यस उद्योग नेपालकै एक मात्र सिमेन्ट उद्योगको रुपमा सञ्चालन भइरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालको मध्यभाग नवलपरासीमा अवस्थित यस सर्वोत्तम समेन्ट प्रा.लि.ले नेपालको सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । यस सिमेन्ट उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिन रहेको र आउने समयमा ६० हजार बोरासम्मको क्षमता बढाउने टार्गेट रहेको कम्पनीको भनाइ छ । नेपालमा हालसम्म सबैभन्दा बढी विदेशी लगानी भित्र्याई उत्पादन गर्न सक्षम यस सर्वोत्तम सिमेन्ट प्रा.लि. आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीका ब्राण्ड मेनेजर गोपाल सारडाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

हुवावे नोभा टुआई सस्तो मूल्यमा

हुवावेले मध्यम मूल्यमा आकर्षक र भरपर्दो स्मार्टफोन प्रयोग गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै...

नेपाल ट्रेड समिट सम्पन्न

काठमाडौंमा नेपाल ट्रेड समिट सम्पन्न भएको छ । स्टिल, सिमेन्ट र ऊर्जाक्षेत्रमा काम गर्ने...

इटहरीमा टाटा मोटर्स कार मेला सिजन ३ सुरु

इटहरीमा टाटा मोटर्स कार मेला सिजन ३ सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै