logo

सिँचाइ अभावले चैतेधान खेतीमा ह्रास

भीमदत्तनगर, वैशाख ३१
सिँचाइ अभावका कारण कञ्चनपुरमा वर्षेनी चैतेधान खेतीतर्फ किसानको आकषण घट्दै गइरहेको छ । कुनै समय कञ्चनपुरका खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टर क्षेत्रफलमा चैतधान लगाइँदै आएको भए पनि हाल ९० हेक्टरमा मात्र लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकाल जानकारी दिए । “विसं २०६८ मा ५६ हजार ६०२ हेक्टर खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टरमा चैतेधान लगाएको तथ्याङ्क छ,” उनले भने, “सिँचाइको अभावले किसानले चैतेधान लगाउन छाड्न थालेका छन् ।” कञ्चनपुर चैतेधान खेतीका लागी उपयुक्त क्षेत्र भए पनि सिँचाइको अभावका कारण जिल्लामा धानखेती घट्दै गएको ढकाल बताउछन् ।
कैलालीको मालाखेतीसम्म गरी यहाँको ३३ हजार ५२० हेक्टर क्षेत्रफल सिञ्चित हुने योजनासहित महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत मूल नहर निर्माणाधीन अवस्थामा छ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टरका लागि सिँचाइ सुविधा पुगे पनि चैतेधानका बेला भने किसानलाई पानीको अभाव रहँदै आएको छ । आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारले चैतेधान उत्पादनलाई महत्व दिएपनि सिँचाइ अभावका कारण किसान त्यसतर्फ अग्रसर हुन छाडिसकेको भीमदत्तनगरपालिका–१६ का हंसराज जोशीले बताए । “अघिल्लो बर्षसम्म गाउँमा करिब २५ प्रतिशत किसानले चैतेधान लगाउँथे ।’ जोशीले भने– “समयमा पानी पाउन छाडेपछि किसानले धान लगाउन छाडे ।’ बेर्ना राख्ने र रोप्ने समयमा नहरमा पानी नै हुँदैन । महाकाली नदीबाट आउने पानी सिँचाइका लागि निरन्तर नआउँदा समस्या भएको हो ।
केही वर्षअघिसम्म चैतेधानले हरियाली देखिने फाँट अहिले गौचरनका लागि उपयोगी बनेका छन् । त्यसैगरी चैतेधान लगाउँदै आएकी वसन्तपुरकी कमला मल्लले पनि सिँचाइ समस्याकै कारण यस वर्ष चैतेधान लगाउन नपाएको दुखेसो पोखिन । “जसोतसो धानको बेर्ना जोगाइयो, समयमै कुलोमा पानी नआएपछि बेर्नाको खेतमा पशु चराउनुपर्ने अवस्था आयो”, उनले भनिन् । चैतेधान लगाउन नपाएपछि आम्दानी घट्ने किसानलाई पिरलो छ । विगत छ वर्षदेखि पाँचदेखि आठ कट्ठा जमिनमा चैतेधान खेती गर्दै आएका बेतकोट नगरपालिका–९ सुन्दरपुरका देवसिंह भण्डारी आफ्नो गाउँका करीब २० प्रतिशत किसानले सिँचाइ अभावका कारण चैतेधान लगाउन छाडिसकेको बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै कास्की

परम्परागत खेती प्रणालीले गर्दा कृषि उत्पादन अपेक्षित मात्रामा हुन नसकेको अवस्थाकै बीचमा...

कृषक समूहलाई ४१ लाख रुपैयाँ अनुदान दिइने

सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई ४१ लाख रुपैयाँ अनुदान दिने भएको...

सहकारी शिक्षा तथा लेखा सम्बन्धी एक दिने तालिम सम्पन्न

रुपन्देहीको तिलोत्तमा नगरपालिको १४ को बनकट्टीमा अवस्थित महिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सुशासन र समृद्धिका लागि सबल नेतृत्व

विश्वमा व्यवस्था बदल्ने अनुभूतयोग्य परिवर्तनका नियमित र आकस्मिक क्रियाकलापहरु कुशल र अब्बल नेतृत्वबाट नै...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै